१५ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

व्यापार बढाउने माध्यम बन्यो एनपिएल

कीर्तिपुर काठमाडौँ, ७ मङ्सिरः कीर्तिपुरको उमामहेशवरस्थित क्वाचो खाजा घरमा एक सातायता मानिसहरुको चहलपहल पहिले भन्दा निकै बाक्लो भएको छ । पहिले दिनमा मानिसहरुको सामान्य चहलपहल हुने गरेको भएपनि अहिले भने खाजा खाने ग्राहक बढेपछि खाजा घरका सञ्चालक माइला महर्जनलाई भ्याइनभ्याइ भएको छ । यसरी ग्राहक ह्वात्तै बढ्नुको कारण हो, नेपाल प्रिमियर लिग एनपिएल । यही […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ

विराटनगर । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ । आज इटहरीमा आयोजित युवा संघ कोशी प्रदेशस्तरिय जनजागरण अभियानमा सहभागी हुन श्री एयरको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्न खोजेका थिए । घटनापछि सुरक्षाकर्मीहरूले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य पारेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु

काठमाडौँ, ७ मङ्सिरः राष्ट्र शान्तिको पावन उद्देश्यसहित पशुपतिनाथमा रहेको शङ्कराचार्य मठमा श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु गरिएको छ । महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमनानन्द गिरीको सत्सङ्कल्पमा उक्त श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु गरिएको हो । महेश संस्कृत गुरुकुलम देवघाटको आयोजनामा गरिएको उक्त महायज्ञ यही मङ्सिर १४ गतेसम्म सञ्चालन हुने गुरुकुलका अध्यक्ष रमणानन्द गिरीले जानकारी […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

साहित्य सन्ध्याको ४७० औँ शृङ्खलास् परिचर्चा र काव्यगोष्ठी

काठमाडौँ, ७ मङ्सिरः साहित्य सन्ध्याको मासिक रुपमा हुने ४७०औँ शृङ्खलामा ‘नेपाली प्रगतिशील साहित्यमा ज्येष्ठ नागरिकको योगदान’ र साहित्यमा एआईको प्रयोग’ विषयमा परिचर्चाका साथै विशेष कविगोष्ठीको आयोजना गरिएको छ । भर्चुअलरूपमा सम्पन्न कार्यक्रममा प्रा डा मुकेश चालिसेले पाका नागरिकलाई बुढाबुढी भन्ने, हेलाँहोचो गर्ने र हिजोका मान्यतालाई निस्तेज गर्ने र ज्येष्ठ नागरिक भनेका अनुत्पादक हुन् भन्ने सोच […]

बागमती मुख्‍य समाचार समाचार

दुई हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार २ लाख ४१ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । तोलामा ३५ […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका अन्तरर्गत पर्ने दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको सिलान्यास गरिएको छ । गत बुधबार जडाङ्गाको बेलिब्रिज दानासाँघुमा स्थानान्तरणको लागि सिलान्यास गरिएको थियो। त्यसको तीन दिनपछि शनिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उक्त खोलामा पक्की पुल निर्माणका लागि शिलान्यास गरेका हुन् । ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ […]

कोशी मुख्‍य समाचार समाचार

रेखा खोलामा शव फेला, दुई जना पक्राउ

सुरुङ्गा झापा, ७ मङ्सिर : बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोला नजिकै बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गएराति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । […]

कोशी मुख्‍य समाचार समाज

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

भोजपुर, ७ मङ्सिर : उत्पादित अलैँचीले मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । यस वर्ष अलैँची प्रतिमन ४० किलोग्राम रु ९८ हजारसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले जानकारी दिए। केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य पाउँदै आएकाले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उनको भनाइ छ । यस वर्ष आफूले करिब […]

मुख्‍य समाचार

करेन्ट लागेर गौरमा एक बालकको मृत्यु

रौतहट । रौतहटको गौरमा विधुतीय करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । गौर नगरपालिका–८ स्थित विरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकको करेन्ट लागेर शनिवार साँझ मृत्यु भएको हो । रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको हो । […]

कोशी मुख्‍य समाचार समाचार

बल्ल हलेसी तुवाचुङको प्रशासनिक भवन निर्माण

खोटाङ, ७ मङ्सिर : हलेसी तुवाचुङ नगरपालिकाले प्रशासनिक नयाँ भवन निर्माण सुरु गरेको छ । यसका लागि सहरी विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा रु पाँच करोड ८७ लाख १८ हजार १३० बजेट व्यवस्था गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । वडा नं ५ दुर्छिमस्थित छापडाँडामा निर्माण गरिएको ट्रस भवनमार्फत सेवा प्रवाह गर्दै आएको […]

कर्णाली मुख्‍य समाचार स्वास्थ्य

हुम्लाका तीन स्थानीय तहमा चिकित्सकीय सेवा

सिमकोट हुम्ला, ७ मङ्सिर : कर्णाली प्रदेश सरकारले दुर्गम हिमाली जिल्ला हुम्लाका तीन स्थानीय तहमा चिकित्सकको व्यवस्था गरेको छ । यहाँका स्थानीय तहबाटै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिकित्सक खटाइएको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीका अनुसार खार्पुनाथ, सर्केगाड र अदानचुली गाउँपालिकामा चिकित्सा जनशक्तिको व्यवस्था गरेको बताए । खार्पुनाथ गाउँपालिकामा डा […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनलाई २८ बुँदे शान्ति प्रस्तावमा प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यका लागि वाशिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्तावमा युक्रेनले प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा तोकेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “युक्रेन अब अत्यन्त कठिन मोडमा पुगेको छ, अथवा सम्मान गुमाउने कि महत्त्वपूर्ण साझेदार गुमाउने जोखिम उठाउने” भनेर चेतावनी दिएको एक दिनपछि ट्रम्पले यस्तो समयसीमा […]