१३ आश्विन २०८३, मंगलवार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको मंगलबार बिहान निधन भएको छ । ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत अवस्थामा उनको ८० वर्षको उमेरमा मृत्यु भएको नेसनलिस्ट पार्टीले जनाएको छ । पार्टीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ६ बजे, फजरको नमाजपछि खालिदा जियाको निधन भएको हो । नेस्नलिस्ट पार्टीले आफ्नो आधिकारिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चुनावी तयारीकै बीच आयोगभित्र युवाको विरोध, लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न

काठमाडौं । निर्वाचनको औपचारिक तयारी तीव्र बन्दै गएको समयमा निर्वाचन आयोग परिसरभित्रै युवाहरूको विरोध प्रदर्शनले लोकतान्त्रिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ । सोमबार साँझ आफूलाई जेनजी समूहको रूपमा चिनाउने केही युवाहरूले आयोगको सुरक्षा घेरा तोड्दै प्रवेश गरी चुनाव रोक्न माग गर्दै नाराबाजी गरेका थिए । राजनीतिक दलहरू समानुपातिक उम्मेदवारहरूको बन्द सूची बुझाइरहेका बेला भएको प्रदर्शनले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारी तीव्र बन्दै गएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूची पेश गर्ने अन्तिम दिन हिजो निर्वाचन आयोगमा दलहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। निर्वाचन आयोगले स्वीकृत कार्यक्रमअनुसार पौष १३ र १४ गते बन्द सूची पेश गर्ने समय तोकेको थियो। तोकिएको समयभित्र आयोगमा उपस्थित […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त

  काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले यी पर्वहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउँदै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड

  काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सबै जाति तथा समुदायको सहअस्तित्व, समानता र समावेशितामा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र राष्ट्रिय एकता सुदृढ हुनसक्ने बताएका छन् । मंगलबार तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वको अवसरमा जारी शुभकामना सन्देशमा मार्फत उनले नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगम रहेको संस्कृतिहरूको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्ः कार्यवाहक सभापति खड्का

पाटन ललितपुर, १५ पुसः नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भनेर तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । तमु गुरुङ जातिकोे महान पर्व ‘तमु ल्होसार’ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति खड्काले यो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक […]

बागमती मुख्‍य समाचार समाज

बन्दीपुरमा एकैसाथ एक हजार जनाद्वारा चुड्का नाच प्रदर्शन

दमौली तनहुँ, १५ पुसः बन्दीपुर भ्रमण वर्षको अवसरमा आज यहाँ बृहत् चुड्का नाच प्रदर्शजन गरिँदैछ । बन्दीपुर भ्रमण वर्ष र तमु ल्होसारको अवसर पारेर बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा एकैपटक एक हजार जनाले चुड्का नाच प्रदर्शन गर्दैछन् । उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको चुड्का नाचका संयोजक एवं पर्यटनविद् हरिसिंह गुरुङले जानकारी दिए । चुड्का नाचका लागि […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

आज पुस १५ तमु ल्होसार पर्व मनाइँदै

काठमाडौँ, १५ पुसः गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ वर्ष र सार को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ […]

गण्डकी मुख्‍य समाचार राजनीति समाचार समाज

नवलपरासीमा दुई लाख ५४ हजार मतदाता

नवलपरासी बर्दघाट सुस्ता पश्चिम, १५ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि पश्चिम नवलपरासीमा कूल मतदाताको अन्तिममा नामावली सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपरासीका सूचना अधिकारी रामकरण लोनियाले जिल्लामा दुई लाख ५४ हजार १५७ जना कूल मतदाता रहेका जानकारी दिए । उनका अनुसार पुरुष एक लाख २९ हजार ९७० र […]

बागमती मुख्‍य समाचार समाचार

सन्तान प्राप्तिको कामनाले पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौँ, १५ पुसः आज पौष शुक्ल एकादशी पुत्रदा एकादशीको व्रत गरिँदैछ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले सन्तान प्राप्ति हुने विभिन्न पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यो एकादशीको माहात्म्य युधिष्ठिरले सोधेपछि भगवान् श्रीकृष्णले आज्ञा गर्दै पुत्रदा एकादशीको व्रतले सबै पापलाई हरण गर्ने उल्लेख गर्नुभएको पनि विभिन्न ग्रन्थमा लेखिएको छ । समस्त कामना […]

बागमती मुख्‍य समाचार समाचार

वीरेन्द्र अस्पतालको शतवार्षिकी सम्पन्न

काठमाडौँ, १५ पुसः नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालले आफ्नो स्थापनाको १००औँ वर्ष पूरा गरेको छ । सो अवसरमा सोमबार प्रधानसेनापति महारथी अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा जङ्गीअड्डास्थित सभामण्डपमा विविध कार्यक्रम गरी वार्षिकोत्सव समारोह सम्पन्न भएको हो । सैनिकका रूपमा राष्ट्रपतिको कर्तव्य र स्वास्थ्यकर्मीका कठिन जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी वीरेन्द्र अस्पतालको चिकित्सा क्षेत्रमा विशेष योगदान पु¥याउने प्रथम […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा, १५ पुसः मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत मङ्सिर १९ गते प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्रीमा नियुक्त […]