१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राजनीतिमा बाह्य चुनौति थपियो : उपमहासचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौति थपिएको बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै राजनीतिमा बाह्य चुनौति थपिएको बताए । सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव भट्टराईले जतिसुकै चुनौति बढेपनि भागेर होइन सामना गरेर अघि बढ्ने दृढता व्यक्त […]

कोशी मुख्‍य समाचार समाचार समाज

स्वर्गीय गंगाराम कार्कीको स्मृतिमा झापा शाखामा लत्ताकपडा तथा खाद्यान्न सामग्री सहयोग

झापा। मेचीनगर नगरपालिका–४, बाहुनडाँगीमा रहेकाे मानवसेवा आश्रम झापा शाखामा आश्रित आमाबुवाहरूका लागि लत्ताकपडा तथा खाद्यान्न सामग्री सहयोग प्राप्त भएकाे छ । स्वर्गीय  गंगाराम कार्कीको आत्माको चीरशान्ति तथा बैकुण्ठ बासको कामना गर्दै कार्की परिवारका सदस्यहरूले उक्त सहयोग अर्पण गर्नुभएको हो। यस सहयोगले आश्रममा आश्रित आमाबुवाहरूको दैनिक जीवनयापन सहज बनाउन मद्दत पुगेकाे छ । झापा शाखामा हाल […]

मुख्‍य समाचार लुम्बिनी समाचार

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरुको विवरण माग गरिएको जानकारी दिए । जिल्लामा छ हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ । एक साताअघिबाट अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले […]

बागमती मुख्‍य समाचार समाचार समाज

कारागारका पर्खालभित्र जन्मिएको इन्दिरा राना मगरको आमाको सपना

काठमाडौं । कारागारको अग्लो पर्खालभित्र थुनिएका कैदीसँगै हुर्किन बाध्य निर्दोष बालबालिकाको पीडा धेरैलाई देखिँदैन । तर, यही पीडाले एक महिलाको जीवनको दिशा नै बदलिदियो, ती महिला हुन् इन्दिरा राना मगर । वि.सं. २०२७ साल असार १८ गते झापाको अर्जुनधारा नगरपालिका–११ मा जन्मिएकी इन्दिरा सानैदेखि जुझारु र आत्मनिर्भर थिइन् । प्रतापसिंह मगरकी छोरी इन्दिराले गरिबी, विभेद […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

श्रीमानको स्मृतिमा मानवसेवा आश्रम हेम्जा शाखालाई नगद सहयोग

पोखरा । हरिनास गाउँपालिका–६, हटिया, स्याङ्जा निवासी नरीकुमारी मानन्धरले स्वर्गीय श्रीमान कर्ब नारायण मानन्धरको सम्झनामा मानवसेवा आश्रम हेम्जा शाखालाई नगद सहयोग प्रदान गरेका छन्। आश्रमका आश्रितहरूको भोजन सेवा र दैनिक व्यवस्थापन सहज बनाउन मानन्धरले २५ हजार ५ सय ५५ रूपैयाँ सहयोग गरेका हुन्। मानवसेवा आश्रमले स्वर्गीय कर्ब नारायण मानन्धरको आत्माको चीरशान्ति कामना गर्दै सहयोगी दाताप्रति हार्दिक आभार व्यक्त गरेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा, १३ पुसः छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ः०० बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका चिनियाँ समकक्षीले […]

बागमती मुख्‍य समाचार समाचार

पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ

काठमाडौँ, १३ पुसः नेपालबाट प्रकाशित हुने पात्रो पञ्चाङ्ग कुन सिद्धान्तका आधारमा गर्ने भनी नेपालका विद्वानहरूले मात्र निर्णय गर्न नसकिनेमा जोड दिइएको छ । विश्व ज्योतिष महासङ्घको राष्ट्रिय समिति नेपाल, नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासङ्घ र राष्ट्रिय महिला ज्योतिष सङ्घको संयुक्त आयोजनामा शनिबार राजधानीमा भएको राष्ट्रिय ज्योतिष सम्मेलनमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष […]

गण्डकी मुख्‍य समाचार समाचार

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी, १३ पुस : पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुन ः अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रवि–बालेन मिल्दा देउवा–ओली–दाहाललाई झट्का

काठमाडौं । पछिल्लो समय नेपालको राजनीतिक वृत्तमा तीव्र हलचल देखिएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि नेपाली राजनीतिले अपेक्षाभन्दा फरक मोड लिएको छ । कांग्रेस–एमाले गठबन्धनमा बनेको सरकार अल्पकालमै पतन भयो र त्यसपछि शुसीला कार्कीको नेतृत्वमा जेन–जी सरकार गठन भयो । सरकार बने पनि राजनीतिक अस्थिरता भने कायमै देखिएको छ […]

बागमती मुख्‍य समाचार समाचार

दुर्गमका महिला पत्रकार : क्षमता विकासमा सरोकारवाला र राज्यको दायित्व

दुर्गम गाउँमा बसेर पत्रकारिता गर्नु आफैँमा चुनौतीपूर्ण काम हो । त्यसमा पनि महिला भएर पत्रकारिताको धर्म निभाउनु झन् कठिन छ । हामी गाउँका महिला पत्रकार हौँ । हामीलाई हाम्रो गाउँ, समाज, संस्कृति, समस्या र सम्भावनाबारे सबैभन्दा नजिकबाट थाहा हुन्छ । तर काठमाडौं बाहिर, विशेषगरी सुदूरपूर्व र सुदूरपश्चिमका विकट जिल्लामा पत्रकारिता गर्नु सजिलो छैन । अझै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

पोखरा, १३ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी समूहसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन् । सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा यहाँ आयोजत अन्तरक्रिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले अब मुलुक नयाँ दिशामा अघि बढ्ने बताएकी छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच बृहत् एकताको सहमति भएपछि सामाजिक सञ्जालमार्फत उनले अब क्रमश पूरा देश नै घण्टीमय हुँदै जाने र देशले काँचुली फेर्ने धारणा व्यक्त गरेकी छन् । उनले […]