२० असार २०८३, शनिबार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने भएको छ । सोमबार बेलुका सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको हिजोको इजलासले २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको हो । […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् : घनश्याम भुसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । मंसिर १४ गते बसेको नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन, आयोजक कमिटीको पहिलो बैठकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्ने र भदौ २४ गते सरकारी सम्पत्ति र निजी सम्पत्तिमा आगजनी, लुटपाट […]

बागमती मुख्‍य समाचार समाचार समाज

हराइरहेका बुवा आश्रममा भेटिएपछि

काठमाडौँ । छोरालाई भेट्ने उद्देश्य लिएर ७२ वर्षीय जगदीश शाह एक हप्ता अघि भारतको मोतिहारीबाट नेपाल आइपुग्छन्। तर, साथमा मोबाइल रहेको भए पनि छोरासँग सम्पर्क नहुँदा उनी परिवारबाट सम्पर्कविहीन अवस्थामा रहन्छन्। काठमाडौँमा बेवारिसे अवस्थामा भेटिएपछि मानवसेवा आश्रम रानीवन शाखाले उनलाई उद्धार गरी संरक्षणमा राख्यो। पारिवारिक पुनर्मिलनका लागि आश्रमले उनको पृष्ठभूमि पत्ता लगाउँदा उनी भारतीय नागरिक रहेको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

काठमाडौं । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने सहमति जुटेको छ । सोमबार सम्पन्न केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिकामा महाधिवेशन गर्ने सहमति जुटेको हो । कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने उल्लेख छ । महाधिवेशन मितिमा सहमति […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्से ४.२८ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ । आइतबार ७ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस […]

बागमती मुख्‍य समाचार समाचार

चलचित्र विधेयक फिर्ता माग्नुका कारण सुन्नुपर्छः मन्त्री खरेल

काठमाडौँ, १५ मङ्सिरः राष्ट्रिसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको चलचित्र विधेयक सरोकारवाला पक्षबाट फिर्ता माग भएपछि त्रिपक्षीय बैठक बस्ने भएको छ । समिति, सरकार र सरोकारवालबीच सोमबारको त्रिपक्षीय सामूहिक संवाद गर्ने समितिको आजको बैठकले निर्णय गरेको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरोकारवालाई एकै पटक बोलाउने तयारीका लागि समितिसमक्ष आग्रह […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार स्वास्थ्य

औषधिका समस्या चाँडै सम्बोधन गरिने

काठमाडौँ, १५ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमसमक्ष नेपाल औषधि थोक व्यवसायी सङ्घले ध्यानाकर्षण पत्र बुझाएका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गौतमललाई सङ्घका अध्यक्ष गणेश नेपालको नेतृत्वमा भएको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । सो अवसरमा मन्त्री गौतमले औषधि व्यवसायीका पछिल्लो पटक देखिएका समस्याबारे आफू जानकार रहेकाले माग सम्बोधन गरिने बताए । […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

गृहमन्त्री अर्याल धनगढीमा

सुदूरपश्चिम, १५ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले आज कैलालीको गौरीफन्टा सीमा नाकाको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उहाँले सीमा नाकामा सञ्चालन रहेको शान्ति पुनस्र्थापना गृह र स्वास्थ्य सहायता कक्षबाट भइरहेका गतिविधिबारे जानकारी लिए । यसअघि गृहमन्त्री अर्यालले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा रहेको अस्पतालको पनि निरीक्षण गरे । मङ्गलबार धनगढीमा […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एसिसी यू–१९ प्रिमियर कपः नेपाललाई उपाधि जित्न १४८ रनको लक्ष्य

काठमाडौँ, १५ मङ्सिरः संयुक्त अरब इमिरेट्स युएई मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपालले १४८ रनको लक्ष्य पाएको छ । अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक युएई ४५।५ ओभरमा १४७ रनमा अलआउट भयो । जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन जोडे । नेपालका दयानन्द मण्डलले छ, अपराजित पौडलले […]

बागमती मुख्‍य समाचार समाचार

गोरखाका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित

गोरखा, १५ मङ्सिर : केही वर्षदेखि यहाँका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित भएका छन् । गाउँ–बस्तीका किसानहरुले खेती गर्न ट्रयाक्टर तथा थ्रेसर प्रयोग गर्न थालेका छन् । उत्तरी गोरखाको हिमाली भेगमा पनि गहुँ, जौ, करु, फापर काट्न मेसिनकै प्रयोग गर्ने प्रचलन बढिरहेको किसानहरु बताउँछन् । तल्लो भेगको टार तथा फाँटहरुमा थ्रेसरको प्रयोग बढ्न थालेपछि दयँरे र गोरुको […]

कोशी मुख्‍य समाचार समाचार

आठौँ पर्वत महोत्सव आगामी पुसमा

पर्वत, १५ मङ्सिर : समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्वतमा आठौँ पर्वत महोत्सव गरिने भएको छ । पर्वत उद्योग वाणिज्य सङ्घले हरेक तीन वर्षमा आयोजना गर्दै आएको महोत्सव आगामी पुस ९ गतेदेखि १९ गतेसम्म हुने जनाइएको छ । सङ्घ स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आठौँ पर्वत महोत्सव आयोजना गरिएको […]

कर्णाली मुख्‍य समाचार समाचार

तिला गाउँपालिकाद्वारा २६ लाख राजस्व सङ्कलन

जुम्ला, १५ मङ्सिर : यहाँको तिला गाउँपालिकाले एकवर्षमा २६ लाख १४ हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत गत आर्थिक वर्ष २०८१र८२को आम्दानी तथा खर्च सार्वजनिक गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईका अनुसार गाउँपालिकाले सो आवमा अनुमानित कूल बजेट ५१ करोड २४ लाख ८४ हजार रुपैयाँ ल्याएकोमध्ये चालुतर्फ […]