१५ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ

काठमाडौँ । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको भन्दै आक्रोस् पोखेका छन् । बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका उनले गृहमन्त्री अर्यालको एजेण्डा भनेको चुनावमात्र रहेको भन्दै जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको बताए । उनले भने,‘बाँकी मन्त्रालयहरुले काम गरिरहेको छ । गृह […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन पोर्चुगल, २७ कात्तिकः पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कामदार भिसाका नाममा हुने ठगीबाट बच्न आग्रह गरेको छ । दूतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै यही कात्तिक ६ गते २३ अक्टोबर २०२५० देखि लागू हुने गरी पोर्चुगल सरकारले उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको अवस्थामा […]

बागमती मुख्‍य समाचार समाचार

कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान

चितवन, २७ कात्तिकः आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई प्रत्यक्ष सम्पर्क गर्न थालेको छ । कार्यालयबाट विवरण नबुझाउने करदातालाई फोन सम्पर्क गरी बुझाउन आग्रह गरिएको हो । बुझाउने दायित्व भएका करदातामध्ये करिब ५० प्रतिशतले विवरण नबुझाएको पाइएपछि कार्यालयले यो अभियान सञ्चालन गरेको हो । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार मङ्सिर १ […]

गण्डकी मुख्‍य समाचार समाचार

चालुआवका लागि अन्नपूर्णमा एक सय ५६ योजना छनौट

म्याग्दी, २७ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२र ०८३ मा कार्यान्वयन गर्ने एक सय ५६ योजना छनौट गरेको छ । रु. १६ करोड २७ लाख ८३ हजार बजेट बिनियोजन भएका तीन योजना कार्यान्वयनका लागि सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन, ठेक्का आव्हान र सम्झौताको प्रक्रीया अघि बढाएको हो । पालिका स्तरका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सेबोनको ढिलाइ र कानुनी अस्पष्टताले जलविद्युत आयोजना संकटमा : बलराम खतिवडा

काठमाडौं । विगत २८ महिनादेखि प्राथमिक शेयर निष्कासन (आईपीओ) र हकप्रद (राइट) शेयर निष्कासन रोकिँदा ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको ऊर्जा उत्पादकहरुको गुनासो छ । आयोजना निर्माणमा लगानी जुटाउने प्रमुख माध्यम अवरुद्ध हुँदा सयौं मेगावाटका आयोजनाहरू समयमा सम्पन्न हुन नसक्ने स्थितिमा पुगेको र अस्वाभाविक रूपमा लागत बढेको उनीहरुको भनाई छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल […]

बागमती मुख्‍य समाचार समाचार समाज

कागतीखेतीबाट तीन महिनामा नौ लाख आम्दानी

गण्डकी, २७ कात्तिकः कृषि कर्ममा लाग्ने हो भने रोजगारीका लागि विदेशै ताक्नु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिएका छन् । पोखरा महानगरपालिका–३१ खनास्वाराका टुकाराम लामिछाने कागतीखेतीबाट तीन महिनामा झण्डै रु नौ लाख आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका हुन् । एलसी अर्गानिक कृषि फर्म दर्ता गरेर आठ वर्षअघि भिरालो २६ रोपनी जग्गामा लगाएका ५०० […]

कोशी मुख्‍य समाचार समाचार

साकेला गाउँपालिकामा बाँसकलासम्बन्धी उद्योग स्थापना

खोटाङ, २७ कात्तिकः गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम मेडपा अन्तर्गतसाकेला गाउँपालिकामा बाँसकलासम्बन्धी उद्योग स्थापना भएको छ । गाउँपालिका प्रमुख रविप्रकाश राईले बुधबार उद्योग उद्घाटन गर्दै स्थानीय स्रोतको अधिकाधिक उपयोगबाट नै समृद्धितर्फको यात्रा सम्भव हुने बताए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईको अध्यक्षतामा सञ्चालन गरिएको उद्योग स्थापना कार्यक्रममा वडा नम्बर–२ रतन्छाका वडाध्यक्ष जीतेन्द्रकुमार राई, […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, २७ कात्तिक : बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा रु १७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५० हजार २०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

जडीबुटीखेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण

गोदावरी कैलाली, २७ कात्तिकः वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटीखेती विस्तारका लागि निःशुल्क रुपमा बिरुवा वितरण गरेको छ । केन्द्रले जडीबुटीका गुणस्तरीय बिरुवा उत्पादन गरी व्यावसायिक रुपमा जडीबुटीखेती गर्न चाहने सर्वसाधारण कृषक, सङ्घ, संस्थालाई औषधीजन्य प्रजातिका बिरुवा निःशुल्क रुपमा वितरण गरेको हो । केन्द्रले कुरिलो, सर्पगन्धा, शीतल चिनी, तेजपात, चिउरी, निम, बेल, मौवा, अश्वगन्धा, कामिनी, […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

गुल्मी, २७ कात्तिकः आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा यो सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि मङ्सिर १६ गतेसम्म उक्त सडकखण्डमा बिहान ७ः०० देखि ११ः०० बजेसम्म र दिउँसो १२ः०० देखि अपराह्न ५ः३० बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने छैन । यही कात्तिक […]

बागमती मुख्‍य समाचार समाचार

३ महिनामा भवन नक्सा सम्बन्धी ७३२ वटा प्रक्रिया सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको वितेका ३ महिनामा ७३२ वटा भवन नक्सा सम्बन्धी प्रक्रिया टुङ्ग्याएको छ । यसमा प्लिन्थ लेभलसम्मको इजाजत २३८ वटाको र तला थप इजाजत ७ वटाका लागि प्रदान गरिएको छ । भवन निर्माण सम्पन्न प्रमाण पत्र ३९९ वटा जारी गरिएको छ । ४ वटाको डीपीसी ट्रान्सफर र ८४ वटाको स्वामित्व […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

मुस्ताङ, २७ कात्तिकः नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले रु तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म सङ्कलन भएको हो । भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन् । यसैगरी, […]