२३ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

चितवन, २३ कात्तिकः संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै सम्बोधन हुन सकेको छैन । सङ्घले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्ने लगायत माग राख्दै आएको छ । त्यसैगरी, एम्बुलेन्स चालकलाई स्वास्थ्य […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दुःख र सङ्घर्षमा पनि खुसी हुन सकियो भने जीवनभरका धेरै समय दुःख हुँदैनः मन्त्री खरेल

काठमाडौँ, २३ कात्तिकः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा आउने दुःख र सङ्घर्षमा पनि खुसी हुन सके जीवनका अधिकांश समय सहज र सुखमय बन्ने धारणा व्यक्त गरेका छन् । आज प्रेस काउन्सिल नेपालले जीवन विज्ञानसँगको सहकार्यमा सञ्चारग्राममा आयोजना गरेको ‘संवाद र सञ्चारमा स्वजागरणः सुख, शान्ति र समृद्धिको जागरण’ कार्यक्रममा मन्त्री खरेलले दुःखमा […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, २३ कात्तिकः हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स युएई सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका लागि मोहमद आदिल आलमले ३२ र सन्दीप जोराले अविजित […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निर्वाचनमार्फत निकास दिलाउन दृढ छौँः गृहमन्त्री अर्याल

काठमाडौँ, २३ कात्तिकः गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचन मार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताएका छन् । सामाजिक सञ्जालमार्फत मुलुकमा सुशासन कायम गर्दै प्राप्त जिम्मेवारीबमोजिम निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिने अभिभारा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए । गृहमन्त्री अर्यालले भनेका छन्, आफ्नो शुद्ध चित्तले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रपति पौडेलबाट एनटिभी वर्ल्ड को शुभारम्भ

काठमाडौँ, २३ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण पिएसबी नेपालले स्थापनाको प्रथम वार्षिकोत्वसका अवसरमा एनटिभी वर्ल्डको औपचारिक शुभारम्भ गरेका छन् । सिंहदरबारस्थित पिएसबी, नेपाल टेलिभिजनको परिसरमा आज आयोजित समारोहमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रुपमा एनटिभी वर्ल्ड शुभारम्भ गरिएको हो । यो च्यानलले नेपाल अन्तरराष्ट्रिय जगत्मा नेपाल बुझिने सामग्रीहरु समावेश गर्नेछ । कार्यक्रममा राष्ट्रपति पौडेलले […]

बागमती मुख्‍य समाचार समाचार समाज

काठमाडौंमा थारू महिलाले मनाए समाचकेवा

काठमाडौं । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारू समुदायले समाचकेवा पर्व मनाएका छन् । शनिबार थारु महिला समाज उपत्यका समितिले काठमाडौंको पर्यटन बोर्डमा आयोजना गरेको ‘समाचकेवा पर्व २०८२’मा थारु समुदायका दिदीबिहनीहरु भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाए । थारू समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा मनाउने गरिएको […]

बागमती मुख्‍य समाचार समाचार

यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता

रामेछाप । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजीकार्य स्थगित गरिएको छ । बेपत्ता सातजनामध्ये दुई जनाको मात्र शव फेला परेको छ भने बाँकी पाँच जनाको अवस्था अझै अज्ञात रहेको छ । खोज तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाका अनुसार अब हिउँ निकै कडा भएको र त्यसलाई खन्न असम्भव देखिएकाले हाललाई खोजीकार्य स्थगित गर्ने निर्णय गरिएको हो । दुई नेपालीसहित पाँच जना हिमपहिरोमा पुरिएर हराइरहेका छन्, अब उनीहरु जिवित रहने सम्भावना छैन । खोजीको क्रममा भेटिएका दुई शवमध्ये एक फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे र अर्को इटलीका पाउलो कोको रहेको पुष्टि भएको छ । हराएकाको यो सिजनमा खोजी सम्भव नभएको उद्धार टोलीले जनाएको छ । गत कात्तिक ११ गते दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ क्षेत्रमा पर्ने ५ हजार ६ सय ३० मिटर उचाइको यलुङ रि हिमाल आरोहणका लागि गाइड र आरोही गरी १५ जनाको समूह पुगेको थियो । कात्तिक १७ गते बिहान ४ बजे बेसक्याम्पबाट चुचुरोतर्फ प्रस्थान गरेका उनीहरू करिब ८ बजे शिखर नजिकै पुग्दा आकस्मिक हिमपहिरोमा परेका थिए । सोही दिनदेखि हराएका सात जनामध्ये मंगलबारबाट सुरु गरिएको खोज तथा उद्धार अभियानले आठ जनाको सकुशल उद्धार गरेको थियो ।  खोजीका क्रममा दुई विदेशीको शव फेला पारिएको भए पनि पाँच जनाको अवस्था अझै अज्ञात छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनबाट पासाङ किदर शेर्पा, रितन जाङ्बु शेर्पा, छिरिङ सोनाम लामा, पासाङ तेन्वा शेर्पा, ड्रिम डेस्टिनेसनका फुर्वा तेन्जी शेर्पा, र सिम्रिक एयरका दुई विदेशीसहित नौं सदस्यीय टोली खोजीका लागि खटिएको थियो । दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोका अनुसार खोजी टोलीले कठिन मौसमका कारण अहिले खोज कार्य स्थगित हुने निर्णय गरेको छ । यो सिजनमा खोजी सम्भव नदेखिएकाले टोली फर्कन लागेको उनले जानकारी  दिए । खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली समेत सहभागी थियो । तर, भीषण हिमपात र उच्च जोखिमका कारण ती टोलीहरू पनि घटनास्थलसम्म पुग्न कठिनाइ भएको थियो । सुरक्षा टोली गाउँसम्म पुग्न सकेपनि त्यसभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिमपातका कारण टोली अघि बढ्न सकेन । गौरीशङ्कर संरक्षण क्षेत्रअन्तर्गत पर्ने यो हिमाल आरोहणका लागि पछिल्ला वर्षमा विदेशी आरोहीहरू आकर्षित हुँदै आएका छन् । तर, यलुङ रि क्षेत्र हाल भारी हिमपात र अस्थिर मौसमका कारण अति जोखिमपूर्ण मानिन्छ ।

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महशुस भएको बताएका छन् । आइतबार संवाद र सञ्चारमा स्वजागरण सम्बन्धी कार्यक्रममा बोल्दै उनले अहिले सरकारवादी भएपछि आफ्नो कित्ताकाट भएको महशुस गरेको बताएका हुन् । मन्त्री खरेलले भने, ‘म पत्रकार हुँदासम्म मेरो आकाश यति फराकिलो थियो, मेरा मान्छेहरू धेरै थिए । […]

बागमती मुख्‍य समाचार समाचार

आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्यरुपमा घटेको छ । आज सुन २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भईरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

केपी ओलीले अब विश्राम लिनुपर्छ ः कर्ण थापा

काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट विश्राम लिन सुझाव दिएका छन् । नेपाल न्यूज बैंकको विशेष कुराकानीमा थापाले पार्टी अध्यक्ष ओलीले अब सम्मानपूर्वक विश्राम लिनुपर्ने स्पष्ट धारणा राखेका हुन् । ‘जुनसुकै महाधिवेशनको अन्तिम निर्णय गर्ने हक महाधिवेशनका प्रतिनिधिहरूकै हुन्छ । यस पटकको महाधिवेशन स्वस्थ प्रतिस्पर्धाको हुनेछ । हामी प्रतिस्पर्धा गर्छौं, तर मेरो मत के छ भने ओलीजीले अब बिश्राम लिएर अभिभावकको भूमिका निर्वाह गर्नु राम्रो हुन्छ ।’ थापाका अनुसार, ओलीले दुईपटक पार्टीको अध्यक्ष र चारपटक देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उहाँ अहिले ७४ वर्ष पुगिसक्नुभएकाले नेतृत्वबाट विश्राम लिनु नै उपयुक्त हुन्छ । ‘अब उहाँले प्रतिस्पर्धामा उत्रिनुभन्दा पनि अनुभव र ज्ञानको आधारमा नयाँ पुस्तालाई मार्गदर्शन गर्नु नै पार्टी र उहाँको व्यक्तित्व दुवैका लागि उचित हुनेछ,’ थापाले भने । ओलीको योगदानको सम्मान, तर अब नयाँ युगको सुरुवात आवश्यक रहेको औंल्याउँदै थापाले ओलीको योगदानको प्रशंसा गरे । उनले भने,‘उहाँको राजनीतिक जीवन, संघर्ष र उपलब्धिहरूको हामी सम्मान गर्छौं । उहाँले जनताको बहुदलीय जनवादका सिद्धान्तहरूलाई व्याख्या गर्नुभयो, संगठनलाई सुदृढ बनाउनुभयो । तर अहिले उहाँ पार्टी जीवनको आन्तरिक लोकतान्त्रिक मूल्य र मान्यताबाट विमुख हुनुभयो । यो कुरा दुखद छ ।’ थापाका अनुसार, ओलीले अहिले पार्टीलाई सर्वसत्तावादी ढङ्गले सञ्चालन गर्ने प्रवृत्ति देखाएका छन् । ‘उहाँ आफैंलाई केन्द्रमा राखेर अरूका विचारलाई स्थान नदिने बाटोमा लाग्नुभयो । यस्तो प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउँछ, र पार्टीको सान्दर्भिकता नै घटाउँछ,’ उनले भने । कम्युनिस्ट आन्दोलनका ऐतिहासिक नेताहरूको उदाहरण थापाले नेपाली कम्युनिस्ट आन्दोलनका चार प्रमुख नेताहरूको सन्दर्भ दिँदै भने,‘नेपालका कम्युनिस्ट आन्दोलनका चार उचाइमा रहेका व्यक्ति हुन्—पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी र केपी ओली । पुष्पलाल पार्टीका संस्थापक भएकाले महान् नेता हुन । मनमोहन अधिकारी त्याग र सरल स्वभावका कारण नेता हुन् । मदन भण्डारी विचारका नेता हुन्, जसले जनताको बहुदलीय जनवादको सिद्धान्त ल्याए । र केपी ओली पार्टी सञ्चालनको विधि र लोकतान्त्रिकीकरणका पक्षधर नेता हुन् ।’ तर उनले जोड दिए,‘जब कुनै नेताले आफ्नै मूल विशेषता त्याग्छ, त्यही बेला उहाँको सान्दर्भिकता सकिन्छ । ओलीजीले अहिले आफ्नै विशेषता लोकतान्त्रिक नेतृत्व र सामूहिक निर्णयको संस्कृति त्याग्नुभएको छ ।’ उनले नयाँ नेतृत्व सम्भव छ, प्रतिस्पर्धा आवश्यक छ थापाले ओलीको विकल्प सम्भव भएको दाबी गरे । ‘कुनैबेला ओलीजीको अध्यक्ष बन्ने कुरा असम्भव जस्तो लाग्थ्यो तर त्यो सम्भव भयो । अहिले पनि नयाँ नेतृत्व सम्भव छ । हामी विकल्प दिन्छौं र पार्टीलाई जनताको बहुदलीय जनवादको मान्यताअनुसार अगाडि बढाउँछौं,’ उनले भने । एमालेभित्र संस्थापन र विस्थापनजस्ता प्रवृत्तिहरू हटाउनुपर्छ । पार्टीमा सबैको सम्मान हुने, कार्यकर्ताहरू सार्वभौम हुने वातावरण बनाउनुपर्छ । नेतृत्व परिवर्तन सहज ढङ्गले हुन सक्छ भन्ने विश्वासका साथ अघि बढेको थापाको भनाई छ । विद्या भण्डारीको सदस्यता विवादबारे उनले टिप्पणी गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवादबारे थापाले पार्टीको निर्णयलाई ‘विधानविपरीत’ भने । ‘पार्टी विधानको धारा ९ अनुसार, कुनै विशेष जिम्मेवारीमा पठाइएको व्यक्तिको सदस्यता स्थगनको अवस्थामा रहन्छ र फर्किएपछि स्वतः सक्रिय हुन्छ । त्यसैले विद्या भण्डारीको सदस्यता नवीकरण मिलेन भन्ने निर्णय गलत छ,’ उनले भने । ‘एमालेजस्तो लोकतान्त्रिक पार्टीले विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिनु गलत निर्णय हो । यस्तो निर्णयले पार्टीमाथि धब्बा लगाएको छ र लोकतान्त्रिक मूल्यमा प्रहार गरेको छ,’ थापाले भने । थापाले एमालेलाई फेरि जनताको आशा र विश्वासको पार्टी बनाउने आवश्यकता औंल्याए । ‘एमाले कहिले यस्तो पार्टी थियो जहाँ असल, योग्य र सक्षम कार्यकर्ताहरूको कदर हुन्थ्यो । असल मान्छे जिम्मेवारी पाउँथे, गल्ती गर्नेहरूलाई कारबाही हुन्थ्यो । अहिले त्यो प्रणाली कमजोर भएको छ । हामी फेरि त्यही गौरव फर्काउने प्रयासमा छौं,’ उनले भने । उनले आत्मसमिक्षा पनि गर्दै ‘हामीले सत्तामा रहँदा केही कमजोरी गरेका हौँ, केही गल्ती पनि भएका छन् । ती गल्ती दोहोर्याउँदैनौँ । जनतासँग माफी मागेर हामी फेरि जनविश्वास आर्जन गर्नेछौं ।’ थापाले अन्त्यमा भने,जनताको विश्वास नै सबैभन्दा ठूलो शक्ति हो । ‘राजनीतिक पार्टीको सबैभन्दा ठूलो शक्ति जनताको विश्वास हो । आज सत्ता, पद र व्यक्तिगत स्वार्थले राजनीति प्रभावित हुन थालेको छ, तर वास्तविक शक्ति जनताको भरोसामा निहित छ,’ उनको भनाइ छ । ‘राणाकालदेखि पञ्चायतसम्मका कठिन समयमा पनि मानिसहरू पदका लागि होइन, विचारका लागि कम्युनिस्ट आन्दोलनमा लाग्थे । त्यही भावना पुनः जगाउने बेला आएको छ । एमाले फेरि त्यस्तो पार्टी बन्नुपर्छ जसले जनताको भावना, सपना र आशा पूरा गर्न सकोस्,’ उनले भने । ‘हामी यस्तो पार्टी चाहन्छौं जसले न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर नेपाल निर्माण गर्न सकोस् । एमाले फेरि त्यही जनताको विश्वासमा आधारित, सुदृढ र अनुशासित पार्टी बन्नुपर्छ,’ उनले भने ।        

गण्डकी मुख्‍य समाचार समाचार समाज

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

लेखनाथ कास्की, २३ कात्तिकः पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा पूजाआजा र दर्शन गर्न भक्तजन दैनिक भीड लाग्ने गर्छ । विसं २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनर्निर्माण थालनी गरिएको थियो । मन्दिरको पुनर्निर्माण ८० प्रतिशत सकिएको जानकारी तालवाराही मन्दिर गुठी व्यवस्थापन […]

मुख्‍य समाचार लुम्बिनी समाचार

‘बर्फानी बाबा मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

नेपालगञ्ज बाँके, २३ कात्तिक : यहाँको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुनथालेको छ । नेपालगञ्ज बजारबाट करिब ३० किलोमिटर पूर्वदक्षिणमा रहेको सो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । धार्मिक पर्यटनका रूपमा विकास हुनथालेको सो मन्दिरमा पदयात्रा गरेर मनोरम दृश्य दृश्यावलोकन गर्दै त्यहाँ पुग्न सकिने […]