कञ्चनपुरको गौरीघाटमा अवैधरुपमा १३९ काँचा रुख काटिए
कञ्चनपुर, १७ मङ्सिरः कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनमा ठूलो सङ्ख्यामा काँचा रुख कटान भएको पाइएपछि डिभिजन वन कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । डिभिजन वन कार्यालयका प्रमुख सुरेशचन्द्र डिसीका अनुसार सामुदायिक वनमा ११६ खयर, २२ सिसौ र एक कन्जु गरी १३९ रुख काटेको पाइएको छ । ठूलो सङ्ख्यामा काँचा रुख काटेको पाइएपछि सवडिभिजन […]











