१४ आश्विन २०८३, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

मध्यपहाडी लोकमार्ग बनाउन माग गर्दै आन्दोलन

सुन्दरबजार लमजुङ, २४ मङ्सिरः पुष्पलाल मध्यपहाडी लोकमार्ग अविलम्ब बनाउनुपर्ने माग गर्दै दबाबस्वरुप आज सुन्दरबजारको खत्रीठाँटीमा चक्काजाम गरिएको छ । राष्ट्रिय गौरवको आयोजना मानिएको मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा सुन्दरबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण सडक निर्माण हुन सकेको छैन । लमजुङको सुन्दरबजार नगरपालिका–६ को क्याम्पस गेटदेखि खत्रीठाँटीसम्म स्थानीयले क्षतिपूर्तिको माग गर्दै सडक निर्माण हुन नदिएपछि करिब दुई […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मानव अधिकारलाई हामी सबैले अपरिहार्य आधारको रूपमा स्वीकार गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारलाई राज्यको नीतिनिर्माण, सुशासन र विकासको मूल केन्द्रमा राखेर अघि बढ्ने सरकारको प्रतिबद्धता रहेको बताएकी छन् । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले मानव अधिकारलाई हामी सबैको अपरिहार्य आधारको रूपमा स्वीकार गर्नुपर्ने बताइन् । प्रधानमन्त्री कार्कीले मानव अधिकारको दायरा २१ औँ शताब्दीमा व्यापक बनेको […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

मुस्ताङ, २४, मङ्सिरः यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा जुटेका छन् । गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्यले स्याउको बगैँचा व्यवस्थापन अनिवार्य भएपछि किसानको सक्रियता बढेको हो । जिल्लामा विगतका वर्षभन्दा यस वर्ष स्याउ बगैँचा व्यवस्थापन चाँडो सुरु गरिएको हो । भदौदेखि कात्तिकसम्म स्याउको पोस्टहार्भेस्ट बाली उत्पादन वा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

केपी ओलीको असक्षमता एमालेले बोकेर हिँड्न सक्दैन : सुरेन्द्र मानन्धर

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा उर्जावान समय दिएका कार्यकर्ता पाखामा परेको बताएका छन् । उनले पार्टी निर्माणमा योगदन गर्नेहरू पाखा परिँदा एमाले अहिलेको संकटमा पुगेको बताएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली असक्षम रहेको बताउँदै उनले राम्रा र नराम्रा कामको जस र अपजस दुबै ओलीले लिनुपर्ने बताए । […]

बागमती मुख्‍य समाचार समाचार समाज

कीर्तिपुरका ‘भँगेरा बाजे’ : जो घर घरमा भँगेराको वासस्थान निर्माणमा सक्रिय छन्

कीर्तिपुर । कीर्तिपुर चम्पादेवीका ध्रुव वस्नेत कुनै समय त्रिभुवन विश्वविद्यालका जागिरे थिए । उमेरले ७० कटेका उनको हिजोआजको दैनिकी सेवानिबृत्तिमा वितिरहेको छ । तर जागिरे जीवन जति व्यस्त थिए त्यस्तै व्यस्तता अहिले पनि कायम छ । सरकारी सेवामा व्यस्त रहेको उनको दैनिकी हिजोआज फेरिएको छ । व्यस्तताको प्रकृति बदलिएको छ र परिचय फेरिएको छ । […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

बर्थिङ सेन्टर त छ टाढा छ, गर्भवतीलाई स्ट्रेचरमा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न

काठमाडौँ, २४ मङ्सिरः भगवतीमाई गाउँपालिका–३ स्थित मेलतोलीकी अमृताकुमारी खड्काले यही मङ्सिरको दोस्रो हप्ता दोस्रो सन्तानलाई जन्म दिए । पैतीस वर्षीया खड्का घरको दोस्रो तल्लामा भेटिँदा नवजात शिशुलाई काखमा च्यापेर अगेनाको राप तापिरहेका थिए । छ वर्षीया छोरी उहाँकै अगाडि लुटपुटिरहेकी थिइन् । गर्भावस्थादेखि सुत्केरी नहुञ्जेलसम्म दुःख र पीडा भयो होला नि ? जिज्ञासा झर्न नपाउँदै […]

बागमती मुख्‍य समाचार समाचार समाज

कन्टेन्ट क्रिएटर एलिजे जमाली बन्ने भइन् ‘मिसेस भोग नेपाल सीजन ३’ को शोस्टपर

काठमाडौं । सामाजिक सञ्जालकी लोकप्रिय कन्टेन्ट क्रिएटर एलिजे जमाली प्रायः चर्चामा रहिरहने नाम हो । नेपाली कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरीसंग वैवाहिक वन्धनमा बाँधिएर काठमाडौंमै बस्न थालेपछि उनी सामाजिक सञ्जालमा थप सक्रिय भैरहेकी छिन् । यसैबीच, हालसम्म आफ्नो सोसल मिडिया प्लेटफर्मबाट कन्टेन्ट क्रिएट गर्नुबाहेक केही सोसल वर्क तथा सोसल मिडियामार्फत नै ब्राण्ड इण्डोर्समेन्ट गर्दै आएकी […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

इमरान खानमाथि ‘मनोवैज्ञानिक यातना’ को आरोप, अदियाला जेल बाहिर परिवार र पीटीआई कार्यकर्ताको विरोध प्रदर्शन

काठमाडौं । पूर्व पाकिस्तानी प्रधानमन्त्री तथा पीटीआई संस्थापक इमरान खानको स्वास्थ्य र उनीमाथिको व्यवहारबारे परिवार र समर्थकहरूको चिन्ता बढ़्दै गएपछि सोमबार अदियाला जेल बाहिर प्रदर्शन गरिएको छ । इमरान खानकी बहिनी अलीमा खानले जेल प्रशासनले उनीमाथी अमानवीय व्यवहार गरेको आरोप लगाकी छन् । अदियाला जेल बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अलीमाले भनिन,“हामी ८ महिनादेखि हरेक मंगलबार […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मधेश प्रदेशका मुख्यमन्त्री यादवले २७ गत्ते विश्वासको मत लिने

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २७ गते शुक्रवार विश्वासको मत लिने भएका छन् । यस अघि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भनिए पनि उनको कार्य व्यस्तताले मिति सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । गत मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव मंसिर २१ गतेका दिन तीन […]

बागमती मुख्‍य समाचार समाचार समाज

कुखुरामा एनेमिया भाइरस

चितवन, २४ मङ्सिरः चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमूनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो । जिल्लामा पहिलोपटक गत […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

महाधिवेशनमा सहभागि हुन एमालेको घरदैलो अभियान सुरु

काठमाडौं । नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागि हुन घरदैलोमा पुगि निमन्त्रणा दिन कार्यको औपचारिक सुरुवात गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यो अभियानको थालनी आज बिहान काठमाडौं–२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट सुरु गरेका हुन् । यो कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका छन् । घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका […]

मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार

रुपन्देही–३ः कांग्रेसबाट खाणसहित छ जना सिफारिस

देवदह रुपन्देही, २४ मङ्सिरः नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले  जानकारी दिए। […]