१५ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, ५ मङ्सिरः अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छभने त्यति नै परिमाणको चाँदी रु ८५ ले घटेको छ । आज एक […]

कोशी मुख्‍य समाचार समाचार

झापा कारागारका एक कैदीको मृत्यु

झापा, ५ मङ्सिरः जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

सिमरा घटना : आज दुवै पक्षबिच वार्ता हुने

रौतहट । बाराको सिमरामा भएको घटनाको विषयमा आन्दोलरत पक्षसंग आज वार्ता हुने भएको छ ।  नेकपा (एमाले) र ‘जेन–जी आन्दोलन’का युवाहरूबिच बुधवारदेखि सुरु भएको झडप तथा तनावलाई वार्ताबाट समाधान गर्ने प्रयास खोजिएको हो । जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुवै पक्षबिच वार्ताका लागि पहल गरिरहेको बताएका छन् । उनले शुक्रवार हुने वार्ताले स्थायी समाधान निकाल्ने […]

गण्डकी मुख्‍य समाचार समाचार

रघुगङ्गाको मौवाफाँटमा पक्की सडक निर्माण

म्याग्दी, ५ मङ्सिरः रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर पक्की सडक निर्माण भएको छ । मौवाफाँट चोकदेखि गाउँपालिका कार्यालयसम्म पुग्ने २९१ मिटर सडकलाई छदेखि आठ मिटर चौडा बनाएर ढलान गरिएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार पानीको निकासका निम्ति नालीका साथै सडकको सुरक्षाका लागि टेवा पर्खाल निर्माण भएको छ । […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण

जनकपुर । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जनकपुरधामस्थित निर्माणाधिन श्री राम जानकी बहुउद्येश्यि अन्तराष्ट्रिय रंगशाला मैदानको निरीक्षण गरेका छन् । शुक्रबार विहान मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशालाको निरीक्षण गर्नुका साथै मधेश प्रदेशका खेलकुद मन्त्रालयका पदाधिकारी र खेलकुद परिषदका सदस्यहरुसंग रंगशाला निर्माण बारे जानकारी लिएका छन् […]

कोशी मुख्‍य समाचार समाचार

धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको सिद्धकाली

भोजपुर, ५ मङ्सिरः यहाँको प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः विकास भइरहेको छ । स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो । यहाँ देशविदेशबाट भक्तजन आउने गरेका छन् । सिद्धकालीको दर्शन गरेमा रोगब्याध हट्ने, सुखशान्तिका साथै समुन्नति हुने धार्मिक विश्वास छ । स्थानीय पण्डित कमल दाहालका अनुसार […]

बागमती मुख्‍य समाचार समाचार

बाल दिवसमा विद्यार्थी सम्मान

चितवन, ५ मङ्सिरः विश्व बाल दिवसका अवसरमा कालिका नगरपालिकाले १५ जना विद्यार्थीसहित ४६ जनालाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उनीहरुलाई बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्मान गरेका हुन् । कालिका नगरपालिकाका नौ वटा सामुदायिक विद्यालय र छ वटा संस्थागत विद्यालयका १५ जना विद्यार्र्थी र ३१ जना खेलाडीलाई सम्मान गरिएको […]

बागमती मुख्‍य समाचार समाचार

बुद्धसिंह मार्ग निर्माण सुस्त गतिमा

तनहुँ, ५ मङ्सिरः पृथ्वी राजमार्गको विकल्प मानिएको तनहुँ सदरमुकाम र चितवनको घुमाउनेघाट सम्मको ३४ किलोमिटर निर्माणा धीन बुद्धसिंह मार्गमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वाधार विकास कार्यालयकी इन्जिनियर सुष्मा पाण्डेका अनुसार व्यास–१ दमौली बसपार्कदेखि आँबु खैरेनी–५ घुमाउने घाटसम्मको ३४ किलोमिटर मध्ये चालु आर्थिक वर्षमा १० किलोमिटर पक्की बनाइने छ । एक किमी ढलान […]

गण्डकी मुख्‍य समाचार समाचार

नवलपुरमा मतदानस्थल थप गर्न सिफारिस

नवलपुर नवलपरासी, ५ मङ्सिर : बर्दघाट–सुस्तापूर्वमा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको छ । जिल्लाको पहाडी भूभाग बुलिङटार गाउँपालिका–४ स्थित जनप्रिय आधारभूत विद्यालय टाँडीस्वारा मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । जिल्ला मतदानस्थल निर्धारण समितिको सिफारिसमा एउटा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नवलपुरका जिल्ला निर्वाचन अधिकारी […]

अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७४ पैसा र […]

गण्डकी पर्यटन मुख्‍य समाचार

कात्तिकमा ३५ हजार बढी पर्यटकले एक्याप घुमे

गण्डकी, ५ मङ्सिर : गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसअघि २०८० साल कात्तिकमा २४ […]

मधेश मुख्‍य समाचार समाचार

सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

मलंगवा । सर्लाहीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हरिपुर्वा नगरपालिका–३, धनकौल निवासी राम प्रवेश रायका छोरा चार वर्षीय आर्यन राय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति अस्थायी नम्बर प्लेट (ना.अ.प.अ.) ३७८ नम्वरको ट्याक्टरको ट्रलीले किचेर उनको मृत्यु भएको हो। घरमा पार्किङ गर्ने क्रममा ट्रलीमा चढेका बालक […]