१६ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान होः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी पूर्णपाठसहित

काठमाडौँ, २१फागुनः  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन् । आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा अपिल जारी गर्दै उनले हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक–एक मतले राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्व कस्तो हुने भन्ने  तय गर्ने भएकाले निर्वाचनको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान

काठमाडौँ, २१ फागुनः जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो […]

बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा सुरक्षा परिषद् बैठक सम्पन्न, प्रतिनिधि सभा निर्वाचन तयारीमा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । बैठकमा देशको वर्तमान सुरक्षा अवस्था, आगामी निर्वाचन तयारी, र संभावित सुरक्षा चुनौतीहरूबारे विस्तृत छलफल गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा बिहीबार हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्थाहरूको समिक्षा गर्न आयोजित गरिएको थियो । यस […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री कार्कीले र राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् । आज भएको भेटमा समसामयीक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन् ।

बागमती मुख्‍य समाचार समाचार

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानअन्तर्गत दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ । दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत कार्यरत श्री चण्डीप्रसाद गण (शान्ति सेना) एघारौं डफ्फालाई बदली गर्न श्री गरुड दल गण (शा.से.) एफआरबी १२औं डफ्फाका १६५ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाको […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा, टेलिफोन नभएको स्थानमा भी–सेटको व्यवस्था

धनगढी । सुदूरपश्चिम प्रदेशमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कनर्यालय धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशका २ हजार १ सय ९९ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । सबै निर्वाचन केन्द्रका मतदान अधिकृतसँग समन्वय जारी रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताए । सुदूरपश्चिम प्रदेशका बझाङ, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरे । उनले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार (फागुन २१ गते) हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जनाएको छ । गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचनका दिन अधिकांश स्थानमा मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको ‘निर्वाचन विशेष मौसम बुलेटिन–२’ अनुसार फागुन २० गतेदेखि २२ गतेसम्म उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिने जनाएको छ । विभागका अनुसार निर्वाचन अवधिभर देशका अधिकांश भू–भागमा […]

बागमती मुख्‍य समाचार समाचार

भ्रामक समाचार नपत्याउन मतदातासँग आसिका तामाङको अपिल

काठमाडौं । धादिङ क्षेत्र नं १ की उम्मेदवार आसिका तामाङले आफ्नो उम्मेदवारी खारेज भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत उक्त समाचार पूर्ण रूपमा भ्रामक र असत्य भएको स्पष्ट पारेकी हुन् । निर्वाचनको अन्तिम चरणमा केही मिडिया हाउसहरूले ‘आसिका तामाङको उम्मेदवारी खारेज भयो’ भन्ने शीर्षकमा समाचार […]

बागमती मुख्‍य समाचार विशेष समाचार

निर्वाचनका कारण ललितपुरमा भोली फोहोर सङ्कलन तथा सरसफाइका कार्यहरु स्थगित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण बिहीबार फोहोर सङ्कलन तथा सरसफाइका कार्यहरु ललितपुर महानगरपालिकालले स्थगित गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै महानगरपालिकाको वातावरण तथा सरसफाइ शाखाले प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण भोलीका लागि नियमित फोहोर सङ्कलन कार्य स्थगित गरिएको जानकारी दिएको छ । फोहोर सङ्कलन कार्य स्थगित हुने भएकाले फोहोरलाई जथाभाबी सडक, सार्वजनिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भोलि(फागुन २१) हुने निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने गरी प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् । बैठकमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति गरी ६ जना सहभागी हुने छन् ।