१५ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.४४ अंक बढेर बन्द भएको छ । गत बिहीबार १.१३ अंक बढेर २५४५.७३ विन्दुमा बन्द भएको नेप्से, आज प्रि ओपन सेसनमै ४.४४ अंक बढेर २५५०.१७ विन्दुमा पुगेको हो । यो समाचार तयार पार्दा सम्म कुल ४७ स्टकको १०५ पटकको कारोबारमा ७० लाख १० हजार […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम, ३० कात्तिकः कार्वन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई न्यायोचित रूपमा तल्लो तहसम्म पुर्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालको रेडप्लस अन्तर्गत उत्सर्जन न्यूनीकरण सम्बन्धी धनगढीमा आयोजित दुईदिने कार्यशालामा वनजङ्गल जोगाएर उत्सर्जन न्यूनीकरणमा पहिलो भूमिका आदिवासी जनजाति एवं सीमान्तकृत समुदायले खेलेकाले प्राप्त हुने लाभांश पनि आदिवासी र सीमान्तकृतलाई न्यायोचित ढङ्गले बाँडफाँट गर्नुपर्ने बताए […]

मुख्‍य समाचार लुम्बिनी समाचार

दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी

घोराही दाङ, ३० कात्तिकः जिल्लामा व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । यहाँको हावापानी राम्रो भएकाले यसमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका श्रीधन घर्ती मौरीको स्याहारमा व्यस्त छन् । उनले यो काम गर्न थालेका १७ वर्ष पुगिसक्यो । उनले भने, सात वर्ष वैदेशिक रोजगारमा गएर […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

व्यावसायिक फूलखेतीबाट रु आठलाख आम्दानी

अत्तरिया कैलाली, ३० कात्तिक : कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । फार्म दर्ता गरेर विगत दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएकी उनले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न थालेकी हुन् । दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक रु २० लाखसम्मको कारोबार […]

बागमती मुख्‍य समाचार समाचार

भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । भिमफेदी मकवानपुरको भिमफेदी नजिकै बुङ्दोल खोला पुल क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मकवानपुरगढी–५ र भिमफेदी–१ को सिमाना नजिकै आज बिहानै बाग्मती प्रदेश–०३–००५प ७९८० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । स्थानीयहरुले उपलब्ध गराएको तस्बिर तथा विवरण अनुसार मोटरसाइकल पुलबाट तल खोल्सातिर खसेको देखिन्छ । भीरालो […]

बागमती मुख्‍य समाचार समाचार

६ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । आज सुन ६ हजार ९ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको सुनको मूल्य आज ६ हजार ९ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यस्तै, […]

गण्डकी मुख्‍य समाचार समाचार

प्रहरीद्वारा लुटपाटमा संलग्नको नाम, ठेगाना, सम्पर्क उपलब्ध गराउन आग्रह

गण्डकी, ३० कात्तिक : गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजानी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचानमा कास्की जिल्ला प्रहरी कार्यालयले सक्रियता देखाएको छ । प्रहरीले सरकारी कार्यालयसहित व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटको भिडियो सार्वजनिक गर्दै त्यस्ता कार्यमा संलग्न देखिएका व्यक्तिलाई पहिचान गर्न सकेमा […]

गण्डकी मुख्‍य समाचार समाचार

कुखुरापालनबाट मासिक एक लाख आम्दानी

तनहुँ, ३० कात्तिकः व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले कुखुरापालन गरेर मासिक रु एक लाख आम्दानी गर्दै आएका छन् । सत्र वर्षसम्म दुबईमा रोजगारी गगेका बस्नेत स्वदेश फर्किएर व्यावसायिक रूपमा कुखुरापालनमा लागेका हुन् । विदेशमा रहँदा कोरोनाको समयमा बुबाको निधन भएको नौ महिनापछि घर फर्किएका बस्नेत त्यसपछि विदेश नगई स्वदेशमै केही गरौँ भन्दै पाँच वर्षदेखि कुखुरापालन […]

गण्डकी मुख्‍य समाचार समाचार

महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख सङ्कलन

गलकोट बागलुङ, ३० कात्तिकः मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ समापन गरिएको छ । महायज्ञमा रु नौ करोड ६९ लाख सङ्कलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणका लागि आयोजित महायज्ञ शनिबार समापन गरिएको छ । महायज्ञमा शुक्रबार मात्र रु एक करोड […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज ९आइतबार० बस्दै छ । बैठक आइतबार दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । गृह मन्त्री ओम प्रकाश अर्यालले शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् । बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजतरकारी तथाफलफूलको मूल्य

काठमाडौं ।कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज(आइतबार) का लागि कृषिउपजकोन्यूनतमथोक मूल्यसार्वजनिकगरेको छ । जसअनुसार,आजगोलभेँडाठूलो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो३५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो७५ रुपैयाँ, आलु रातो प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ, आलु सेतोप्रतिकिलो ४०रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३३रुपैयाँ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो १०० […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण

काठमाडौं । युक्रेनले शनिबार रूसको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ । रूसले युक्रेनको जापोरिज्झिया क्षेत्रमा रहेको एउटा बस्ती आफ्नो नियन्त्रणमा लिएपछि जवाफी कारबाही स्वरुप युक्रेनले रुसको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको हो । रूसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार रूसी सेनाले युक्रेनको रक्षा उद्योगलाई सहयोग गर्ने ऊर्जा संरचना, सैन्य विमानस्थल तथा […]