१५ आश्विन २०८३, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आईतबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार निर्यात व्यापार बढेको देखिएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने नेपालको निर्यात व्यापारमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनमा महानगरको दमकल सेवाको अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको छ

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भाद्र २४ गतेको जेनजी आन्दोलनमा भएको आगलागीमा महानगरको दमकल सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको बताएका छन् । आइतबार महानगर प्रहरीबलबाट भए गरेको कार्यहरुको ‘महानगरप्रहरी नामक’ श्रव्य–दृश्य सामाग्री प्रदर्शन कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको दौरानमा काठमाडौंको हिल्टन होटल, सर्वोच्च अदालत भवन, संघीय संसद भवन, सिंहरदबारलगायत ठाउँमा ७९ […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सहिद बोहराकी आमा भन्नुहुन्छ– सञ्चो विसञ्चो सोध्न पनि कोही आएनन्

महेन्द्रनगर, ३० कात्तिकः गत भदौ २३ गते साँझ बझाङ खप्तडछान्ना गाउँपालिका–७ गोरखालीकी कैलीदेवी बोहरा भारतको बैङ्ग्लोरस्थित साहुको घरको काममा व्यस्त हुनुहुन्थ्यो । साँझपख बझाङका आफन्तले खबर पु¥याए, तिम्रो छोरा अब यस संसारमा रहेन । सन्तानलाई राम्रो शिक्षादिक्षा दिन सकुँ भनी बैङ्ग्लोरमा मजदुरी गर्दै आउनुभएका उनलाई संसार सकिए जस्तो भयो । मुटु फुट्ला जस्तो भयो, श्वास […]

बागमती मुख्‍य समाचार समाचार

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाइने

काठमाडौँ, ३० कात्तिकः सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल एसएसबी बीच संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य बढाउने समझदारी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र भारतको सशस्त्र सीमा बल एसएसबी का महानिर्देशक संजय सिङ्घल नेतृत्वको भारतीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय नवौँ […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

मंसीर महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार कात्तिक महिनाको तुलनामा २० मध्ये १० बैंकले ब्याजदर घटाएका छन् भने १० बैंकले ब्याजदर यथावत् राखेका छन् । औषतमा ०.१६ प्रतिशत घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा कात्तिक महिनामा ५.२००५ प्रतिशत रहेको अधिकतम औसत ब्याजदर मंसिरमा […]

कोशी मुख्‍य समाचार समाचार

ओझेलमा रेशमखेती

विराटनगर, ३० कात्तिकः विविध कारणले सुनसरीको इटहरी नगरपालिकामा हुने रेशमखेती ओझेलमा परेको छ । रेशम उत्पादन गर्न सरकारले रेशमखेतीका लागि कुनै समयमा रेशम विकास शाखा इटहरीलाई १३ बिघा १० कट्ठा जग्गा उपलब्ध गराएको थियो । केही वर्ष पहिले अत्यधिक उत्पादन हुने रेशम अहिले वर्षमा १०० देखि १५० किलोमात्र उत्पादन भइरहेको शाखामा कार्यरत जेटिए गोमा तिम्सिनाले […]

गण्डकी मुख्‍य समाचार समाचार

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी, ३० कात्तिकः धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी ‘एमएस दोङयी मिनरल्स’ प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन् । धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरुको […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कञ्चनपुरको कृष्णपुरमा कोल्डस्टोरेज निर्माण प्रक्रिया अगाडि बढाइँदै

कञ्चनपुर, ३० कात्तिकः कृष्णपुर नगरपालिकाका किसानलाई तरकारी तथा कृषिजन्य वस्तु भण्डारणमा सहजता प्रदान गर्ने उद्देश्यले ‘कोल्डस्टोरेज तथा प्याज भण्डारण शेड निर्माण प्रक्रिया अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ५ मा निर्माण गर्न लागिएको भण्डारण संरचनाका लागि जग्गा पहिचान तथा विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्ने काम सम्पन्न भएको नगर प्रमुख हेमराज ओझाले जानकारी दिए […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जनकपुरमा राष्ट्रिय झण्डासहित सात राजनीतिक दलको प्रदर्शन

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएको मधेश प्रदेशका सात राजनीतिक दलहरुले आज(आइतबार) राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेका छन् । जनकपुरधामस्थित मधेश भवन अगाडि सडकमै बसेर सात राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरु विहानैदेखि शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् । जसपा नेपाल, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक […]

बागमती मुख्‍य समाचार समाचार

दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग

काठमाडौँ, ३० कात्तिकः कला सिर्जनाका माध्यममध्ये महत्वपूर्ण र सुरुआती माध्यम जलरङ हो । पारदर्शी यो रङ खेलाउन जति सजिलो छ उति नै कठिन पनि हुन्छ । सुरुआती चरणमा कलाकारले जलरङ खेलाउँछन् । पछि छाड्दै गएका कैयौँ उदाहरण छन् । तर नेपाली धेरै कलाकारले आफ्नो अन्य माध्यमसँगै जलरङलाई पनि सँगसँगै लगिरहेका छन् । नेपालमा कलाकार एनबी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनका सहिदः छोरीलाई डाक्टर बनाउने सपना जेनजी आन्दोलनसँगै अन्त्य

गाईघाट उदयपुर, ३० कात्तिकः सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँका लागि छाडेर जानुपर्ने हुन्छ । जीवनमा कसको लेखान्तर कस्तो हुन्छ भन्ने कसैलाई थाहा छैन । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–३ बसाहास्थित आमसालमा […]

कोशी मुख्‍य समाचार समाचार

चार महिनामा सवारी दुर्घटनाका कारण १७ जनाको मृत्यु

बनियानी झापा, ३० कात्तिकः पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ […]