जग्गा , नाता छ तर ‘नागरिकता’ छैन ७८ वर्षीया कपेलेश्वरीसँग
सिरहा, ९ मङ्सिर ः आठ वर्षदेखि नागरिकताका लागि अड्डाअदालत धाउँदै आएकी ७८ वर्षीया कपेलेश्वरी यादव अझै पनि नागरिकता पाउने आशामै दिन काटिरहेका छन् । नागरिकता नपाएरै मर्न लेखिएको जस्तै भएको छ हजुरआमालाई, नाति रामपरीक्षण यादवले हातमा कागजपत्र देखाँउदै थकित स्वरमा भने, वर्षौँदेखि कागजपत्र बोकेर सरकारी निकायमा धाउँदाधाउँदै धेरै जुत्ता फाटे, तर हजुरआमाको नागरिकता बनेन । […]











