१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौँ, १३ पुस : प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिए । दलले यही पुस […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

रनबहादुर गुरुङको ८४ औँ पूजाको उपलक्ष्यमा आश्रमलाई ३३ हजार याेगदान

पोखरा । मानवसेवा आश्रममा आश्रित व्यक्तिहरूको सेवा सहज बनाउन मनकारी दाताहरूले विवाह वर्षगाँठ, जन्मदिन, पितृको स्मृति, विवाह तथा अन्य विशेष अवसरहरू पारेर स्वेच्छिक रूपमा सहयोग गर्दै आइरहनुभएको छ। यसै क्रममा पोखरा महानगरपालिका–१३, काउखोला निवासी रनबहादुर गुरुङले आफ्नो ८४ औँ पूजाको पावन अवसरमा मानवसेवा आश्रमलाई३३ हजार ५ सय रूपैयाँआर्थिक सहयोग प्रदान गर्नुभएको छ। दुःखी, असहाय, कोही […]

बागमती मुख्‍य समाचार समाचार

नेपाली बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम

काठमाडौं । कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो हप्ताको शुक्रबार छापावाल सुन तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य १ हजार ३ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् । आइतबार रवि–बालेनबीचको सम्झौतापछि सामाजिक सञ्जालमा भिडियो राख्दै उनले बालेनलाई लक्षित गर्दै सहकारी काण्डमा तानिएका मान्छेहरुसँग मिलेर एउटा सत्ताको लागि र यो देशलाई लिलाम गर्नको लागि चुनावमा आउन लागेको भन्दै यस्तो व्यक्तिलाई सबै नेपालीले प्रश्न गर्नुपर्ने […]

मधेश मुख्‍य समाचार समाचार समाज

जाडोयाममा आश्रमका आश्रितका लागि बिहीबार दाउरा वितरण

चन्द्रपुर। चन्द्रपुर नगरपालिका–४, देउराली चोकबाट कान्छा बगाले थापा नाम बताउने ६० वर्षीय पुरूषलाई मानवसेवा आश्रम राैतहट शाखाले उद्धार गरेको छ। मंगलबार सडकपेटीमा बेवारिसे अवस्थामा भेटेपछि नेपाल प्रहरी, समाजसेवी, स्थानीय व्यापारीकाे पहलमा उनलाई उद्धार गरी आश्रमको संरक्षणमा राखिएकाे छ। उद्धारपछि उनको स्वास्थ्य अवस्था जाँच गरी आवश्यक पालनपोषणकाे जिम्मेवारी आश्रमले लिएको  छ। उनको पारिवारिक पृष्ठभूमि खुल्न नसकेका कारण हालसम्म पारिवारिक पुनर्मिलन […]

मधेश मुख्‍य समाचार समाचार

कुमारी माता र कुमार बम्जनद्वारा रौतहट शाखामा आश्रित बुवाहरूका लागि सिरक डसना हस्तान्तरण

रौतहट। मानवसेवा आश्रमले गत भाद्र ८ गते रौतहटको चन्द्रपुर नगरपालिका–७ स्थितबनबहुअरीमा आफ्नो २० औँ शाखा सञ्चालन गर्दै सहयोगापेक्षी बुवाहरूलाई गृह प्रवेश गराई औपचारिक रूपमा सेवा सुरु गरेको हो। पछिल्लो समय रौतहटका स्थानीय दाताहरू र समाजसेवकहरूले आश्रममा रहनुभएका आश्रितहरूको सेवा व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले निरन्तर सहयोग गरिरहेका छन्। यसै क्रममा चन्द्रपुर नगरपालिका–४ निवासी कुमारी माता र […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

नयाँ शैलीमा मानव बेचबिखन: सीमानाका जोखिममा

कञ्चनपुर, १३ पुस : भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ । मुख्य नाका गड्डाचौकीमात्र नभई वैकल्पिक तथा अवैध मार्गको प्रयोग बढ्दै जाँदा बेचबिखन नियन्त्रणमा चुनौती थपिएको छ । मानव बेचबिखनको स्वरूप समयक्रमसँगै बदलिँदै गएको र पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन, नक्कली […]

बागमती मुख्‍य समाचार समाचार

तथ्यमा आधारित समाचार अझ विश्वसनीय हुन्छ: मुख्यमन्त्री आचार्य

लुम्बिनी, १३, पुस : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । उनले भने, मोफसलको पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस सृजना गर्नु आजको आवश्यकता छ । लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी ‘न्यूज फेस्टिभलको आज लुम्बिनीमा […]

बागमती मुख्‍य समाचार समाचार

व्रिटिस कलेज सभ्य व्यवहार र संवादमा विश्वास गर्छ, अस्वाभाविक र अव्यावहारिक माग पूरा गर्दैन् : संस्थापक कँडेल

पछिल्लो समय काठमाडौं थापाथलीमा रहेको द ब्रिटिश कलेजले आफ्ना विद्यार्थीलाई ‘दुबईमा इन्टर्नसिप’ प्रदान गरेको विषय विवादमा आएको छ । केही विद्यार्थी आक्रोशित बनेका छन् । उक्त घट्नापछि कलेज भवनमा तोडफोड मात्र भएको छैन् सामाजिक संजालमा विरोध पनि भइरहेको छ । तर क्याम्पस प्रशासनले उक्त घट्नालाई केही असम्बन्धित एवम इस्यू नबुझेका विद्यार्थीले तोडमोड गरेको, अतिरन्जित गरेको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

युक्रेनको राजधानी किभमा रुसी आक्रमणपछि जेलेन्स्कीको आरोपः ‘पुटिन युद्ध प्रेमी’ मानिस हुन

काठमाडौं । युक्रेनको राजधानी कीभ र आसपासका क्षेत्रमा रुसले नयाँ चरणको भीषण आक्रमण गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “युद्ध प्रेमी मानिस” भएको आरोप लगाएका छन् । क्यानडाको नोभा स्कोटियास्थित हेलिफ्याक्समा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको साथमा बोल्दै जेलेन्स्कीले युक्रेनले शान्ति चाहेको भए पनि रुस निरन्तर युद्धमै केन्द्रित रहेको बताए । उनले भने, […]

मधेश मुख्‍य समाचार समाचार

अत्याधिक चिसो बढेपछि जनकपुरधामका विद्यालयहरु चार दिन बन्द

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरू आजदेखि चार दिनसम्म बन्द भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले एक सूचना जारी गर्दै आजदेखि १६ गतेसम्म सबै पालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा जाडो बिदा दिएको छ । यस अवधिको बिदा भने विद्यालयको वार्षिक बिदाबाट कट्टा हुने गरी लागू गरिएको शाखाले जनाएको छ । […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रहने भएको छ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको हो । आजको बैठकमा मुख्य गरी निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची तयार पार्ने विषयमा छलफल हुनेछ । निर्वाचन आयोगले आज र भोलिभित्र […]