काठमाडौं । नेपाल टे«ड युनियन काँगे्रसले श्रमिकका आन्दोलन र जेनजी पुस्ताहरुको मागलाई सम्बोधन गर्दै तत्काल अघि बढ्नसरकारलाई अनुरोध गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै युनियनले १३ बुँदे माग गर्दै निकट भविष्यमा हुन गइरहेको राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनमा जेनजी आन्दोलनको भावना अनिवार्य रुपमा नव युवा समूह र श्रमिकहरुको प्रतिनिधित्व हुनेगरी कानुनी व्यवस्था गर्न समेत माग गरेको छ । ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले डिजिटलाईजेशन, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी प्रबद्र्धन, नातावाद तथा बेथितिको अन्त्य गर्न युनियनले यसअघि नै पटक पटक माग उठाउँदै आएको भएपनि तत्कालीन अवस्थामा सरकारले नसुनेको बताए । तर हाल नव युवाहरु विभिन्न मागहरुसहित प्रदर्शनमा आएका कारण राजनीतिक परिदृश्य परिवर्तन भएकाले अब ति मुद्दाहरुलाई सम्बोधन गर्नेगरी तत्काल अघि बढ्न उनले अनुरोध गरे । महासचिव राईले आगामी निर्वाचनमा स्वदेश तथा विदेशमा कार्यरत श्रमिकहरुले आफ्नो कार्यस्थलबाट नै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगलाई विशेष ध्यानाकर्षण समेत गराए । त्यस्तै नेपालको संविधानको धारा ४२ (क) को मर्म अनुरुप नव युवा तथा श्रमिकहरुलाई पनि समावेशी स्वरुप संसदीयलगायत सबै प्रकृतिको निर्वाचनहरुमा बेग्लै क्लष्टर बनाउन सम्बन्धित सरकार र निर्वाचन आयोगमा अनुरोध गर्ने निर्णय भएको पनि सुनाए । नेपाली काँग्रेस निकट ट्रेड युनियन कांग्रेसले नियमित महाधिवेशनका पक्षमा जोड दिएको छ । संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘वर्तमान कार्य समितिको पदावधिको समय यही २०८२ मंसिर भित्र मात्र रहेको र आगामी महाधिवेशनको मितिलाई लिएर नेपाली काँग्रेसको लामो समयदेखी चलिरहेको निरन्तरको बैठकप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई सशक्त बनाउन नयाँ नीति र ताजा नेतृत्व सहित सहभागी हुनु बुद्धिमानी हुन्छ भन्ने हाम्रो ठहर छ । त्यसर्थ महासंघ आम निर्वाचनपूर्व एकिकृत रुपमा सहमतीका साथ विधानका साथै संविधानको मुलमर्म अनुसार सबै वर्गहरुको सहभागिता हुने गरी यथाशिघ्र महाधिवेशन गर्ने निर्णय लिन नेपाली काँग्रेसको केन्द्रीय समितिलाई आव्हान गर्दछ । नेपाली कांगे्रसको निर्णय विहिनताले मुलुक पनि दिशाविहीन भएको समेत महासंघको ठहर रहेको छ ।’ त्यस्तै कांगे्रसको विशेष जिम्मेवारीमा रहेका शीर्ष नेतृत्वहरु बाहेक प्रत्यक्ष तथा समानुपातिकतर्फ दुई पटक भन्दा बढि संसदीय प्रतिनिधिको रुपमा अवसर पाइसकेकाहरुलाई संगठनको जिम्मेवारी दिई दोहोरो जिम्मेवारी नहुनेगरी युवा, महिला र श्रमिक वर्ग समेत समावेशी रुपमा समेट्ने गरी उम्मेद्वारहरु तय गर्ने नीति लिन समेत अनुरोध गरेको छ । कार्तिक २१ र २२ गते काठमाडौंमा सम्पन्न महासंघको राष्ट्रिय कार्य समितिको बैठकले गरेका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष योगेन्द्र कुमार कुँवरले पनि सम्बोधन गरेका थिए । पे्रस विज्ञप्ति मिति ः २०८२ कात्तिक २४ आदरणीय पत्रकार मित्रहरु, नेपाल टे«ड युनियन काँगे्रस लामो समय देखि श्रमिक आन्दोलनमा अनवरत क्रियाशील एक ऐतिहासिक प्रजातान्त्रिक श्रमिक संगठन रहेको यहाँहरुलाई विदितै छ । यस महासंघभित्र क्षेत्रगत आधारमा सार्वजनिक, उत्पादन, अनौपचारिक तथा