१४ आश्विन २०८३, बुधबार
कोशी मुख्‍य समाचार समाचार समाज

किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

पाँचथर, २ पुसः फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेको छ । किराँत राई समुदायको परम्परागत संस्कार र संस्कृतिसँग सम्बन्धित मूर्ति र वनस्पतिहरु, सुप्तुलुङ चुलालगायत संरचना भएको यो स्थान पछिल्ला दिनमा आन्तरिक पर्यटकीय स्थलका रुपमा उद्यान निर्माण गरिएको हो । नेपाल एकीकरणअघि […]

गण्डकी मुख्‍य समाचार समाचार

भानु साहित्य उद्यानको काम अगाडि बढ्यो

दमौली तनहुँ, २ पुसः आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा भानु साहित्य उद्यान निर्माणको काम अगाडि बढेको छ । भानु नगरपालिका–४ चुँदीरम्घामा भानु साहित्य उद्यान निर्माणको काम सुरु भएको हो । चालु आर्थिक वर्ष २०८२÷८३ मा सहरी विकास मन्त्रालयबाट विनियोजित रु २० करोडमध्ये पहिलो चरणको ठेक्का प्रक्रियाका लागि सहरी विकास मन्त्रालयका महानिर्देशकसहितको प्राविधिक टोलीले यहाँको स्थलगत […]

बागमती मुख्‍य समाचार समाचार

स्थानीयले पाउने भए सालासुङ्गी हाइड्रोको शेयर

रसुवा, २ पुसः सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । शेयर पाउनुपर्ने माग दाबी गर्दै विरोधमा उत्रेका स्थानीयबासिन्दालाई शेयर दिन आयोजना तयार भएको हो । निजी क्षेत्रबाट करिब रु २० अर्ब लगानीमा निर्माण भएको ७८ मेगावाट क्षमताको सो विद्युत् आयोजना सन् २०१९ मा सुरु भई सन् २०२५ मा सम्पन्न […]

गण्डकी मुख्‍य समाचार समाज

कोदो, मकै फल्ने बारीमा सुन्तला बगैँचा : यस वर्ष १५ लाखको बिक्री

वालिङ स्याङ्जा, २ पुसः स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् । सन्ताउनन वर्ष पहिला कोदो, मकै फल्ने बारीमा बुवाले थालेका सुन्तला खेतीलाई बिस्तार गर्दै उनले आम्दानी लिन थालेका हुन् । कोदो, मकैबाटभन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेर थालिएको सुन्तला खेती अहिले आम्दानीको मुख्य स्रोतकोरूपमा […]

कर्णाली मुख्‍य समाचार समाचार

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन

जुम्ला, २ पुसः जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा रु ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लस्थित कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउखेतीमा संलग्न छन् । जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर रहेको […]

गण्डकी मुख्‍य समाचार समाचार

बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार

गलकोट बागलुङ, २ पुसः जिल्लाको ठूलो मेलाको रूपमा रहेको बागलुङ महोत्सव यही पुस ११ देखि २१ गतेसम्म सञ्चालन हुँदैछ । बागलुङ उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने आठौँ बागलुङ महोत्सव नजिकिएसँगै प्रचारप्रसारलाई व्यापक बनाइएको छ । महोत्सव हुने स्थान बाङ्गेचौर खेल मैदानमा रमाइलो मेला, मञ्चलगायत सामग्री आइसकेका छन् भने बागलुङ बजार तुल तथा व्यानरले झिलिमिलि बनाउन […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

पर्याप्त स्रोतको अभावमा क्षति पुगेका भवनको मर्मत गर्न समस्या

सुदूरपश्चिम, २ पुसः जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पूरानै अवस्थामा फर्काउन समस्या भएको छ । पर्याप्त बजेट स्रोतको अभावका साथै भएको सीमित बजेटबाट पनि खर्च गर्ने प्रक्रिया लामो हुँदा क्षति भएका भवन संरचनालाई मर्मत सम्भार गरेर पूरानै अवस्थामा फर्काउन समस्या भएको हो । कम क्षति पुगेका […]

मुख्‍य समाचार लुम्बिनी समाचार

आयआर्जनमा जोडिँदै तानसेनका महिला

तानसेन पाल्पा, २ पुसः यहाँको तानसेन नगरभित्रका महिला अहिले सङ्गठित भई सीप सिकेर आयआर्जनमूलक काममा जोडिन थालेका छन् । घरको काम सकेर फुर्सदमा बस्ने गरेका महिला पछिल्लो समय आयआर्जनमूलक क्षेत्रमा सक्रिय हुन थालेका हुन् । स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाले महिलालाई विभिन्न समूहमा आवद्ध गरी सीपमूलक तालिम दिन थालेपछि आयआर्जनका क्षेत्रमा महिलाको सक्रियता बढ्न थालेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन

बनियानी झापा, २ पुसः राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक, सांस्कृतिक, सम्पदा, पूर्वाधारलगायत हरेक दृष्टिकोणले सम्पन्न रहेको बताएका छन् । झापाको हल्दिबारी गाउँपालिका–१ र ५ जोड्ने भुल्का मार्गको आज उद्घाटन गर्दै उनले हरेक दृष्टिकोणले सम्पन्न नेपाल नबन्नुपर्ने कुनै कारण नरहेको धारणा राखे । विश्वका धेरै मुलुकहरूले फड्को मारिसकेको अवस्थामा नेपाल नबन्नुपर्ने कारण […]

बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, २ पुसः नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७० अङ्कले बढेर दुई हजार ६२५ दशमलव ७० बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा रू चार अर्ब पाँच करोड ३७ लाख […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौँ, २ पुसः हाँस्य कलाकार अर्जुन घिमिरे पाँडेले निर्देशन गरेका चलचित्र ‘झरीपछिको इन्द्रेणी’ यही पुस ४ गते शुक्रबारदेखि देशभर प्रदर्शन भएको छ । सो चलचित्रको विषयमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित कार्यक्रममा निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको बताए। उनले भने, चलचित्रकर्मीको दायित्व मनोरञ्जन दिने मात्र नभई समाजलाई जागरुक बनाउने […]

बागमती मुख्‍य समाचार समाचार

टोखा नगरपालिकामा ‘श्रम डेक्स स्थापना

काठमाडौँ, २ पुसः काठमाडौँको टोखा नगरपालिकामा श्रम डेक्स स्थापना गरिएको छ । टोखाले श्रमिकहरुको हक, हित र अधिकारको रक्षाका लागि मङ्गलबारदेखि ‘श्रम डेक्स’ स्थापना गरी सञ्चालनमा ल्याएको हो । उक्त डेक्सको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गरे । कार्यक्रमा बोल्दै उनले नगरभित्र रहेका श्रमिकको हक, हित र अधिकारको रक्षाका लागि टोखा नगरपालिकाले श्रम डेस्क […]