२२ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

बाइस हजार विद्यार्थीको डिजिटल स्वास्थ्य प्रोफाइल तयार

काठमाडौँ, २५ कात्तिकः ‘हाम्रो हेल्थ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य प्रोफाइल तयार पारेको छ । यसैगरी ५८ हजार बढी स्वास्थ्य अभिलेख विन्दुहरू सुरक्षित रूपमा ‘डिजिटलाइज गरेको छ । विद्यार्थीको स्वास्थ्य अभिलेख कागजमा सीमित हुँदा व्यवस्थापनमा चुनौती देखिएपछि सो संस्थाले प्रविधिमा आधारित विद्यार्थी स्वास्थ्य रेकर्डिङ प्रणाली विकास गरेको […]

कोशी खेलकुद मुख्‍य समाचार समाचार

टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

दमक झापा, २५ कात्तिक : यहाँको शिवसताक्षीस्थित दूधे रङ्गशालामा आयोजित एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाटै रु ५८ लाख तीन हजार आम्दानी भएको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र रु ३० लाख दुई हजार ४०० को टिकट बिक्री भएको हो । पहिलो सेमिफाइनलमा नै रु पाँच लाख ५० हजार ७०० […]

गण्डकी मुख्‍य समाचार समाचार

च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी

मुस्ताङ, २५, कात्तिकः हिजोआज यहाँका मासु पसलमा च्याङ्ग्राको मासु प्रतिकिलो रु एक हजार ३०० छ । यो मूल्य सुन्दा धेरैलाई लाग्न सक्छ रु एक हजार लगानी गरेर च्याङ्ग्रापालन सम्भव होला र ? तर यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपालीले पाँच वर्षअघि एक हजार लगानी गरेर च्याङ्ग्रापालन सुरु गरेका थिए । हिमाली उपआयोजनाले उद्यमशीलता गर्न चाहने […]

मुख्‍य समाचार लुम्बिनी समाचार

पुल नहुँदा सास्ती

तुलसीपुर दाङ, २५ कात्तिकः तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय बालाराम घर्तीले बताए । उनका अनुसार तीन […]

बागमती मुख्‍य समाचार समाचार

मंगलबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन ४ हजार ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४१  हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४६  हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको […]

बागमती मुख्‍य समाचार समाचार

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

विराटनगर, २५ कात्तिकः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महान् गुरु समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका अवसरमा आज श्रद्धा अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले महागुरुको सत्य वचन, अहिंसा, परोपकार र नैतिक जीवनशैलीले नेपाली समाजलाई सहिष्णुता, एकता तथा सद्भावतर्फ अघि बढ्न प्रेरणा दिएको […]

बागमती मुख्‍य समाचार समाचार

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले लोकतन्त्र कमजोर बनाउँछ : कर्ण थापा

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले जेनजी आन्दोलनले उठाएका मुद्दा नयाँ नभई राजनीतिक आन्दोलनको ऐतिहासिक निरन्तरता भएको बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष अन्तरवार्तामा थापाले हालको राजनीतिक परिस्थिति, जेनजी आन्दोलनपछिको प्रभाव र एमालेको आगामी महाधिवेशन तथा निर्वाचन तयारीबारे विस्तृत धारणा व्यक्त गरेका छन् । थापाले […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलालीमा धान उत्पादन घट्यो

अत्तरिया कैलाली,२५ कात्तिकः कैलालीमा यस वर्ष बर्खे धानको उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष बर्खे धानको उत्पादन पाँच दशमलव २६ प्रतिशतले घटेको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १७ हजार १३५ मेट्रिकटनले कमी आएको छ । यस वर्ष ६८ हजार […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

एभरेष्ट भेन्चर्सले पहिलो बर्ष नै सात प्रतिशत बोनस शेयर वितरण गर्ने 

काठमाडौं । एभरेष्ट भेन्चर्स लिमिटेडले पूर्ण रुपमा संचालनमा आएको पहिलो बर्षमै सात प्रतिशत बोनस सेयर आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आफ्ना सेयरधनीका लागि सात प्रतिशत बोनस सेयर र सो वापत लाग्ने कर प्रयोजनका लागि ४ लाख ८७ हजार नौ सय ७४ रुपैयाँ नगद लाभांश वितरणको प्रस्तावसहित आउने मंसिर २० गते दोस्रो बार्षिक साधारणसभा डाकेको छ । अधिकृत पूँजी दुई अर्ब, जारी पूँजी ५० करोड र संस्थापकहरुले चुक्ता गर्ने पूँजी ३५ करोड रहेको सो कम्पनीका तीन सय ३२ जना सेयरधनी छन् । कम्पनीले पूँजी बजारमा संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्ने नीति लिएको हो ।  कम्पनीले सहायक कम्पनी खोल्ने, ४९ करोड कर्जा लिने, लगानी सम्बन्धी प्रस्ताब पारित गर्नेलगायतका प्रस्ताव साधारणसभामा लैजाने निर्णय पनि गरेको छ । ०८१ सालअसार अन्तिममा कारोबार शुरु गरेको सो कम्पनीले हाल पूँजी बजारमा लगानी केन्द्रित गरी जोखिम ब्यवस्थापन गरेर सेयरधनीलार्ई उचित प्रतिफल दिने तयारी गरेको छ । सेयर बजारका लगानीकर्ताहरुले स्थापना गरेको कम्पनीको संचालक समिति अध्यक्षमा बरिष्ठ पत्रकार डिल्ली बसेल र प्रमुख कार्यकारी अधिकृत तिलक कोइराला छन् ।  

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

काठमाडौँ, २५ कात्तिकः विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले ले मुलुकका ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम सञ्चालन गरेको छ । पालिकाहरुमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रदर्शन गरी कोणसभा गर्ने एमालेको कार्यक्रम रहेको छ । सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानदेखि सबै पालिकास्तरमा […]

बागमती मुख्‍य समाचार समाचार

होटल पौवाको १६ औं शाखा भरतपुरमा, रैथाने ‘नेपाली स्वाद’ प्राथमिकतामा

चितवन ।  ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रसहित नेपाली हस्पिटालिटी उद्योगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको होटल पौवाले आफ्नो १६औं शाखा चितवनको भरतपुरमा भव्य समारोहबीच औपचारिक रूपमा सञ्चालनमा ल्याउने भएको छ । नयाँ शाखाको उद्दघाटनसँगै तीन दिनसम्म नेपाली खाना प्रवद्र्धन बृहत कार्यक्रम हुने भएको छ । कात्तिक २७, २८ र २९ गतेसम्म चल्ने उक्त बृहत नेपाली खाना प्रदर्शनीमा देशभरका पौवाका शाखाबाट आएका सेफहरूले आफुले तयार पारेका खाद्य कला पस्किनेछन् । होटल पौवाको ब्राण्डिङ विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उद्घाटन समारोह र खाना प्रवद्र्धनका लागि चितवन, नवलपुर र आसपासमा झण्डै ४० हजार पाहुनालाई निमन्त्रणा गरिएको छ । ‘पौवाको विशिष्ट स्वाद, नेपालीपनको सेवा र आतिथ्यको वास्तविक अनुभव सहभागीहरूले प्रत्यक्ष रूपमा लिन सक्नेछन्,’ भण्डारीले भने । भरतपुर शाखामा १७ ओटा लक्जरी कोठासहितको छुट्टै ब्लक रहेको छ । आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने ठाउँ, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ । विवाह, ब्रतबन्ध तथा कर्पोरेट कार्यक्रमका लागि दुईवटा विशाल हल, साना बैठक र परिवारिक भेटघाटका लागि १० वटा फरक–फरक क्षमताका हल उपलब्ध छ । निकट भविष्यमै थप १२ कोठाको सुविधासम्पन्न आवास भवन निर्माणको चरणमा छ । यसका साथै, सौराहा, मौलाकाली, मनकामना र अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यहरू समेटिएका विशेष टुर प्याकेजहरू पनि शाखाले प्रदान गर्नेछ । भरतपुरको मध्यभागमा अवस्थित पौवाले आतिथ्य उद्योगका सबै विधामा सेवा प्रदान गरेको छ । मंगलबार विहान आयोजित पत्रकार सम्मेलनमा होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण लगानी वातावरणका बीच पनि पौवाले पर्यटन र आतिथ्य व्यवसायलाई देशव्यापी रूपमा विस्तार गरिरहेको बताए । उनले भने,‘नेपाल पर्यटकीय सम्भावनाले भरिएको मुलुक हो । यहाँ आउने हरेक पर्यटकलाई पहिलो अनुभव नै हस्पिटालिटीको हुनुपर्छ । त्यसैले पौवाले ‘आतिथ्यता र स्वाद’लाई आफ्नो मिशनको केन्द्रमा राखेको छ ।’ पछिल्लो समयको राजनीतिक आन्दोलन र आर्थिक अनिश्चितताले लगानीकर्तामा असर पारे पनि पर्यटन क्षेत्रको गति रोक्नु नहुने धारणा पौवाको रहेको छ । ‘हामीले अब हिचकिचाउने होइन, अघि बढ्ने समय आएको छ । तर, राज्यले उद्योगी व्यवसायीलाई लगानी मैत्री वातावरण रहेको विश्वास दिलाउनुपर्छ,’ उनले दृढतापूर्वक भने । त्यसैगरी, होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले नेपाली स्वादलाई विश्वस्तरमा पु¥याउने अभियानमा पौवा अघि बढिरहेको उल्लेख गरे । उनले भने,‘नेपालमा ‘केही हुँदैन’ भन्ने सोच तोड्नुपर्छ। विषम परिस्थितिमा पनि हामीले एक सय शाखा विस्तार गर्ने लक्ष्यसहित नेपाली चेन होटललाई अन्तर्राष्ट्रियकरणतर्फ डो¥याइरहेका छौँ ।’ न्यौपानेका अनुसार पर्यटकमैत्री नीति, […]

गण्डकी मुख्‍य समाचार समाचार

बारपाक–लाप्राक सडकखण्डमा बुधबारसम्म सवारी आवागमन बन्द

गोरखा, २५ कात्तिक : गोरखाको बारपाक–लाप्राक सडकखण्ड स्तरोन्नतिका लागि आजदेखि सवारी आवागमन बन्द गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाको–१ बारपाक र धार्चे गाउँपालिका–४ लाप्राक जोड्ने सडक स्तरोन्नतिका लागि मंगलबार र बुधबार दुई दिन यातायात सञ्चालनमा रोक लगाइएको हो । निर्माणाधीन सडकखण्डमा यातायात बन्द गरेर सडक निर्माण गर्न लागिएको धार्चे गाउँपालिका–४ का वडाध्यक्ष किसान गुरुङले जानकारी […]