स्वरोजगार क्षेत्रका २७ वटा आबद्ध संघहरुबाट सातौ महाधिवेशनको तथ्यांक अनुसार चार लाख बढि सदस्यहरु आबद्ध रहेको यहाँहरुलाई जानकारी गराउँदछु । श्रम बजार र समाजका हरेक मुद्दाहरुमा पटक–पटक यस महासंघले आफ्नो आवाज बुलन्द गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदै आएको अवगत नै छ । गत भाद्र २३ र २४ को जेनजी आन्दोलन पश्चात् मुलुकको राजनीतिक, आर्थिक र सामाजिक परिदृश्यमा एकाएक परिवर्तन आएको हामी सबैलाई जानकारी नै छ । आन्दोलन पश्चातको तरल अवस्थामा पनि महासंघले दुई पटक पे्रस विज्ञप्तीमार्फत आफ्नो धारणाहरु सार्वजनिक गरिसकेको छ । तसर्थ, ती सबै परिवर्तनलाई मध्यनजर गरिकन महासंघका अध्यक्ष योगेन्द्र कुमार कुँवरज्यूको अध्यक्षतामा महासंघका तिनै जना पूर्वअध्यक्षज्युहरु, सल्लाहकारज्यूहरुको समेत उपस्थितिमा कार्तिक २१ र २२ गते काठमाडौंमा सम्पन्न महासंघको राष्ट्रिय कार्य समितिको बैठकले सर्वसम्मतीका साथ न्भल श् आन्दोलन र त्यसको प्रभावको समीक्षा सहित आफ्नो संस्थागत धारणाहरु बनाएको छ, जुन तपशील अनुसार रहेका छन् । बैठकले निर्दिष्ट गरेका यिनै धारणाहरु यहाँहरुमार्फत सम्बन्धित सबै पक्षलाई जानकारी गराउने उद्देश्यकासाथ आमन्त्रण गरेका छौं र महासंघको तर्फबाट यहाँहरु सबैलाई आभार सहित धन्यवाद ज्ञापन गर्दछौं । जय नेपाल । ………………… अजय कुमार राई महासचिव निर्णित बुँदाहरु ः १. डिजिटलाईजेशन, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी प्रबद्र्धन, नातावाद तथा बेथितिको अन्त्य आदि मुद्धाहरु यस महासंघले पटक–पटक उठाउँदै आएको थियो । तर, तत्कालीन सरकारले सुनिरहेको थिएन । यसै परिस्थितिमा नव युवाहरु न्भल(श् को रुपमा २६ वटा सामाजिक संजालमा नेपाल सरकारले लगाएको प्रतिबन्धका विरुद्ध उक्त मागहरुसहित प्रदर्शनमा आएका कारण राजनीतिक परिदृश्य परिवर्तन भएको हाम्रो ठहर रहेको छ । तसर्थ, यी मुद्दाहरुलाई सम्बोधन गर्नेगरी तत्काल अघि बढ्न यस महासंघ नेपाल सरकारलाई अनुरोध गर्दछ । २. निकट भविष्यमा हुनगइरहेको राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनमा न्भल श् आन्दोलनको भावना अनुरुप अनिवार्य रुपमा नव युवाहरु र श्रमिकहरुको प्रतिनिधित्व हुनेगरी संविधानको मुल मर्म अनुसार कानुनी व्यवस्था गर्न सम्बन्धित निकायहरुमा अनुरोध गर्ने । ३. भाद्र २४ गते सरकारी, नीजि औद्योगिक तथा व्यापारिक प्रतिष्ठान र ट्रेड युनियनका भवन तथा सम्पत्ति माथि भएको तोडफोड, आगजनी र लुटपाटबाट ठूलो क्षति एवं मुलुकको अन्तर्राष्ट्रिय छवी समेत धुमिल भएको छ । त्यसर्थ यस्ता अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुको छानविन र अनुसन्धान गरी दोषीलाई कानुनी कारवाही गर्न यो महासंघ माग गर्दछ । साथै, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाज्यूलगायत अन्य व्यक्तित्वहरु माथि भाद्र २४ गते भएको सांघातिक आक्रमणको महासंघ निन्दा तथा भत्र्सना गर्दछ । ४. भाद्र २३ गतेको न्भल(श् प्रदर्शनको क्रममा अधिकतम बल प्रयोगबाट भएको प्रदर्शनकारी नव युवाहरुको निधनप्रति महासंघ अत्यन्त दुःख व्यक्त गर्दछ । उक्त प्रदर्शनको क्रममा मृत्युवरण गरेकाहरुलाई सम्मान सहित क्षतिपूर्ति र घाइतेहरुको निशुल्क उपचार गर्न सरकारसंग माग गर्दछ, साथै सरकारबाट मृतकहरुलाई शहीद घोषणा गरिएकोमा यस महासंघ सरकारप्रति आभार समेत प्रकट गर्दछ । […]