२३ असार २०८३, मंगलवार
मुख्‍य समाचार लुम्बिनी समाचार

भाषण गर्दागर्दै ढलेका गौतमको अन्तिम शब्द : ‘अतः यो कारणले’

वुटवल । कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको  ‘अतः यो कारणले’ नै अन्तिम शब्द बन्न पुगेको छ । उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दाबोल्दै ढलेका उनको निधन भइसकेको छ । अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याउँदा मृत्यु भइसकेको सिद्धार्थ […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

विश्वकप लिग–२ः यूएईविरुद्ध कप्तान पौडेलको सेन्चुरी पूरा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध सेन्चुरी हानेका छन् । जारी खेलमा पाँँच चौंका एक छक्का सहित उनले १२६ बलमा १०० रन पुर्याए । टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दैछ । लिग–२ शृङ्खलामा […]

गण्डकी मुख्‍य समाचार समाचार

गलकोट नगर अस्पताल : सुत्केरी हुन अन्यत्र जानुपर्दैन

ढोरपाटन बागलुङ, १३ कात्तिकः बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति हुन आउने गर्भवतीको सङ्ख्यामा पछिल्ला वर्षमा बृद्धि भएको छ । सो अस्पतालमा गत वर्षदेखि शल्यक्रियासहितको सेवा सुरुआत भएको थियो । सुत्केरीका लागि सामान्य सेवा लिन पनि पोखरा र काठमाडौँका अस्पतालमा पुग्नुपर्ने अवस्था अन्त्य भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति […]

गण्डकी मुख्‍य समाचार समाचार

महायज्ञमा रु ७० लाख दान सङ्कलन

दमौली तनहुँ, १३ कात्तिकः आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी बूढीमाई मन्दिरको बृहत्तर विकासका लागि सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञको पाँचाँै दिन बुधबार रु १७ लाख दान सङ्कलन भएको छ । आँबुखैरेनी–३ मा सञ्चालित महायज्ञमा उक्त दिन रु १७ लाख दान सङ्कलन भएको महायज्ञ मूलसमारोह समितिका आर्थिक संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार हालसम्म रु ७० लाख […]

मधेश मुख्‍य समाचार समाचार समाज

धान थन्क्याउन नपाउँदा किसान चिन्तित

महोत्तरी, १३ कात्तिकः भर्खरै दीपावली र छठसहितका मुख्य पर्व सकेका यहाँका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाएर चिन्तित भएका छन् । चाडपर्व सकेर धान काट्ने, चुट्ने र थन्क्याउने मेसोमा लागेका किसानलाई बुधबार मध्यरातपछि लगातार परेको पानीले चिन्तित बनाएको हो । महोत्तरीसहितका मधेशका जिल्लामा मङ्गलबार बिहानदेखि मौसम धुम्मिएर बुधबार बिहान सिमसिम पानी परेको थियो । बुधबार […]

गण्डकी मुख्‍य समाचार समाचार

महायज्ञ सुरु नहुँदै आश्रम बनाउन जुट्न थाल्यो सहयोग रकम

गलकोट बागलुङ, १३ कात्तिकः मानव सेवा आश्रमको भवन निर्माणका लागि महायज्ञको तयारी तीव्र पारिएको छ । यही कात्तिक २१ देखि २८ गतेसम्म बागलुङको निरयघाटमा आयोजना गरिएको मानवसेवा आश्रम, बागलुङको भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै बागलुङमा सहयोग जुट्ने क्रम सुरु भएको छ । महायज्ञको मिति नजिकिँदै जाँदा दाताहरुले भवन निर्माणका लागि […]

मधेश मुख्‍य समाचार समाचार

वीरगञ्ज नाकाबाट तीन महिनामा ३८ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज पर्सा, १३ कात्तिकः चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाका भएर रु ३८ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास एलपिजी, एभिएसन टर्बाइन फ्युल एटिएफ र मट्टितेल आयातबाट रु १६ अर्ब १२ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

धार्मिक पर्यटकीय केन्द्र बन्दै चन्दननाथ भैरवनाथ मन्दिर

मुगु । जुम्लामा पछिल्लो समयमा सडक र हवाई सेवाको पहुँच विस्तर हुन थालेपछि जुम्लाको चन्दनाथ र भैरवनाथ मन्दिरमा दर्शन गर्न आन्तरिक तथा वाह्य पर्यटकको भीड बढ्दै गएको छ । असोज महिनाको चिसोले उराठिएका डाँडाहरूको काखमा रहेको खलंगा बजार जहाँ बिहानको सूर्यकिरण मन्दिरको सुनौलो गजुरमा पर्छ र मन्दिरको मृदुल ध्वनीले उपत्यका गुन्जायमान हुने गरेको छ । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नयाँ कार्ययोजनाबारे छलफल

काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ । बिहीबार सिंहदरबारस्थित समितिको सभाहलमा बैठक बसेको हो । बैठकमा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम सम्बन्धमा छलफल भएको समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए । उनले […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, १३ कातिकः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा १० बमोजिम आयोगले आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गरेको […]

कोशी मुख्‍य समाचार समाचार समाज

गृहिणीबाट उद्यमीः सीपले जीवन बदल्दै भोजपुरका महिला

भोजपुर, १३ कात्तिकः पहिले घरधन्दा र परिवारमा सीमित भोजपुरका महिला अहिले आफ्नै सीपबाट आम्दानी गर्न थालेका छन् । गाउँपालिका र वडास्तरमा सञ्चालित सिलाइकटाइ, ढाका बुनाइ, बेमौसमी तरकारीखेती, मुढा बनाउने, अचार बनाउने, गड्यौलाको मल उत्पादनलगायत सीपमूलक तालिमले महिलालाई स्वरोजगार र उद्यमशील बन्ने अवसर प्रदान गरेको हो । महिलालाई आत्मभिर्नरसँगै व्यावसायिक बनाउनका लागि ‘महिला लक्षित कार्यक्रमअन्तर्गत विभिन्न […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशकको खोजी, स्थायीलाई प्राथमिकता दिनुपर्ने

भक्तपुर । भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सकहरुले कार्यकारी निर्देशक नियुक्तिमा स्थायी चिकित्सकहरुलाई प्राथमिकतामा राख्न माग गरेका छन् । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मालाई एक पत्र लेख्दै स्थायी चिकित्सकहरुले नयाँ कार्यकारी निर्देशक नियुक्तिको चर्चा चलिरहेका बेला स्थायीलाई प्राथमिकता दिन आग्रह गरेका हुन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका स्थायी चिकित्सकहरूको तर्फबाट लेखिएको […]