१३ आश्विन २०८३, मंगलवार
गण्डकी मुख्‍य समाचार समाचार समाज

कृषकलाई प्रोत्साहन गर्न दूधमा रु १० अनुदान

दमौली तनहुँ, १४ पुसः म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले दूग्ध व्यवसायलाई व्यवस्थित, व्यावसायिक र दिगो बनाउने लक्ष्यसहित उक्त कार्यक्रम अघि सारेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार स्थानीय दुग्ध उत्पादक किसानको उत्पादन लागत बढ्दै […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै

काठमाडौँ, १४ पुस : प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु भएको हो । पहिलो दिन आइतबार केही साना दलका तर्फबाट मात्र बन्द सूची पेस भएको थियो । नेपाली […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल

गण्डकी, १४ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन आउनुपर्ने बताएका छन् । विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज पोखरामा आयोजना गरेको विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापनसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रियाको उद्घाटन गर्दै उहाँले देश निर्वाचनतर्फ लागिसकेका अवस्थामा राजनीतिमा परिवर्तन ल्याउन सही नेतृत्व चयन गर्नुपर्ने बताए । निर्वाचन सुनिश्चित […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

‘मेड इन बागलुङ मार्फत स्थानीय उत्पादनको प्रवर्द्धन

ढोरपाटन बागलुङ, १४ पुसः ‘मेड इन बागलुङ मार्फत बागलुङका साना तथा मझौला उद्यमीले उत्पादन गरेको वस्तुको प्रवर्द्धन र बजारीकरण गर्न थालिएको छ । उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ बागलुङ महोत्सवमा स्थानीय उत्पादनका लागि मेड इन बागलुङ कक्ष स्थापना गरी प्रवर्द्धन गर्न थालिएको हो । स्थानीय उत्पादन मात्रै राखेर प्रचारप्रसार र बिक्री गर्ने स्टललाई ‘मेड […]

बागमती मुख्‍य समाचार समाचार समाज

मानवसेवा आश्रमद्वारा सञ्चालित रात्रिकालीन सडकसेवा मार्फत शनिबार राति १० जना बेवारिसे व्यक्तिको उद्धार

काठमाडौँ ।मानवसेवा आश्रमका सबै शाखाहरूले हरेक शनिबार नियमित रूपमा रात्रिकालीन सडकसेवा सञ्चालन गर्दै आइरहेका छन्। यसै क्रममा शनिबार राति सञ्चालन गरिएको सडकसेवामार्फत १० जना सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रानीवन शाखाबाट ४ जना, विराटनगर शाखाबाट २ जना तथा मुख्य कार्यालयअन्तर्गत हेटौँडा, सर्लाही, लमजुङ र नेपालगञ्ज शाखाबाट १–१ जना गरी जम्मा १० जनाको उद्धार […]

बागमती मुख्‍य समाचार समाचार समाज

पुसको दोस्रो हप्तामा मानवसेवा आश्रमद्वारा ३८ जनाको उद्धार, १० जनाको पारिवारिक पुनर्मिलन

काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न शाखाहरू मार्फत पुसको दोस्रो हप्तामा ३८ जना सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गरिएकाे छ । उद्धार हुनेमध्ये २७ जना पुरुष र ११ जना महिला रहेका छन्। सोही अवधिमा आश्रमले १० जना आश्रितहरूको पारिवारिक पुनर्मिलन गराउन पनि सफल भएको छ। आश्रमले कठ्याङ्ग्रिदो जाडोमा खुला सडकपेटी तथा सार्वजनिक स्थलहरूमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरूको नेपाल प्रहरी, नगर प्रहरी तथा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

व्रिटिस कलेजका विद्यार्थी भन्छन् : थोरै पीडित हुँ तर निराधार आरोप लाग्यो, अतिरन्जित गरियो

काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजमार्फत दुबइमा सञ्चालन गरिएको इन्टर्नसिप कार्यक्रम यतिबेला विवादको घेरामा परेको छ । इन्टर्नसिपका क्रममा काम नपाएको, व्यवस्थापन कमजोर भएको र विद्यार्थीमाथि अन्याय भएको आरोप लागेपछि विवादको विषय शिक्षा मन्त्रालयसम्म पुगेको छ । मन्त्रालयले छानबिन समिति गठन गरी अध्ययन गरिरहेको छ भने केहि विद्यार्थी संगठनहरूले आन्दोलन समेत गरेका छन् । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रुस–युक्रेन शान्ति वार्ता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार फ्लोरिडाको मार–ए–लागोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता सुरु गर्दै ट्रम्पले अब युद्ध समाप्त हुने वा लामो समयसम्म जारी रहनेमध्ये एक अवस्था आउने स्पष्ट पारे । ट्रम्पका अनुसार यदि अहिले शान्ति सम्झौता हुन सकेन भने युद्ध लामो […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

चीन र जापानबीचको कूटनीतिक विवादपछि जापानको पर्यटन उद्योग प्रभावित

एजेन्सी । चीन र जापानबीचको कूटनीतिक विवादको परिणामले जापानको पर्यटन उद्योगलाई नकारात्मक असर परेको छ । गत महिना, जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमा चिनियाँ मुख्य भूमिको काल्पनिक आक्रमणले टोकियोबाट सैन्य प्रतिक्रिया निम्त्याउन सक्छ भनेको विषयलाई चीनले आक्रामक रुपमा लिएको थियो । चीनले ताकाइचीको टिप्पणीको तुरुन्तै खण्डन गरेपनि चिनियाँ जनताले जापानी उत्पादन र सेवाहरूको ठूलो मात्रामा […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

करेन्ट लागेर एक महिलाको मृत्यु

कञ्चनपुर, १४ पुसः बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लाग्दा २८ वर्षीया हरिना चौधरी घाइते भएकी थिइन् । घाइते अवस्थामा रहेकी चौधरीलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको थियो । उपचारकै क्रममा बिहान चिकित्सकले चौधरीलाई मृत घोषणा […]

खेलकुद गण्डकी मुख्‍य समाचार समाचार

म्यान अफ द गोरखा दौडको उपाधि नेपाली सेनाका रोकायलाई

गोरखा, १४ पुसः गोरखामा आयोजित ‘म्यान अफ द गोरखा दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जित्नु भएको छ । गोरखा उद्योग वाणिज्य सङ्घ गोरखाले १२ औँ गोरखा महोत्सवको अवसरमा आज आयोजना गरेको प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन आर्मी क्लबका धावक रोकायले २९ मिनेट ३८ सेकेण्डमा पूरा गरेर उपाधि हात पारेका हुन् । गोरखा […]

बागमती मुख्‍य समाचार समाचार

आज ६ सयले सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको छ । हिजो आइतबार सुनको मूल्य २ लाख ७० हजार ६०० कायम भएको थियो भने आज ६ सयले घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको […]