२३ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु

काठमाडौ । सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो । विभागका अनुसार २०८० माघ १० देखि लागु भएको ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरी १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थान गर्दा नयाँ मापदण्ड लागु गर्ने निर्णय भएको हो । विभागले  सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूबाट समेत यो नयाँ मापदण्डबारे सबै नागरिकसम्म सूचित गर्न अनुरोध गरेको छ । विज्ञप्ति विभिन्न उद्देश्यका लागि विदेश जान चाहने नेपाली नागरिकहरुको प्रस्थान र आगमनलाई व्यवस्थित गर्ने सम्बन्धमा अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि, २०६५ विद्यमान रहेका छन्। यी कानूनी व्यवस्थाका अतिरिक्त भिजिट भिसामा प्रस्थान गर्ने नेपाली नागरिकहरुको प्रस्थानलाई सहजीकरण गर्ने प्रयोजनका लागि विभिन्न समयमा कार्यविधि परिमार्जन तथा मापदण्ड र परिपत्रहरू जारी गरी व्यवस्थित गर्ने प्रयास भएको देखिन्छ । पछिल्लो पटक मिति २०८० । १० । १० देखि लागू हुने गरी मा. उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको निर्णय अनुसार अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ को देहाय (२) को खण्ड (ख) मा परिमार्जन गरी भिजिट भिसामा विदेश प्रस्थान गर्दा पूरा गर्नुपर्ने छ बुँदे मापदण्ड जारी भएको विदितै छ । तथापि भिजिट भिसामा हुने नेपाली नागरिकको विदेश प्रस्थान अपेक्षित रुपमा विवादमुक्त हुन नसकेको र नागरिकको सुरक्षाका लागि भनी गरिएका व्यवस्था र बनाईएका मापदण्ड नै कतिपय अवस्थामा नागरिकलाइ हैरानी र अनियमितताका कारक बनेका गुनासाहरु कायमै रहेको यथार्थतालाई आत्मासात् गरी अध्यागमन प्रशासनले सोही बिन्दुबाट नै सुधारका कामहरु निरन्तर अगाडि वढाइरहेको छ । अध्यागमन नियमन र सहजीकरणबीच उपयुक्त सन्तुलन कायम गरी राष्ट्रिय सुरक्षाका चुनौतीलाई सम्बोधन गर्न सक्ने गरी अध्यागमन प्रशासनलाई सुदृढ बनाउने र अध्यागमन प्रशासनमा पूर्ण रुपमा सुशासन कायम गर्ने कार्यलाइ विभागले आफ्नो मुख्य कार्यभारको रुपमा अगाडि बढाएको छ । वैश्विक आवागमनका प्रवृत्ति र तिनले सिर्जना गर्ने अवसर र चुनौतिको मिहिन विश्लेषण गर्दै आवश्यक रणनीति बनाउनुपर्ने अध्यागमन प्रशासन भिजिट भिसामा प्रस्थान गर्ने नेपाली नागरिकको व्यवस्थापनकै वरिपरि मात्र अल्मलिइरहेको तितो यथार्थ हाम्रो सामु रहेको छ जसको कारण नेपाल प्रवेश गर्ने विदेशीको बारेमा गहिरो जाँचपड्ताल गर्ने र तिनका गतिबिधीहरुको सुक्ष्म निगरानी गर्ने महत्वपूर्ण कार्य ओझेलमा परेको छ। भिजिट भिसामा हुने अनियमितताको कारण नै अनुमान. शंका र हैसियत जाँचेर लिइने तजबिजी निर्णय र आम रूपमा जानकारी हुँदाहुँदै परीक्षण (खभचषथ ) गर्न नसकिने कागजात माग गर्ने विषय पनि हो । कानुनको कार्यान्वयनलाई वस्तुगत बनाउने र विदेश जाने नागरिकको संरक्षणका लागि नियन्त्रणात्मक भन्दा संरक्षणात्मक वैकल्पिक उपायहरुको खोजी र त्यसको कार्यान्वयनका लागि गृह प्रशासनले अन्य सरोकारवाला निकायहरुसँग समेत निरन्तर छलफल गरिरहेको छ । यसै सन्दर्भमा, अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानविन समिति, २०६२ से समेत नेपालको संविधानप्रदत्त नागरिकका मौलिक हक, व्यक्तिको मानवअधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकारको प्रत्याभुति गर्न र स्वार्थ समूहका चलखेललाई निरुत्साहित गर्दै भिजिट भिसाका नाममा हुने गरेका गलत क्रियाकलापहरु नियन्त्रण गरी अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवद्र्धन गर्नका लागि हाल कार्यान्वयनमा रहेको छ बुँदे मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरेको छ। सोही अनुसार मिति २०८०।१०।१० देखि लागू भएको छ बुँदे मापदण्ड लगायत यस अघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरु खारेज गरी नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८२ ।७।१३ गतेको मा. मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थान गर्दा देहायको कागजात पेश गरेमा प्रस्थान अनुमति दिने गरी निर्णय भएको व्यहोरा आम जानकारीका लागि सूचित गरिन्छ । यो व्यवस्था आजैका मितिदेखि कार्यान्वयन हुने भएकोले सबै नेपाली नागरिकहरुलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तब्य र यात्राको वारेमा पूर्ण रुपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध छ । साथै, सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरुबाट समेत यस सूचनालाई सबै नागरिकसम्म सम्प्रेषण र सुचित गराउने कार्यमा सहयोग गरिदिन अनुरोध गरिएको छ’ । देहाय १. कम्तीमा ६ महिना वैध अवधी भएको राहदानी, २. सम्बन्धित देशको प्रवेशाज्ञा (ख्क्ष्क्ब्) वा इल ब्चचष्खब िखष्कब प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, ३. प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट, ४. आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वः घोषणा ।  

नेपालको संविधान जेनजी विरोधी छ : स्वागत नेपाल

काठमाडौं । स्वतन्त्र राजावादी अधिवक्ता स्वागत नेपालले अहिलेको संविधान जेन–जी विरोधी रहेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यो संविधानमा रहेर जेन–जीलाई चुनावमा उठ्न रोकेको र राष्ट्रिय सभा, संवैधानिक आयोगलगायतमा जेन–जीको प्रतिनिधित्व अस्वीकार गरिएको भन्दै अहिलेको संविधान जेन–जी विरोधी रहेको बताए । वर्तमान संविधानले नेपाली नागरिकहरुलाई मिलिजुली शोषण गर्ने काम गरेको उनको दाबी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार

काठमाडौं । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले मेनस्ट्रीमका भनिएका मिडिया र पत्रकारहरुले आफ्नो चरित्र हत्या गरेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो मन्त्री बन्ने लिस्टमा नाम आएपछि मिडियाहरुले भए नभएका कुराहरु लेखेर आफूलाई बदनाम गराएको बताए । सुनारले जाजरकोटका नवराज विकको समूहिक हत्या र बझाङ्की सम्झना कामीको सामूहिक बलात्कार भएजस्तै […]

बागमती मुख्‍य समाचार समाचार

र्सातले खेतमै सड्न थाल्यो धान

भोजपुर, १४ कात्तिकः निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पु¥याएको छ । थन्काउनका लागि काटिएको धान खेतमा नै कुहिन थालेपछि किसान आर्थिक तथा मानसिक दुवै सङ्कटमा परेका हुन् । नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन् । बर्सातले किसानलाई धेरै ठूलो क्षति पु¥याएको पौवादुङ–२ का किसान राजन ढकालले बताए। […]

बागमती मुख्‍य समाचार समाचार

क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल

राँझा बाँके, १४ कात्तिकः बाँकेको खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीले शय्या अभावमा दिनभर पालो कुर्नपर्ने बाध्यता छ । दिनभर कुर्दा पनि किमोथेरापीका लागि शय्या पाउन मुस्किल हुने गरेको बिरामीहरुको गुनासो छ । शय्या नपाउँदा किमोथेरापीका लागि […]

बागमती मुख्‍य समाचार समाचार समाज

तीन महिनामा ३०८ वटा हिंसाका घटना

काठमाडौँ, १४ कात्तिकः महिला पुनस्थापना केन्द्र ओरेक ले महिलामाथि हुने हिंसा बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ । ओरेकले आज जारी गरेको प्रेस विज्ञप्तिमा महिलामाथि हुने हिंसा र हत्याका घटनाहरू बढ्दै गएका र गत चैतदेखि जेठसम्म अप्रिलदेखि जुन २०२५ सम्मका तीन महिनामा तथ्याङ्कअनुसार कूल ३०८ वटा महिला हिंसाका घटना भएको उल्लेख छ । कार्यक्रम व्यवस्थापक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु

काठमाडौ । सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो । विभागका अनुसार २०८० माघ १० देखि लागु भएको ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरी १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थान गर्दा नयाँ मापदण्ड लागु गर्ने निर्णय भएको हो । विभागले  सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूबाट समेत यो नयाँ मापदण्डबारे सबै नागरिकसम्म सूचित गर्न अनुरोध गरेको छ । विज्ञप्ति विभिन्न उद्देश्यका लागि विदेश जान चाहने नेपाली नागरिकहरुको प्रस्थान र आगमनलाई व्यवस्थित गर्ने सम्बन्धमा अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि, २०६५ विद्यमान रहेका छन्। यी कानूनी व्यवस्थाका अतिरिक्त भिजिट भिसामा प्रस्थान गर्ने नेपाली नागरिकहरुको प्रस्थानलाई सहजीकरण गर्ने प्रयोजनका लागि विभिन्न समयमा कार्यविधि परिमार्जन तथा मापदण्ड र परिपत्रहरू जारी गरी व्यवस्थित गर्ने प्रयास भएको देखिन्छ । पछिल्लो पटक मिति २०८० । १० । १० देखि लागू हुने गरी मा. उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको निर्णय अनुसार अध्यागमन कार्यविधि, २०६५ को दफा ३.१ को देहाय (२) को खण्ड (ख) मा परिमार्जन गरी भिजिट भिसामा विदेश प्रस्थान गर्दा पूरा गर्नुपर्ने छ बुँदे मापदण्ड जारी भएको विदितै छ । तथापि भिजिट भिसामा हुने नेपाली नागरिकको विदेश प्रस्थान अपेक्षित रुपमा विवादमुक्त हुन नसकेको र नागरिकको सुरक्षाका लागि भनी गरिएका व्यवस्था र बनाईएका मापदण्ड नै कतिपय अवस्थामा नागरिकलाइ हैरानी र अनियमितताका कारक बनेका गुनासाहरु कायमै रहेको यथार्थतालाई आत्मासात् गरी अध्यागमन प्रशासनले सोही बिन्दुबाट नै सुधारका कामहरु निरन्तर अगाडि वढाइरहेको छ । अध्यागमन नियमन र सहजीकरणबीच उपयुक्त सन्तुलन कायम गरी राष्ट्रिय सुरक्षाका चुनौतीलाई सम्बोधन गर्न सक्ने गरी अध्यागमन प्रशासनलाई सुदृढ बनाउने र अध्यागमन प्रशासनमा पूर्ण रुपमा सुशासन कायम गर्ने कार्यलाइ विभागले आफ्नो मुख्य कार्यभारको रुपमा अगाडि बढाएको छ । वैश्विक आवागमनका प्रवृत्ति र तिनले सिर्जना गर्ने अवसर र चुनौतिको मिहिन विश्लेषण गर्दै आवश्यक रणनीति बनाउनुपर्ने अध्यागमन प्रशासन भिजिट भिसामा प्रस्थान गर्ने नेपाली नागरिकको व्यवस्थापनकै वरिपरि मात्र अल्मलिइरहेको तितो यथार्थ हाम्रो सामु रहेको छ जसको कारण नेपाल प्रवेश गर्ने विदेशीको बारेमा गहिरो जाँचपड्ताल गर्ने र तिनका गतिबिधीहरुको सुक्ष्म निगरानी गर्ने महत्वपूर्ण कार्य ओझेलमा परेको छ। भिजिट भिसामा हुने अनियमितताको कारण नै अनुमान. शंका र हैसियत जाँचेर लिइने तजबिजी निर्णय र आम रूपमा जानकारी हुँदाहुँदै परीक्षण (खभचषथ ) गर्न नसकिने कागजात माग गर्ने विषय पनि हो । कानुनको कार्यान्वयनलाई वस्तुगत बनाउने र विदेश जाने नागरिकको संरक्षणका लागि नियन्त्रणात्मक भन्दा संरक्षणात्मक वैकल्पिक उपायहरुको खोजी र त्यसको कार्यान्वयनका लागि गृह प्रशासनले अन्य सरोकारवाला निकायहरुसँग समेत निरन्तर छलफल गरिरहेको छ । यसै सन्दर्भमा, अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानविन समिति, २०६२ से समेत नेपालको संविधानप्रदत्त नागरिकका मौलिक हक, व्यक्तिको मानवअधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकारको प्रत्याभुति गर्न र स्वार्थ समूहका चलखेललाई निरुत्साहित गर्दै भिजिट भिसाका नाममा हुने गरेका गलत क्रियाकलापहरु नियन्त्रण गरी अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवद्र्धन गर्नका लागि हाल कार्यान्वयनमा रहेको छ बुँदे मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरेको छ। सोही अनुसार मिति २०८०।१०।१० देखि लागू भएको छ बुँदे मापदण्ड लगायत यस अघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरु खारेज गरी नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८२ ।७।१३ गतेको मा. मन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसामा प्रस्थान गर्दा देहायको कागजात पेश गरेमा प्रस्थान अनुमति दिने गरी निर्णय भएको व्यहोरा आम जानकारीका लागि सूचित गरिन्छ । यो व्यवस्था आजैका मितिदेखि कार्यान्वयन हुने भएकोले सबै नेपाली नागरिकहरुलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तब्य र यात्राको वारेमा पूर्ण रुपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध छ । साथै, सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरुबाट समेत यस सूचनालाई सबै नागरिकसम्म सम्प्रेषण र सुचित गराउने कार्यमा सहयोग गरिदिन अनुरोध गरिएको छ’ । देहाय १. कम्तीमा ६ महिना वैध अवधी भएको राहदानी, २. सम्बन्धित देशको प्रवेशाज्ञा (ख्क्ष्क्ब्) वा इल ब्चचष्खब िखष्कब प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, ३. प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट, ४. आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वः घोषणा ।  

गण्डकी मुख्‍य समाचार समाचार

पर्वतमा धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिइने

पर्वत, १४ कात्तिकः किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको वर्षाका कारण क्षति पुगेका किसानलाई दक्षिण पर्वतको पैंयू गाउँपालिकाले राहत दिने भएको छ । यही कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले अधिकांश किसानको पाकेको र काटेर खेतमा सुकाएको धानबालीमा ठूलो नोक्सानी पु¥याएको अवस्थालाई दृष्टिगत गर्दै गाउँपालिकाले राहत दिने निर्णय गरेको हो । यहाँका […]

गण्डकी मुख्‍य समाचार समाचार

बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

मुस्ताङ, १४ कात्तिकः वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पु¥याएको क्षति विवरण सङ्कलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन

काठमाडौँ, १४ कात्तिकः गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली परिचालन गरिएका छन् । राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार आगामी हप्ताभित्र सबै क्षतिको विवरण सङ्कलन […]

बागमती मुख्‍य समाचार समाचार

मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा

काठमाडौँ, १४ कात्तिकः मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ । अभिलेख अनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ । मोन्था चक्रवातको असर अहिले मधेश प्रदेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार 

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा गएराति ढुंगा प्रहार भएको छ । शुक्रबार प्रेस चौतारी नेपालले एक विज्ञप्ति जारी गर्दै लमजुङको सदरमुकाम बेँशीसहरस्थित पाण्डेको घरमा मध्यरात अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरी झ्यालको सिसा फुटाएको जनाएको छ । पाण्डेका अनुसार उनकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ । सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन्  । प्रेस चौतारी नेपालले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ जिल्ला सदरमुकाम बेशीसहरस्थित घरमा गएराति करिब १२ बजे ढुंगा प्रहार गरिएको घटनाप्रति प्रेस चौतारी नेपाल घोर निन्दा प्रकट गर्दछ ।’ ढुंगा प्रहारबाट घरका झ्यालका सिसाहरू फुटेका छन् र अध्यक्ष पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ । सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन् । ‘पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, श्रमजीवी तथा व्यावसायिक पत्रकारहरूको साझा संस्था प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्षकै घरमा यस्तो आक्रमण हुनु अत्यन्त गम्भीर र निन्दनीय कार्य हो । यो आक्रमण योजनाबद्धरूपमा गरिएको हाम्रो निष्कर्ष छ । भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक स्टाटस लेखी घरमा आक्रमण गर्न आह्वान गरिनु र गएरति आक्रमण हुनुले यो षड्यन्त्रपूर्वक आयोजना गरिएको स्पष्ट प्रमाणित भएको छ,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ,‘अध्यक्षलाई डर देखाएर प्रेस चौतारीका कलमजीवीहरूलाई दबाउने प्रयास प्रयास सफल हुन सक्दैन । प्रेस चौतारी नेपाल यो घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी कठघरामा उभ्याउन सुरक्षा निकाय र हलाई तत्काल कार्यनी कठपरामा उभ्याउन सुरक्षा निकाय प्रशासनसँग माग गर्दछ ।’