१४ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

याकका डमि बनाउँदै शोलुखुम्बुका कालीगढ

काठमाडौं । शोलुखुम्बुका कुशल कालीगढ मिङ्मा शेर्पाले हिमाली जिल्ला मुस्ताङको जोमसोममा घर सजावट तथा चढ्नका लागि प्रयोग हुने याकको डमि तयार गरेका छन् । लदाकमा विशेष सिप सिकेपछि उनले मुस्ताङ आएर आफ्नै कला र सीपलाई प्रयोग गर्दै याकका यथार्थजस्ता डमिहरू बनाइरहेका हुन् । उनका अनुसार, हालसम्म उनले मुस्ताङमै १० वटा याकको डमि निर्माण गरिसकेका छन् […]

बागमती मुख्‍य समाचार समाचार

अन्तर्राष्ट्रिय पर्वत दिवस : विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै

काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय पर्वत दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइँदै छ । बिहीबार ‘हमाल र त्यसभन्दा बाहिर पानी, खाना र जीविकोपार्जनको लागि हिमनदीहरू महत्त्वपूर्ण छन्’ भन्ने नाराका साथ २०२५ को अन्तर्राष्ट्रिय पर्वत दिवस मनाउन लागिएको हो । यो नाराले हिमनदीहरूको महत्वलाई विशेष रूपमा उजागर गर्छ । हिमनदी पग्लँदा पहाडदेखि तराईसम्म पानीको आपूर्ति प्रभावित हुन्छ, […]

बागमती मुख्‍य समाचार समाचार

पर्वत दिवसमा संयोजक दाहालको शुभकामना

काठमाडौँ, २५ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३औँ विश्व पर्वत दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गरेर पर्वतहरू प्रकृतिका अमूल्य धरोहर भएकाले तिनको संरक्षण आवश्यक भएकामा जोड दिएका छन् । “पर्वतले जल, वन, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जनलाई आधार प्रदान गर्छन् । तर जलवायु परिवर्तनका कारण हिमशृङ्खलाहरू तीव्र गतिमा पग्लिरहेका छन्, […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । बिहिबार विधायन व्यवस्थापन समितिको १४३ औँ बैठक समितिको बैठक कक्षमा बिहान ११ः०० बजे बस्ने गरि तय भएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ, २५ मङ्सिरः सरकार र जेनजीबीच आगामी प्रतिनिधि सभा सहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति भएको छ । त्यसका लागि प्राथमिकताका साथ आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गरी कार्यान्वयन गरिने सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्की र जेनजी सहिद परिवारका तर्फबाट आज प्रधानमन्त्री तथा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले महाधिवेशन उत्सव र एक जिम्मेवारी वहन गर्ने महत्वपूर्ण अवसर हो : सुनिता वराल

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा आसन्न महाधिवेशनका लागि अतिथि सत्कार उपसमितिको जिम्मेवारी सम्हालिरहेकी सुनिता बरालले महाधिवेशनलाई केवल पार्टीको कार्यक्रम नभई उत्सव, जिम्मेवारी र संगठन सुदृढीकरणको महत्वपूर्ण क्षणका रूपमा व्याख्या गरेकी छन्। क्षेत्र–क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूको सहभागिता रहने महाधिवेशन पार्टी जीवनकै ठूलो उत्सवजस्तै भएको बरालको भनाइ छ । बरालका अनुसार महाधिवेशनले नेतृत्व परिवर्तन मात्र होइन, […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बिहान ८ : ३० बजेदेखि बस्दैछ । बिहिबार पार्टी कार्यालय च्यासलमा बस्न लागेको बैठकमा महाधिवेशन नजिकिँदै गर्दा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा छलफल हुनेछ । मूल समितिको संयोजक महासचवि शंकर पोखरेल हुन् भने सचिव उपमहासचिव पृथ्वी सुब्बा गुरुङ हुन् । आज […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपीएल : दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन् । खेल बिहीबार दिउँसो ४ बजे सुरु हुँदैछ । विराटनगर पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो । आजको विजेताले सुदूरपश्चिमसँग शनिबार एनपीएल दोस्रो सिजनको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘पर्यावरण संरक्षण नेपाल जस्तो अल्पविकसित देशको लागि महत्वपूर्ण हुन्छ’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८० प्रतिशतभन्दा बढी भूभाग पर्वतीय रहेको र हिमालयको काखमा अवस्थित देश नेपाल जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमहरूको अग्रपङ्क्तिमा रहेको बताएका छन् । बिहिबार २३औँ विश्व पर्वत दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले हिमनदी पग्लनु, नदीहरूको जलप्रवाहमा आएको अस्थिरता र करोडौँ मानिसहरूको जीवनमा पैदा भएको जोखिम […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सहमति नभए स्वच्छ प्रतिस्पार्धाबाट नेतृत्व चयन हुन्छः सचिव अर्याल

काठमाडौँ, २४ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सचिव पद्मा अर्यालले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट आगामी नेतृत्व चयन हुने बताएका छन् । प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले महाधिवेशनमा अध्यक्षलगायत पदमा आकाङ्क्षीहरू हुनु सुखद पक्ष भएको उल्लेख गर्दै ती आकाङ्क्षीलाई महाधिवेशनका प्रतिनिधिले विधिसम्मत प्रक्रियाबाट हल गर्ने […]

बागमती मुख्‍य समाचार समाचार

फिनटेक अलायन्स नेपालद्वारा नेपाल फिनटेक एक्स्पो २०२६ को औपचारिक घोषणा

काठमाडौं । फिनटेक अलायन्स नेपालले नेपालकै पहिलो तथा सबैभन्दा ठूलो फिनटेक–केन्द्रित प्रदर्शनी ‘नेपाल फिनटेक एक्स्पो २०२६’ आयोजना गर्ने घोषणा गरेको छ । उक्त औपचारिक घोषणा बुधबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । एक्स्पो आगामी २०२६ जनवरी २ र ३ (पौष १८ र १९), शुक्रबार र शनिबारका दिन ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुनेछ । ‘टेक […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जेन–जी पुस्ताको आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनस्र्थापना र पुर्ननिर्माणलाई उच्च प्राथमिकतामा राखी काम गर्न मातहतका निकायलाई आग्रह गरेका छन् । शहरी विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा मन्त्री घिसिङले सरकारी तथा सार्वजनिक […]