१४ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार

नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

काठमाडौँ, ३ पुसः नेपाल–कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले कम्बोडिया–नेपाल बी२बी व्यापारिक अन्तरक्रिया कार्यक्रम २०२६ आयोजना हुने भएको छ । आगामी पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुन लागेको कार्यक्रम कम्बोडियाको जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड जेयसएम कम्बोडिया द्वारा आयोजना हुने छ भने नेपालको सिजन मिडियाले कार्यक्रमको व्यवस्थापन गर्ने बताइएको छ । […]

बागमती मुख्‍य समाचार समाचार समाज

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

चितवन, ३ पुसः चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन् । उहाँले पहिलो भागअन्तर्गत […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मुलुक अब आर्थिक निर्माणको दिशामा अघि बढाउनुपर्छ : मन्त्री खरेल

काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकलाई अब आर्थिक निर्माणको दिशामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । बिहीबार गोरखापत्र संस्थानद्वारा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले देशको समग्र विकासका लागि यस्ता विमर्श उपयोगी हुने बताए । उनले जेन–जी जनआन्दोलनपछि मुलुकले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपरेको […]

बागमती मुख्‍य समाचार समाचार

साकोस शिखर गोष्ठी सुरु, सहकारी अभियान सुदृढ बनाउन रणनीतिक उन्नयनमा जोड

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा ‘सदृढ अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ विषयक दुईदिने साकोस शिखर गोष्ठी–२०८२ सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको गोष्ठी शुक्रबारसम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस अभियानले समग्र सहकारी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल

पाटन ललितपुर, ३ पुसः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताएका छन् । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आज आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा मन्त्री खनालले बितेको तीन महिनाको तथ्याङ्कले नेपालको अर्थतन्त्र चलायमान भएको पुष्टि गर्ने धारणा राखे […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले महाधिवेशन : यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानको परिणाम आउनेक्रम जारी छ । विहीबार विहान ११ बजे प्राप्त परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता कायम राखेका छन् । महासचिवमा शंकर पोख्रेलले अग्रता लिइरहेका छन् । दुई वटा बुथको १६ वटा चिप्समा भएको ४ सय ४३ मत गन्दा अध्यक्षका उम्मेदवार ओली अगाडि देखिएका […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ, ३ पुसः हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको समस्या देखिएको छ । नेपाल हार्ट फाउण्डेशन, पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल र चेपेल फाउण्डेशनको आयोजनामा आज सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा करिब ५०० बिरामीमा परीक्षण गर्दा झण्डै ७० […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सत्यको पक्ष रोजेँ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश

काठमाडौं । पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । बुधबार आयोजित एक विशेष कार्यक्रममार्फत उनले रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशका क्रममा खत्रीले नेपालको वर्तमान राजनीति विकृतिको चरम अवस्थामा पुगेको टिप्पणी गरे । उनले भने, ‘नेपालको राजनीति सधैं एउटै ठाउँमा रहिरहन सक्दैन । अहिलेको अवस्था महाभारतमा कौरव–पाण्डव युद्ध […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल

तनहुँ, ३ पुसः यहाँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुल पाँच वर्षमा पनि सम्पन्न भएको छैन । हालसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । व्यास–३ र ऋषिङ–१ जोड्ने उक्त पुल निर्माणमा ठेकेदार कम्पनीले ढिलाइ गरेको हो । पटक–पटक ताकेता गरेपछि निर्माण कम्पनीले हालै पुनः काम थालेको पूर्वाधार विकास कार्यालय […]

मधेश मुख्‍य समाचार समाचार

पदीय मर्यादाअनुरूप काम नगर्नेलाई कारबाही

धनुषा, ३ पुसस् मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई÷दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो । अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका निमित्त प्रमुख सचिव रामकुमार महतोले जानकारी दिए । […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, ३ पुसः भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा बुधबार गन्तव्य प्रवर्द्धन कार्यक्रम गरिएको हो । भ्रमणका क्रममा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

एउटै वडाका ५३८ घरमा खानेपानीको घारा

गलकोट बागलुङ, ३ पुस : गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत बागलुङको ताराखोला गाउँपालिका–५ का ५३८ घरमा खानेपानीको धारा जडान गरिएका छन् । हालसम्म वडामा रहेका रहेका ५९५ घरमध्ये ५३८ घरमा खानेपानीको धारा जडान सम्पन्न भइसकेको छ । घरघरमा खानेपानी आएपछि स्थानीय दङ्ग छन् । गण्डकी प्रदेश सरकारको रु दुई करोड लागतमा […]