२० असार २०८३, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः चौध अर्धशतक र एक शतकको रेकर्ड

काठमाडौँ, १२ मङ्सिरः कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग एनपिएलमा हालसम्म १४ खेल समाप्त भएका छन् । चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ । एनपिएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन् । जारी सिजनमा प्रहार भएका १४ अर्धशतकमध्ये पाँच […]

गण्डकी मुख्‍य समाचार समाचार

सुन तोलामा २ हजार २ सयले बढ्यो  

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन २ हजार २ सयले बढेर २ लाख ५० हजार ६ सय कायम भएको हो । बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा

काठमाडौँ, १२ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा आजको पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज भिड्दैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्कतालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेर चितवन प्लेअफको आफ्नो […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोगविहीन, भाडाबापत राज्यकोषबाट लाखौँ खर्च

कोलकाता भारत, १२ मङ्सिरः यहाँस्थित कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोग नहुँदा राज्यकोषबाट मासिक रु पाँच लाख ६० हजार खर्च भइरहेको छ । नेपालले पारवाहन सन्धिअनुसार भारतसँग लिजमा लिएको जग्गा व्यवस्थापन नहुँदा वर्षौँदेखि राज्यको व्ययभारले थिचिएको छ । नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडको निष्क्रियताले यस्तो अवस्था आएको हो । कोलकाता बन्दरगाहमा चार हजार ८५० […]

बागमती मुख्‍य समाचार समाचार समाज

पशुबिमा कार्यक्रमबाट पनौतीका चार हजार किसान लाभान्वित

काभ्रेपलाञ्चोक, १२ मङ्सिरः पनौती नगरपालिकामा सञ्चालन भएको पशुधन बिमा कार्यक्रमबाट चार हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गत वर्षदेखि प्रारम्भ भएको उक्त कार्यक्रमले नगरका १२ वटै वडाका किसानलाई समेटेको छ । बिमा कार्यक्रममार्फत नगरभित्रका गाई, भैँसी, बाख्रा, भेडा, बङ्गुर, सुँगुर, कुखुरा तथा हाँसजस्ता पशुपन्छीको बिमा गरिएको हो । नगर पशुपन्छी शाखाका अनुसार हालसम्म सबै […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) ले नेपाल–भारत डिजिटल करिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ । दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित तयार गरिएको यो फ्रेमवर्क क्यान फेडरेसनका वरिष्ठ उपाध्यक्ष तथा आइसीटी नीति विशेषज्ञ चिरन्जिबी अधिकारीको नेतृत्वमा विकसित गरिएको हो । अधिकारी विगत तीन दशकदेखि नेपालमा डिजिटल नीति निर्माण, आइटी […]

बागमती मुख्‍य समाचार समाचार

एनआरएनएमा एकताको तयारी, अभियन्ता र नेतृत्वहरु काठमाडौं आउन थाले

काठमाडौं । लामो समयदेखिको विवाद, विभाजन र तिक्तता अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा ऐतिहासिक एकता नजिकिएको छ। दसौं महाधिवेशनदेखि निरन्तर तीव्र बनेको विवाद समाधान गर्दै ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा.बद्री केसी नेतृत्व र एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वबीच विस्तृत छलफल, कानुनी व्याख्या तथा संस्थागत विश्लेषणपछि पूर्ण सहमति फाइनल गरिएको हो। सहमतिपत्रमा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

चिस्यान केन्द्र सञ्चालनमा

तनहुँ, १२ मङ्सिरः जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा रु करोड ९१ लाख ३२ हजार ७२२ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको छ । केन्द्र सफल परीक्षणपछि सञ्चालनमा आएको छ । तीन रोपनी क्षेत्रफलमा १३० मेट्रिक टन क्षमताको केन्द्र गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो । किसानका उत्पादन निःशुल्क भण्डारण गरिने […]

बागमती मुख्‍य समाचार समाचार

सेबोनद्वारा भुजुङ्ग हाइड्रोपावरलाई २० लाख कित्ता आईपीओ निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो । उक्त आईपीओ आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणका लागि खुला गरिनेछ । यस आईपीओको निष्कासन तथा […]

गण्डकी मुख्‍य समाचार समाचार

पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव

गण्डकी, १२ मङ्सिरः कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव गर्न लागेको हो । कृषि पर्यटनमार्फत देशको पर्यटन क्षेत्रलाई अझै फराकिलो बनाउन, नयाँ पुस्तालाई परम्परागत […]

कोशी मुख्‍य समाचार समाचार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

धरान सुनसरी, १२ मङ्सिरः तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छभने सोही वाहनमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका–४ का […]

गण्डकी मुख्‍य समाचार समाचार

बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

म्याग्दी, १२ मङ्सिरः बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो । बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ । नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ । वर्षा यामको पानीको निकासका […]