१५ आश्विन २०८३, बिहीबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

मुगुमा नेपालकै नमुना काम : ‘चिटिम शैली’को पुल निर्माणपछि गाउँले खुशी

मुगु । मुगुको पूर्वी क्षेत्रमा रहेको लामा समुदायको बसोबास रहेको मुगमकार्मारोङ गाँउपालिका–२ मुगुम गाँउमा नेपालकै नमूना मानिएको परम्परागत शैलीको प्रवेशद्वार छ । गाउँमा छिर्ने द्वार वा लामा भाषामा (काग्नी साम्पा) निर्माण गरिएका छन् । यही शैलीमा बुद्धपार्क प्रवेशद्वार निर्माण गरिएको छ । जसलाई ‘चिटिम शैली’ भनिएको छ । मुगुम गाउँमा बनेको अनौठो नमूना शैलीको काठे […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः विराटनगरले जनकपुरविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ, ७ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटअन्तर्गत आज पहिलो खेलमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ राजेको हो । अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो जितको खोजीमा छ । यसअघि जनकपुर पहिलो खेलमा काठमाडौँ गोर्खाजसँग ५ […]

कोशी मुख्‍य समाचार समाचार समाज

ओलाङचुङगोला जाने सडक मर्मत

ताप्लेजुङ, ८ मङ्सिरः अवरुद्ध रहेको ताप्लेजुङको ओलाङचुङगोला जाने सडक मर्मतपछि पुनः सवारीसाधन सञ्चालनमा आउन थालेका छन् । सुपर तमोर हाइड्रोपावर कम्पनीको सहयोगमा सडक सफाइ र मर्मत सम्पन्न भएपछि दुईवटा मोटरसाइकल र एउटा ट्याक्टर ओलाङचुङगोलासम्म पुगेका छन् । फक्ताङलुङ गाउँपालिका–७ का वडाअध्यक्ष छेतेन शेर्पाका अनुसार वर्षातका समयमा विभिन्न स्थानमा सडक भासिँदा र पहिरो खस्दा सडक अवरुद्ध […]

गण्डकी मुख्‍य समाचार समाचार

आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन १ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालत द्वारा खारेज

काठमाडौं । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मल्टि इनर्जी डेभलपमेन्ट प्रालिले २०७३ सालदेखि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्दै आएको ३० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना रोक्न माग गर्दै २०७९ वैशाख २७ गते सुम्पा तामाङसहितका व्यक्तिहरूले दायर गरेको रिटमाथि मंसिर ३ गते […]

कर्णाली मुख्‍य समाचार समाचार

सिञ्जाद्वारा तीन वर्षमा १७ किमी सडक निर्माण

जुम्ला, ८ मङ्सिरः जुम्लाको सिञ्जा गाउँपालिकाले एक वर्षको अवधिमा करिब एक सय ९९ योजना सम्पन्न गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा पालिकाभित्रका ६ वडामा सञ्चालित एक सय ९९ योजना सम्पन्न भई सञ्चालनमा आएको गाउँपालिका प्रवक्ता तीर्थ वडले जानकारी दिए । सोही अवधिमा पालिकास्तरीय ६५ र वडास्तरीय १३४ योजना सम्पन्न भएका छन् । २० लाख […]

मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार

आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन

लुम्बिनी, ८ मङ्सिरः लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन् । ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

हर्ष लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत

काठमाडौं । करियरका हिसाबले अभिनेत्री वर्षा राउत आफ्नो नेपाली रजतपट यात्राको दशौं वर्षमा हिँडिरहेकी छन् । ‘नाइँ नभन्नू ल ४’बाट आफ्नो करियर सुरु गरेकी वर्षा यो अवधिमा ‘गर्ल नेक्स्ट डोर’ र गृहिणीको भूमिकामा बढी देखिएकी छन् । एकता पौडेलको डेब्यु निर्देशन रहेको सिनेमामा उनले वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा अभिनय गरेकी […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

म्याग्दी, ८ मङ्सिरः यहाँस्थित प्रादेशिक अस्पताल बेनीमा सुत्केरी सेवा लिनेभन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी देखिएको छ । यसमा पनि २० वर्षभन्दा कम उमेरमा गर्भवती हुने र गर्भपतन सेवा लिनेको सङ्ख्यामा बढोत्तरी भएको छ । सरकारले सन् २००२ देखि गर्भपतनलाई कानुनी मान्यता दिएको थियो भने सन् २०१६ देखि सरकारी स्वास्थ्य सस्थामाहरुमा गर्भपतन सेवालाई निःशुल्क गरेको […]

गण्डकी मुख्‍य समाचार समाचार

मध्यपहाडी राजमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

कास्की, ८ मङ्सिरः मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ । कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर : मन्त्री घिसिङ

काठमाडौं । अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नागरिकता तथा भोटिङ राइट्स  समितिद्वारा आइतबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारले आवश्यक कानूनी तथा प्राविधिक प्रक्रिया […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : देशभर मौसम सफा रहने  

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् । महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी […]