१४ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन् । विहीबार काठमाडौंमा भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा उनले निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर देशलाई निकास दिनुपर्ने बताए । यही अवस्थामा निर्वाचन भइहाल्यो भने पनि राप्रपा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बिहान ८ः३० बजेदेखि बस्दैछ । बिहिबार पार्टी कार्यालय च्यासलमा बस्न लागेको बैठकमा महाधिवेशन नजिकिँदै गर्दा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा छलफल हुनेछ । मूल समितिको संयोजक महासचवि शंकर पोखरेल हुन् भने सचिव उपमहासचिव पृथ्वी सुब्बा गुरुङ हुन् । आज १४ वटै […]

बागमती मुख्‍य समाचार समाचार समाज

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौँ, २५ मङ्सिरः सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । अनटेष्ट लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी […]

बागमती मुख्‍य समाचार समाचार

पुस १ गतेदेखि बाघ गणना गरिँदै

चितवन, २५ मङ्सिरः अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा व्लक बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौँ, २५ मङ्सिरः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको सङ्घीय संसद् भवनको अवलोकन गरेका छन् । आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसर पुगेर उनले तोडफोड र आगलागीबाट भएको क्षतिबारे जानकारी लिएकन हुन् । पूर्वराष्ट्रपति भण्डारीलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् भवनमा भएको क्षतिबारे जानकारी गराएका थिए […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

म्याग्दीको बास्कुना एफएम भिलेज’मा रुपान्तरण

म्याग्दी, २५ मङसिरः बेनी नगरपालिका–४ बास्कुना ‘एफएम भिलेज फ्रुट फलफूल र ‘मिल्क’ दूध गाउँमा रुपान्तरण भएको छ । करिब १६ घरपरिवारको बसोबास रहेको बास्कुनाका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती र गाईभैँसीपालन गरेर फलफूल र दूधलाई आम्दानीको मुख्य स्रोत बनाएका हुन् । झण्डै २० वर्षअघि अगुवा किसान तिलक गुरुङले बास्कुनालाई ‘एफएम भिलेज’ बनाउने परिकल्पना गरेका थिए । […]

बागमती मुख्‍य समाचार समाचार समाज

छोरी गुमाएपछि एक्ली बनेकी डोल्पाकी वसना राेकायाको आश्रमद्वारा उद्धार

काठमाडाैँ । ५२ वर्षीया वसना रोकाया, ठुलीभेरी नगरपालिका–६, डोल्पाकी बसिन्दा हुन् । जाे  जीवनको कठोर घाउसँग संघर्ष गरिरहेकी  एक्ली महिला हुन्। छोरीले आत्महत्या गरेपछि उनीमा गहिरो मानसिक आघातमा पर्‍याे। आमाबुबा सानैमा बितिसकेको र छोरीले पनि साथ छोडेर जाँदा उनी पूर्ण रूपमा एक्ली बनेकी थिइन्। मानसिक रूपमा विक्षिप्त वसना सुस्त रूपमा मात्र बोल्छिन् र कान पनि कम सुन्छिन्। उनकाे हेरचाह […]

कोशी मुख्‍य समाचार समाचार

मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने

विराटनगर, २५ मङ्सिरः कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण गरेसँगै मेडिकलतर्फको बिएससी नर्सिङ्गको कक्षा सञ्चालन हुने भएको छ । नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार बिएससी नर्सिङ्ग विषयको पाठ्यक्रम तयार गरिसकेकाले कोशी प्रदेश सरकारको प्रतिबद्धताअनुसार यथाशीघ्र धनकुटा जिल्ला अस्पतालमा मनमोहनले अगामी शैक्षिक सत्र देखि उक्त कक्षा सञ्चालन गराउने तयारी गरेको हो […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर

काठमाडौँ, २५ मङ्सिरः नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल जारी छ । प्रतियोगिता नेपाली क्रिकेटको विकासका साथै नवप्रतिभाका लागि सुनौलो अवसरका रूपमा रहेको छ । लयमा क्रिकेट खेलेर पनि प्लेफर्म नपाएका खेलाडीका लागि एनपिएल सुनौलो अवसर बनेको हो । साथै आर्थिक […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ब्राइट स्पार्क अवार्ड

काठमाडौँ, २४ मङ्सिरः अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले एआई विधाको प्रयोग गरी खानी तथा उद्योग क्षेत्रको काममा सहयोग पुर्याउने सञ्चार उपकरण सेट तयार गरेवापत नेपाली विद्यार्थीलाई ‘ब्राइट स्पार्क अवार्डबाट पुरस्कृत गरेको छ । सो विश्वविद्यालयले आफ्नो रजत जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरी स्नातक तहमा अध्ययनरत काठमाडौँका २२ वर्षीय श्यामसुन्दर श्रेष्ठलाई प्रतिष्ठित रूपमा लिइने सो पुरस्कारबाट सम्मान […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

दोस्रो हप्तामा अभिमन्यु : शो खोज्दै दर्शक

काठमाडौं । फरेन मार्केटमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्यु स् च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । गत बिहीबार रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो । दोस्रो सातामा प्रवेश गरे पनि शो भने धेरै छैन । तर, पाएका शोमा भने दर्शकको अकुपेन्सी राम्रो रहेको छ । त्यसैले […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

राँगा पाल्ने किसानलाई अनुदान

पर्वत, २५ मङ्सिरः विहादी गाउँपालिकाले व्यावसायिक रुपमा राँगापालन गर्ने किसानलाई प्रोत्साहनका लागि अनुदान वितरण गर्ने भएको छ । कृत्रिम गर्भाधान सेवा गाउँगाउँमा विस्तार भए पनि किसान आकर्षित हुन नसकेको भन्दै राँगा पाल्ने किसानलाई प्रोत्साहन गर्ने भएको हो । प्रजननका लागि राँगा पालेका किसानलाई उक्त अनुदान उपलब्ध गराइने भएको हो । ग्रामीण क्षेत्रमा कृत्रिम गर्भाधान सेवा […]