१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने

काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशनपछिको पहिलो सचिवालय बैठक आज बस्दैछ । आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहान ११ बजे बैठक बस्न लागिएको हो । बैठकको मुख्य उद्देश्य आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूचीलाई अन्तिम रूप दिने रहेको छ । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

रास्वपा र प्रमुख शाहबीच राजनीतिक सहमति

काठमाडौँ, १३ पुस : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा सात बुँदे सहमति भएको छ । प्रमुख शाहले सामाजिक सञ्जालमार्फत सहमतिमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै शुभप्रभात लेखेका छन् । उनीहरूबीच आज बिहान सहमति भएको हो । सहमतिमा सभापति लामिछाने र प्रमुख शाहले हस्ताक्षर गर्नुभएको छ । सार्वजनिक […]

बागमती मुख्‍य समाचार समाचार समाज

चितवनमा ज्येष्ठ नागरिक डे–केयर तथा आवास केन्द्र सञ्चालन

नारायणगढ चितवन, १३ पुसः चितवनमा पहिलोपटक ज्येष्ठ नागरिकका लागि डे–केयर तथा आवास केन्द्र सञ्चालनमा आएको छ । आरोग्य केयरले भरतपुर महानगरपालिका–११ नौरङ्गेमा उक्त केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो । केन्द्रले प्रारम्भिक चरणमा १५ ज्येष्ठ नागरिकलाई आवासीय सेवा प्रदान गर्नेगरी सेवा सुरु गरेको छ । यहाँ फिजियोथेरापीसहित विभिन्न स्वास्थ्य सेवा, मनोरञ्जनात्मक कार्यक्रम तथा सामाजिक […]

बागमती मुख्‍य समाचार समाचार समाज

‘अविरल जनसाहित्य यात्रामा कवि डा धितालका कविता प्रस्तुत

काठमाडौँ, १३ पुसः राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा मासिक रूपमा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’को १०५औँ शृङ्खलामा शनिबार चिकित्सक एवं प्रगतिवादी कवि डा सरोज धितालका एक दर्जन कविता प्रस्तुत गरिएका छन् । कवि धितालका ‘आँसु, धरहरा लासहरूको’, ‘तिमीलाई चिन्ता’ र ‘सपना’ शीर्षकका कविता उनी आफैँ र सहयोगी कविहरू गौरी प्रधानले धितालका पचास वर्ष पुरानो ‘क्रान्तिकारी’ शीर्षकको र […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १३ पुस : नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर […]

गण्डकी मनोरन्जन मुख्‍य समाचार समाचार

समीक्षाका गीतमा झुमे दर्शक

गण्डकी, १३ पुसः गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिए । पुसको जाडोमा पनि उहाँको प्रस्तुतिले माहोल केहीबेर ततायो । अधिकारीका चर्चित गीतमा दर्शक झुमे । उनीसगै स्वरमा स्वर मिलाए । ‘मुटुमै बसेछ गीतसँगै मञ्च उक्लीएकी अधिकारीले ‘हावा चिसोचिसो।।।’ बाट आफ्नो प्रस्तुतिलाई बिट मारे । अधिकारीले ‘शिरमा शिरबन्दी, दुश्मन हेरेको हेरै, बुझिन मैले, सूर्ति […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन ६७ दिन बाँकीः एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

काठमाडौँ, १३ पुसः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो । प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचनमा जान सबै दल तयार रहेको मन्त्री खरेलको दाबी

  काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् । आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता जनाएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीज्यूले बोलाएको उच्चस्तरीय वार्तामा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन् । मन्त्री घिसिङले भने, ‘नेपालमा हामी चाहेको कुरा सबै गर्न सक्छौं । यहाँ नै स्वर्ग छ । नेपालमै उत्पादन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार प्रधानमन्त्रीले तीन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक भए पनि विचार मिलेको आधार वैचारिक हो कि स्वार्थजन्य भन्ने प्रश्नको उत्तर भने समयले नै दिने बताएका छन् । उनले सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउने प्रवृत्तिबाट आएका शक्तिहरू समेत लोकतान्त्रिक प्रतिस्पर्धामार्फत त्यहीँ सिंहदरबारमा पुग्न खोज्नु आफैँमा सकारात्मक सङ्केत भएको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गृहमन्त्री ओमप्रकाश अर्यालका १०० दिनः जेनजी राहतदेखि निर्वाचन तयारीसम्म

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको संवेदनशील राजनीतिक परिस्थितिमा गृह मन्त्रालयको नेतृत्व सम्हालेका गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यभार सम्हालेको १०० दिन पूरा भएको छ । यस अवधिमा गृह मन्त्रालयले जेनजी आन्दोलन व्यवस्थापन, राहत, शान्ति–सुरक्षा, सुशासन, निर्वाचन तयारी र सेवा प्रवाह सुधारमा उल्लेखनीय काम गरेको छ । जेनजी आन्दोलनः राहत र सम्मानमा सरकारको पहल […]