२२ असार २०८३, सोमबार
कोशी मुख्‍य समाचार समाचार

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने

सोलुखुम्बु, २५ कात्तिकः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार […]

मुख्‍य समाचार लुम्बिनी समाचार

शान्ति पुनःस्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

राँझा बाँके, २५ कात्तिकः मानव बेचबिखन तथा ओसार पसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृह बाँकेले आर्थिक वर्ष २०८१र८२ मा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ । नेपालगञ्जमा सोमबार आयोजित ‘गत आवमा सम्पन्न कार्यक्रमको वार्षिक सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत कार्यक्रममा बाँके जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले यीमध्ये छ जनाको भारतबाट उद्धार गरिएको जानकारी दिए । […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला

ढोरपाटन बागलुङ, २५ कात्तिकः जिल्लामा पछिल्लो तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्लाभर ५३२ जनालाई डेङ्गी सङ्क्रमण भएको हो । जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । जिल्लामा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सङ्क्रमित रहेका छन् । बागलुङमा २९५ र तमानखोलामा […]

कोशी मुख्‍य समाचार समाचार

लोप हुँदै गोरुगाढा

इनरुवा सुनसरी, २५ कात्तिकः दश वर्ष अगाडि सुनसरीको ग्रामीण क्षेत्रमा प्रत्येकको घरमा पाइने गोरुगाढा बैलगाडी पछिल्लो समय लोप हुँदै गएको छ । जिल्ला सदरमुकाम इनरुवासहित देवानगञ्ज, बर्जु, गढी, कोसी, भोक्राहा हरिनगरलगायत क्षेत्रमा प्रायः सबै किसानको घरमा पाइने गोरुगाढा पछिल्लो समय लोप हुँदै गएको इनरुवाका किसान जसलाल यादवले बताए । यातायातका साथै सामान ओसार्ने एउटा महत्त्वपूर्ण […]

बागमती मुख्‍य समाचार समाचार

भू–उपयोग नियमावली फेरि संशोधन, रोकिएको कित्ताकाट पुनः खुल्यो

काठमाडौं । सरकारले भू–उपयोग नियमावली, २०७९ लाई तेस्रो पटक संशोधन गरेपछि देशभर रोकिएको कित्ताकाट प्रक्रिया खुल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेसँगै यसअघि अवरुद्ध रहेको जग्गा विभाजन तथा कित्ता छुट्याउने कार्य सञ्चालनमा आउनेछ । भू–उपयोग नियमावली जारी भएको तीन वर्ष बितिसक्दा पनि देशभरका ७५३ स्थानीय तहमध्ये २५३ पालिकाले मात्रै […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ […]

बागमती मुख्‍य समाचार समाचार

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती मनाइँदै छ । विसं १९४२ कात्तिक २५ गते इलामको सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दको आज जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान गरेका फाल्गुनन्दले समाज सुधारका लागि सत्य धर्म मुचुल्का जारी गरेका थिए । […]

बागमती मुख्‍य समाचार समाचार

मौसम पूर्वानुमान : आज मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मंगलबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । सिंहदरवार संसद भवनस्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरिने कार्यसूची तय गरिएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान १० बजे बस्दैछ । बैठकमा […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

जनकपुर । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । भण्डारीले सोमबार विहान मधेश प्रदेशको मुख्यमन्त्री पदमा एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा सपथ ग्रहण गराएकी थिईन । उनको दिनभर मधेश प्रदेशभर आलोचना भईरहेको थियो ।

खेलकुद बागमती मुख्‍य समाचार समाचार

दृष्टिविहीन टी–२० महिला विश्वकप खेल्न नेपाली टोली भारततर्फ

काठमाडौँ, २४ कात्तिकः भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुन लागेको पहिलो महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली आज भारत प्रस्थान गरेको छ । यही कात्तिक २५ गतेदेखि आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई बागमती प्रदेश अपाङ्ग महासङ्घका अध्यक्ष उपेन्द्र श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रिय महासचिव सुगम भट्टराईलगातले सफलताको शुभकामना […]

बागमती मुख्‍य समाचार समाज स्वास्थ्य

‘अपाङ्गता भएका महिलाहरूलाई सहजरूपमा न्याय दिन न्यायिक निकायको व्यवहार बदलिनुपर्छ

काठमाडौँ, २४ कात्तिक ः अपाङ्गता भएका महिलाहरूको न्यायको पहुँचलाई सहज बनाउन न्यायिक निकायहरूले सहयोगी र भेदभावरहित व्यवहार गर्नुपर्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ । एक्सेस प्लानेट द्वारा अनुसन्धान गरिएको किनाराका आवाजहरू ः नेपालमा अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँचको स्थिति अनुसन्धान मा २०० सहभागीमध्ये ९५ जनाले न्यायिक निकायहरूले सहयोगी र भेदभावरहित व्यवहार गर्नुपर्ने र ती निकायहरू […]