१५ आश्विन २०८३, बिहीबार
गण्डकी मुख्‍य समाचार समाचार

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

गण्डकी, २८ कात्तिकः गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।

मधेश मुख्‍य समाचार समाचार

७ दलको विरोध प्रदर्शन आज पनि जारी

जनकपुर । जनकपुरधाममा ७ राजनितिक दलहरुले गर्दै आएको विरोध प्रदर्शन आज पनि जारी राखेका छन् । पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा विहान ४ बजे सपथ ग्रहण गराएदेखि ७ राजनितिक दलका सांसद, नेता तथा कार्यकर्ताहरुले विरोध गर्दै आएको छ । पूर्व प्रदेश प्रमुख भण्डारी पदमुक्त भइसकेकाले उनीहरुले मुख्यमन्त्री […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संसद् पुनस्र्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे

सुरुङ्गा झापा, २८ कात्तिकः सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैरसंवैधानिक, गैरकानुनी र अप्रजातान्त्रिक कदमका रूपमा व्याख्या गर्दै यसको तत्काल पुनस्र्थापना आवश्यक रहेको बताएका छन् । झापाको बिर्तामोडस्थित आफ्नो निजी निवासमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले मुलुकको वर्तमान राजनीतिक अस्थिरताको समाधान संसद् पुनस्र्थापना नै एक मात्र वैधानिक विकल्प भएको धारणा राखे । संविधानको दायराभन्दा बाहिर […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

रास्वपा छाडेका परियारसहित नयाँ दल खोल्ने तयारीमा

काठमाडौँ, २८ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । उनले पार्टी परित्याग गरेका हुन् । नेता परियारसहितका नेताहरू अब नयाँ दल खोल्ने तयारीमा जुटेको बताइएको छ । नयाँ दल गठनका लागि प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी नयाँ शक्ति का नेत्री मानुषी भट्टराईलगायत नेतासँग परामर्श भइरहेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार स्वास्थ्य

स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री डा गौतमको दुईमहिने कार्ययोजना

काठमाडौँ, २८ कात्तिकः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई चाँडो गराउनका लागि ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्य योजना ल्याएका छन् । मन्त्री डा गौतमले मन्त्रालयबाट तत्काल एकदेखि दुई महिनाभित्र सेवालाई चाँडो बनाउन योजना ल्याएका मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार मन्त्री डा गौतमले जेनजी घाइतेको उपचार तथा […]

बागमती मुख्‍य समाचार समाचार

करोडौँ मूल्यका नगरबस प्रयोगविहीन

राँझा बाँके, २८ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस रु तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । खरिद गरेको छ वर्षमै नगरबस प्रयोगविहीन अवस्थामा पुगेका छन् । विशेष अनुदानको रकमबाट बस […]

मधेश मुख्‍य समाचार समाचार

नाढीमन ताल घोषणामै सीमित, पर्यटक नआउँदा सुनसान

बरहथवा सर्लाही, २८ कात्तिकः सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ र ७ मा अवस्थित ऐतिहासिक, प्राकृतिक तथा धार्मिक पर्यटकीयस्थल नाढीमन ताल अहिले सुनसान बनेको छ । पर्यटनको ठूलो सम्भावना बोकेको यस ताल अलपत्र पर्दा पर्यटकको आगमन शून्य बनेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको देशका उत्कृष्ट १०० भ्रमण स्थलमा पर्न सफल […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

टेलिकमको बिलिङ टेन्डर प्रक्रिया अन्योलमा

काठमाडौँ, २८ कात्तिकः नेपाल टेलिकमले नयाँ बिलिङ प्रणालीका लागि खुलाएको बोलपत्र प्रक्रिया अन्तिम चरणमा आएर विशेष अवस्थाका कारण भन्दै गत असोज ९ गते स्थगित ग¥यो । कम्पनीले बोलपत्र आह्वानका क्रममा आवेदकहरुको प्राविधिक मूल्याङ्कन पूरा गरेर आर्थिक प्रस्तावको प्रक्रिया अगाडि बढाइसकेपछि स्थगित गरेको हो । टेलिकमले गत भदौ ९ गते बिलिङ प्रणालीको ‘टेन्डर’ प्रक्रियामा भाग लिएकामध्ये […]

मधेश मुख्‍य समाचार समाचार

वीरगञ्ज भन्सारमा छ वर्षदेखि १८५ मालवाहक कन्टेनर अलपत्र

वीरगञ्ज पर्सा, २८ कात्तिकः वीरगञ्ज भन्सार कार्यालयमा छ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेका छन् । कोभिड महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका ती मालवाहक कन्टेनर अहिले पनि वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खा बन्दरगाहमा बेवारिसे अवस्थामा रहेका छन् । आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेर सुक्खा बन्दरगाहमा मालवाहक कन्टेनर भित्र्याए पनि भन्सार जाँचपासको प्रक्रिया […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

सन्तोष परियारले गरे रास्वपा परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक सन्तोष परियारले रास्वपा परित्याग गरेका छन् । उनले आफ्नो राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डिपि अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । परियार अब राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा रहेको पनि झाले बताए । प्रवक्ता मनिष झाले आगामी यात्राको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

महाधिवेशनमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ, २८ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिँदो परिस्थितिमा पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा संशोधित विधान र राजनीतिक अवस्थाबारे समीक्षा हुनुपर्ने बताएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले आज एक वक्तव्य जारी गर्दै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको विकसित घटनाका सम्बन्धमा महाधिवेशनमा छलफल हुनुपर्नेमा जोड दिएका हुन् […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘समृद्धिका लागि कृषि’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले हाइब्रिड बिउ उत्पादन भनेको मूल बिउलाई सिध्याउने काम भएको भन्दै देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ […]