१५ आश्विन २०८३, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ, ३० कात्तिकः चालू आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२र८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ५३ अर्ब […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

चालु आवको चौमासिक अवधि, २५ स्थानीय तह बजेटविहीन

काठमाडौँ, ३० कात्तिकः चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संसद् पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउने: अध्यक्ष ओली

काठमाडौँ, ३० कात्तिकः नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई राजनीतिक निकास दिन विघटित प्रनिनिधिसभा पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गरेका छन् । प्रेस चौतारी नेपालको टोलीसँग आज गुण्डुस्थित निवासमा छलफल गर्दै अध्यक्ष ओलीले असंवैधानिक र अनधिकृत ढङ्गबाट संसद् विघटन भएकाले पुनःस्थापना हुनुपर्ने माग दोहो¥याएका हुन् । उनले यसरी असंवैधानिक तरिकाले संसद्लाई विघटन गर्दै […]

कोशी मुख्‍य समाचार समाचार

हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह

झापा, ३० कात्तिकः डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सवाधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ । गस्ती र माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको कार्यालयले जनाएको छ । मोरङबाट २५ देखि ३० को सङ्ख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा प्रवेश गरेकाले स्थानीयवासीलाई सोबारे […]

गण्डकी मुख्‍य समाचार समाचार

मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत, ३० कात्तिकः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । कालोेपत्रको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ गतेदेखि २० गतेसम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सडक बन्द गर्ने निर्णय भएको हो । सवारीसाधन […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

मुद्रास्फीति एक दशमलव ६७ प्रतिशत

काठमाडौँ, ३० कात्तिकः गत वर्षको तुलनामा मुद्रास्फीति उल्लेख्य रुपमा घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२÷८३ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ४७ प्रतिशत देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

जसपा नेपालले पदाधिकारी तथा कार्यकारिणी समिति सदस्य थप गर्ने

काठमाडौ, ३० कात्तिकः जनता समाजवादी पार्टी जसपा नेपालले पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले एक उपाध्यक्ष, एक महासचिव र सात कार्यकारिणी सदस्य थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार सात कार्यकारिणी सदस्यहरुको पदपूर्ति गर्दा मधेशी दलित एक, महिला दुई, […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

दोधारा चाँदनी कञ्चनपुर, ३० कात्तिकः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव ४२ हेक्टर क्षेत्रफल अतिक्रमण भएको हो । साथै नेपाल–भारत सिमाना पिल्लर नं २८ क्षेत्रमा करिब १३९ दशमलव ८९ हेक्टर निकुञ्ज क्षेत्र अतिक्रमणमा परेको निकुञ्ज कार्यालयले जनाएको छ । अतिक्रमित […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल हाउस निर्माणका लागि ११ करोड सङ्कलन

काठमाडौँ, ३० कात्तिकः जापानमा ‘नेपाल हाउस निर्माणका लागि आयोजित ‘टोकियो सप्ताह’ सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् एनआरएनए जापानको आयोजना र जापानमा रहेका विभिन्न सङ्घसंस्थाको सहकार्यमा जापानमा एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र नेपाल हाउस निर्माणका लागि नोभेम्बर ८ देखि सुरु भएको टोकियो सप्ताह सम्पन्न भएको हो । जापानको टोकियोस्थित शिन्ज्युकुमा […]

कोशी मुख्‍य समाचार समाचार

पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

भोजपुर, ३० कात्तिकः सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको पढ्दै–कमाउँदै कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या देखिएको छ । कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार कार्यक्रम हटेपछि शिक्षण–सिकाइमा प्रत्यक्ष असर परेको […]

मुख्‍य समाचार लुम्बिनी समाचार

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि

तुलसीपुर दाङ, ३० कात्तिकः लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव दुलर्भकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन ८ मङ्सिर सोमबार आह्वान गरिएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोही दिन दिउँसो १ बजेदेखि अधिवेशनको आह्वान गरेको सचिव पुनले जानकारी दिए । नेपालको संविधानको धारा १८३ को उपधारा १ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु छैनः मुख्यमन्त्री बानियाँ

पाटन ललितपुर, ३० कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आमनागरिकको हितका लागि गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु नहुने धारणा राखेका छन् । बागमती प्रदेश सुशासन केन्द्र, फेडरलिज्म तथा लोकलाइजेशन सेन्टरसँगको सहकार्यमा आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित सङ्घीय लोकतान्त्रिक गणतन्त्रः चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिब जनताको हित गर्ने व्यवस्था हो भन्दै […]