१९ असार २०८३, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

बालबालिकालाई स्वर्णविन्दु प्राशन सेवन

विराटनगर, २४ मङ्सिरः विराटनगरका बालबालिकालाई स्वर्णविन्दु प्राशन सेवन गराउने कार्यक्रमअन्तर्गत आज नयाँ १८१ जनालाई सेवन गराइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले जनाएको छ । गत कात्तिक २४ गतेदेखि सुरु भएको उक्त कार्यक्रमअन्तर्गत कात्तिकमा १६० बालबालिकालाई स्वर्णविन्दु सेवन गराइएको केन्द्रका प्रमुख डा प्रवोध चौधरीले जानकारी दिए । उनका अनुसार एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउने […]

मधेश मुख्‍य समाचार समाचार समाज

उदयपुरका दनुवार समुदाय नेमान पर्व मनाउँदै

कटारी उदयपुर २४ मङ्सिरः उदयपुरका अतिसीमान्तकृत दनुवार समुदाय न्वाङ्गी नेमान पर्व मनाउँदै छन् । समुदायले धान काटेर भित्र्याएसँगै यो पर्व मनाउने गर्दछन् । जिल्लास्थित दनुवार जागरण समाजका अध्यक्ष कृष्णराज दनुवारका अनुसार यस वर्षदेखि जिल्लामा हरेक वर्ष २५ मङ्सिरका दिन नेमान पर्व मनाउने निर्णय भएको छ । जिल्लामा पहिलोपटक २५ मङ्सिरलाई दनुवारको न्वाङ्गी मनाउने निर्णय गरेका […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

जानकी बाँके, २४ मङ्सिरः ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक महिलाका लागि तीन महिनाको सीपमूलक तालिम औपचारिक रूपमा सुरु गरिएको छ । पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा बाँकेको आयोजनामा तथा गोरखनाथ ट्रेनिङ सेन्टर प्रालिको प्रविधिक सहयोगमा सञ्चालन भइरहेको यो तालिमले घोडा, खच्चड, गधालगायतका अश्वजन्य पशुपालनमा संलग्न महिलालाई सिलाइ–कटाइ र बुनाइको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सुशीला सरकार ओली पथ’मै गएर जेनजी बिद्रोहका दमनकारीको संरक्षण गर्यो : नेकपा जनपक्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी जनपक्ष ले सुशीला कार्की नेतृत्वको सरकार ‘ओली पथ’ मै गएर जेनजी बिद्रोहमाथि दमन गर्नेहरुको संरक्षण गरेको आरोप लगाएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित नगरिए संघर्षमा जाने चेतावनीसमेत दिएका छन् । पार्टीका प्रवक्ता दिनेश बर्तौलाले नेकपा क्रान्तिकारी केन्द्र, नेपाला कम्युनिस्ट पार्टी बोल्सेविक […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

काठमाडौंले टस जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ । काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोज्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन् । अंक तालिकामा तेस्रो र चौथो स्थानमा रहेका दुई टिम इलिमिनेटरमा भिड्न लागेका छन् । मंगलबार पहिलो क्वालिफायरबाट सुदूरपश्चिम फाइनल प्रवेश गरिसकेको छ । यस्तै […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

युवामाथि भ्रम फैलाउने राजा–महाराजाका आसेपासेः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल प्रचण्डले राजा, महाराजाका आसेपासेहरुले युवा पुस्तालाई सम्मान गर्ने र अपमान गर्ने पार्टी उस्तै हुन् भन्ने प्रचार गरिरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित जेनजी महोत्सव २०८२ उद्घाटन समारोहमा उनले युवा पुस्तालाई प्रेरित गर्ने र अपमान गर्ने पार्टी उस्तै उस्तै हुन् भन्ने प्रचार हिजोका राजा, महाराजा र […]

बागमती मुख्‍य समाचार समाचार

भदौ २३–२४ को आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरता र अनिश्चितता अन्त्य गर्नुपर्छ : अर्याल

काठमाडौं । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले नेकपा एमालेको महाधिवेशन ऐतिहासिक र राष्ट्रिय दायित्वसँग जोडिएको कार्यक्रम भएकाले यसलाई अनुशासित, भव्य र सकारात्मक सन्देशसहित सम्पन्न गर्न पार्टी सचेत रहेको बताएकी छन् । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आउन चार दिन मात्र बाँकी रहेको जानकारी दिँदै उनले राष्ट्र, जनता तथा पार्टीसँग जोडिएका दायित्वहरुलाई कसरी निर्वाह गर्न […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेका छौः स्वास्थ्य मन्त्री गौतम

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले मन्त्रालयले मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको बताएकी छन् । बुधबार आयोजित स्वस्थ मन, स्वस्थ जीवन : मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ नामक कार्यक्रममा बोल्दै उनले मन्त्रालयले मानसिक स्वास्थ्यलाई अब शीर्ष स्थानमा राखिएको बताएकी हुन् । उनले भनिन, ‘अहिले हामीले के गरिरहेका छौ भने त्यसलाई यो प्राथमिकताको […]

गण्डकी मुख्‍य समाचार समाचार

ताराखोलाका तीन प्रयोगशाला प्रयोगविहीन

गलकोट बागलुङ, २४ मङ्सिरः बागलुङको ताराखोला गाउँपालिकाका तीन प्रयोगशाला प्रयोगविहीन बनेका छन् । गाउँपालिकाले नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरेका प्रयोगशाला गत साउनयता जनशक्ति अभावमा सञ्चालनमा आउन सकेका छैनन् । हिल, अर्गल र अमरभूमि स्वास्थ्यचौकीमा स्थापित प्रयोगशालामा प्रयोगशाला सहायक कर्मचारी नियुक्ति गर्न नसक्दा सञ्चालनमा आउन नसकेको गाउँपालिकाले जनाएको छ । चार वर्षदेखि […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

बुधबार नेप्से परिसूचक घटेर बन्द, ३ स्टकले सकारात्मक सर्किट हाने

काठमाडौं । बुधबार शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से मंगलबार सामान्य अंकले बढेको थियो, तर बुधबार पुनः घटेर २६०६.२० विन्दुमा झरेको छ, जसमा ७।८६ अंकको कमी आएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स ०।८६ अंक, फ्लोट इण्डेक्स ०।५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।२८ अंकले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक, २४ मङ्सिरः प्रधानमन्त्री एवं काठमाडाँै विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका विश्वविद्यालयका कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको बताएका छन् । आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय केयू को ३१औँ दीक्षान्त समारोह पहिलो चरणलाई सम्बोधन गर्दै उनले कुलपति बनाउने विषयमा गम्भीर भएकाले विश्वविद्यलायका उपकुलपति सहित उच्च नेतृत्व तथा अन्य सरोकार भएकासँग परामर्श गरी सरकार गृहकार्यमा जुटेको […]

बागमती मुख्‍य समाचार समाचार समाज

पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै

मलेखु धादिङ, २४ मङ्सिरः नागढङ्गा–मलेखु सडकखण्ड एक साताका लागि आंशिक बन्द गरेर सडक विस्तारको कामलाई तीव्रता दिइएको छ । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन नागढुङ्गा–मुग्लिन सडक आयोजनाले आजदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी बन्द गरेर काम तीव्र पारेको हो । सडक आयोजनाले निकालेको सूचनाअनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा […]