२१ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार

दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, ९ मङ्सिरः मन्त्रिपरिषद्को यही मङ्सिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा पाएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका […]

बागमती मुख्‍य समाचार स्वास्थ्य

नेपालमा पहिलोपटक बाथरोगको जेनेटिक परीक्षण सुरु

काठमाडौँ, ९ मङ्सिरः नेपालमा पहिलोपटक बाथ रोगको अनुवाङ्शिक ‘जेनेटिक’ कारण पत्ता लगाउन नयाँ तीनवटा परीक्षणको सुरु गरिएको छ । नेक्स जेन ल्याब सोलुसनले तीन किसिमका बाथरोग पत्ता लगाउन तीन किसिमका जेनेटिक परीक्षणको सुरुआत गरेको हो । सोलुसनका प्रबन्ध निर्देशक नरेश पाण्डेले नेपालमा पहिलोपटक नेपालमा बाथ रोग पहिचानका लागि नयाँ तीन परीक्षण सुरु गरिएको जानकारी दिए […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एमाले महाधिवेशन तयारीका लागि गठित समितिहरू सक्रिय

काठमाडौँ, ९ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमाले को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठित विभिन्न समितिले आफ्नो कामलाई गति दिएका छन् । एमालेको यही मङ्सिर ४ गतेको केन्द्रीय सचिवालयको ६०औँ बैठकले विभिन्न १४ समिति गठन गरेको थियो । यसबीचमा जनपरिचालन समिति र प्रचार कमिटीको बैठक भई आफ्नो कार्ययोजन माथि छलफल गरी कार्यविभाजन गरेको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न जेनजी फ्रन्टको माग

काठमाडौँ, ९ मङ्सिरः नेपाल जेनजी फ्रन्टले प्रवासी नेपाली नागरिक तथा देशभित्र गृहजिल्ला बाहेकका जिल्लामा बसोबास गरिरहेका नेपालीलाई मताधिकारको व्यावहारिक पहुँच प्रदान गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगलाई मागपत्र बुझाएको छ । फ्रन्टका अभियान समिति सदस्य अमृता वन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति बिनिता बोगटी, फ्रन्टका सदस्य ऋषि थापा, नवीन विष्ट, आदर्श कर्ण, डायमण्ड शाहीलगायतले आयोगमा उपस्थित भई […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचनसँगै सुशासन कायम गर्नु यो सरकारको दायित्व हो

देवदह रुपन्देही, ९ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको पहिलो प्राथमिकता सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु तथा सुशासनका निम्ति सबल आधार तयार गर्नु हो भनेका छन् । आज भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले निर्वाचन र सुशासनलाई नै अर्जुनदृष्टि दिएर सरकारले काम गरिरहेको बताए । केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले […]

मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार

नवलपरासीमा छ हजार मतदाता थपिए

नवलपरासी बर्दघाट सुस्ता पश्चिम, ९ मङ्सिरः पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पाँच हजार ३८० जनाले नाम दर्ता गराएका छन् । यद्यपि यी नाम आयोगले अद्यावधिक गरिनसकेको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

लैङ्गिक हिंसा अन्त्य गर्न सबैको साझा प्रतिबद्धता आवश्यकः मुख्यमन्त्री आचार्य

लुम्बिनी, ९ मङ्सिरः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध समाज निर्माणको आधारका रूपमा अघि बढाउन सबैलाई एकजुट हुन आग्रह गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपालमा अझै पनि कुप्रथा, विभेदपूर्ण सोच र सामाजिक बन्धनका कारण लैङ्गिक हिंसा सहन बाध्य रहेको […]

मधेश मुख्‍य समाचार समाचार

देशको आर्थिक समृद्धिका लागि साना तथा घरेलु उद्योगको भूमिका महत्त्वपूर्ण

लहान । घरेलु तथा साना उद्योग कार्यालय लहानले आफ्नो ११ औं उद्योग दिवस एक भव्य कार्यक्रमका बीच मनाएको छ । कार्यालयले यस वर्ष ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने मूल भावका साथ दिवस मनाएको हो। जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश चौधरी प्रमुख […]

कर्णाली मुख्‍य समाचार समाचार

कालीकोटको शान्नीत्रिवेणी आफ्नै भवनमा

सुर्खेत । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाले मुलुक संघीयतामा गएको सात बर्षपछि आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।   पालिकाको प्रशासनिक भवन निर्माण कार्य सकिएसंगै मंगलबारदेखि नयाँ भवनबाट सेवा सुरु गरिएको हो । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले आठ हजार वर्गमिटर जग्गा निशुल्क दिएका थिए ।   गाउँपालिकाको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत लागत […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मोल निरन्तर बढ्दो

काठमाडौँ, ९ मङ्सिरः अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४७ हजार कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २०० कायम भएको […]

बागमती मुख्‍य समाचार समाचार

सीजीले ल्यायो नेपालमै पहिलो एआई टिभी, कन्टेन्ट–बेस्ड पिक्चर क्वालिटीको मज्जा लिन सकिने

काठमाडौँ । नेपाली इलेक्ट्रोनिक्स बजारमा घरेलु ब्रान्ड सीजीले नेपालकै पहिलो एआई–आधारित टेलिभिजन श्रृंखला ‘सीजी मेरेडिया एआई टिभी’ सार्वजनिक गरेको छ । संसारभर तीव्र गतिमा विकास भइरहेको एआई प्रविधिलाई पछ्याउँदै कम्पनीले ग्राहकको माग, बजारको प्रवृत्ति तथा मनोरञ्जन सामग्रीको बदलिँदो शैलीअनुसार आफ्नो ब्रान्डलाई निरन्तर अपग्रेड गर्दै आएको बताउँदै, अब टेलिभिजन क्षेत्रमा पनि अत्याधुनिक एआई प्रविधि भित्र्याएको जनाएको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन

काठमाडौँ, ९ मङ्सिरः नेकपा एमाले को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न सो पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ । पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने बताए । यसका लागि […]