९ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार

संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : नारायणकाजी श्रेष्ठ

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संविधान संशोधनका नाममा संविधानको मूल मर्म र लोकतान्त्रिक व्यवस्थामाथि आघात पुर्याउने प्रयास स्वीकार्य नहुने बताएका छन् ।

नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले संविधान संशोधनको प्रक्रिया जिम्मेवार र संविधानको मूल भावनालाई संरक्षण गर्ने ढंगबाट अघि बढ्नुपर्ने बताए ।

उनले संविधानको आधारभूत मर्म र लोकतन्त्रको रक्षा पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै आवश्यकता अनुसार मात्रै संशोधन गर्न सकिने धारणा राखे ।

‘हामी संविधानको मूल अन्तरवस्तुको चिरहरण वा अपहरण हुन नदिई संविधान र लोकतन्त्रको रक्षालाई मुख्य बनाएर आवश्यकता अनुसार संविधान संशोधन गर्न तयार छौं । तर संविधान संशोधनका नाममा संविधान र लोकतन्त्रको हत्या गर्न दिने छैनौं । त्यसकाविरुद्ध हामी उभिनुपर्छ,’ उनले भने ।

त्यसैगरी, श्रेष्ठले प्राज्ञिक तथा शैक्षिक संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने विषय र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने विषयलाई एउटै रूपमा बुझ्न नहुने बताए । उनले ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने कुरा पनि त्यसैसँग तुलना गर्न नमिल्ने उल्लेख गरे ।

उनले भने,‘प्राज्ञिक र शैक्षिक संस्थाहरुलाई राजनीतिबाट मुक्त राख्नुपर्छ भन्नु र विद्यार्थी संगठनप्रति प्रतिवन्ध लगाइनुपर्छ भन्नु एउटै कुरा होइन । ट्रेड युनियन बन्द गर्नुपर्छ भन्ने कुरा एउटै होइन ।’

उनले वर्तमान सरकारको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै ‘दलीयकरणबाट मुक्त’ भन्ने दाबी व्यवहारमा लागू नभएको टिप्पणी गरे ।

‘दलीयकरणबाट मुक्त गर्ने भन्ने नाममा आफ्नै पक्षमा फैसला गर्ने न्यायाधीशलाई संवैधानिक नियुक्ति दिने, कामु प्रधानन्यायाधीशको निर्देशन नमानेका कर्मचारीलाई संवैधानिक निकायको प्रमुख बनाउने जस्ता काम भएका छन् । त्यसलाई दलीयकरणबाट मुक्त भन्न मिल्छ कि मिल्दैन भन्ने समीक्षा हुनुपर्छ,’ श्रेष्ठले भने ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको