१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति समाचार

सात जना सचिवहरूको सरुवा तथा पदस्थापन, गृहमा श्रेष्ठ

काठमाडौं । सरकारले गृह सचिवसहित सात जना सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। त्यसैगरी, लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट हेर्न नभ्याइने

काठमाडौँ, १४ पुस : सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १० बुँदे सम्झौता असंवैधानिक भएको भन्दै गर्दै दायर भएको रिट निवेदन आज हेर्न नभ्याइने भएको छ । न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आज पेसी तोकिएको भए पनि अरू मुद्दाको सुनुवाइ गर्दागर्दै हेर्न नभ्याइने सूचीमा परेको हो । यसअघि, न्यायाधीश टेकप्रसाद […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन :रमेश लेखक

काठमाडौं । गत भाद्र २३ र २४ गतेको घट्नाका तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रदर्शनमा आफूले कुनैपनि बल प्रयोग र गोली चलाउने लिखित एवम मौखिक आदेश नदिएको स्पष्ट पारेका छन् । सोमबार जाँचबुझ आयोगमा बयान दिएपछि पत्रकार सम्मेलन गर्दै उनले गृहमन्त्रीलाई कुनैपनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार नरहेको भन्दै आफूले कुनैपनि बल प्रयोग र […]

बागमती मुख्‍य समाचार समाचार

साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर बन्द भएको हो । आइतबार उच्च अंकको वृद्धिपछि सोमबार बजारमा करेक्सन देखिएको विश्लेषण गरिएको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले घट्दै २६२२.८८ विन्दुमा झरेको […]

बागमती मुख्‍य समाचार समाचार

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

चितवन, १४ पुसः आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई दिइएको छ । पूर्वी चितवनका चार पालिकाबाट राजस्व कार्यालयका काम हुने गरी आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाले काम गर्नका लागि सम्झौता भएको हो । अर्थ सचिव डा घनश्याम उपाध्यायको उपस्थितिमा आन्तरिक राजस्व कार्यालय भरतपुरमा आज सम्झौतामा […]

बागमती मुख्‍य समाचार समाचार

शेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त

काठमाडौं । झूटो धितोपत्र कारोबार तथा शेयर मूल्य प्रभावित पारेको आरोपमा पक्राउ परेका शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटी बुझाएर थुनामुक्त भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अग्रवालसँग ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिव कुरमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मुलुकी फौजदारी कार्यविधि […]

बागमती मुख्‍य समाचार समाचार

उपत्यक ट्राफिक प्रहरीलाई म्याजिक लाइट हस्तान्तरण

काठमाडौँ, १४ पुसः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारीसाधन व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यका साथ ‘म्याजिक लाइट हस्तान्तरण गरिएको छ । उक्त म्याजिक लाइटलाई लायन्स कल्ब अफ काठमाडौँ थलीले खरिद गरी आज जिल्ला प्रशासन कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई हस्तान्तरण गरिएको हो […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

सुर्यविनायकमा चिडियाखाना निर्माणको काम चाँडै सुरु हुन्छ :मन्त्री चौलागाईँ

काठमाडौं । वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाईँले भक्तपुरको सुर्यविनायकमा चाँडै चिडियाखाना बनाउने घोषणा गरेका छन् । सोमबार चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले चिडियाखाना निर्माणको लागि आवश्यक प्रकृया र कागजातहरुको बारेमा काम गरिरहेको बताउँदै अब चाँडै निर्माणको घोषणा गर्ने […]

कोशी मुख्‍य समाचार समाचार समाज

आचार्य दम्पत्तीद्वारा मानवसेवा आश्रम धरानलाई १ लाख सहयोग

धरान। मानवसेवा आश्रम धरान शाखालाई आर्थिक सहयोग प्राप्त भएको छ। सेवा सञ्चालनको छोटो अवधिमा धरानबासी मनकारी दाताहरूले निरन्तर सहयोग गर्दै आइरहनु भएको छ। आश्रमको सेवा सरकारको आंशिक सहयोग तथा दाताको योगदानबाट सुचारू हुने गर्दछ। सोही क्रममा धरान उपमहानगरपालिका–१, लक्ष्मीचोक निवासी धनञ्जय आचार्य तथा इन्द्रिरा आचार्यले शाखाको सेवा व्यवस्थापनका लागि नगद १ लाख सहयोग प्रदान गर्नु […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान नपर्ने

बन्दीपुर तनहुँ, १४ पुसः तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु २५ लाख मूल्यको सुन्तला बेच्दै छन् । अघिल्लो वर्ष सुन्तला बेचेर उहाँले रु २२ लाख आम्दानी गरेका थिए । यसअघि ठेक्कामा दिएर सुन्तला बेच्दै आएका सुन्तला किसान गुरुङ यस वर्ष अरूलाई नदिई आफैँ सुन्तला बेच्दै छन् । अहिलेसम्म रु १० […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जनता समाजवादी पार्टी र जसपा, नेपालबीच एकीकरण

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीबीच एकीकरण भएको छ । एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित दुवै पार्टीबीच औपचारिक रूपमा एकीकरण गरिएको हो । एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ […]

बागमती मुख्‍य समाचार समाचार

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट

काठमाडौँ, १४ पुसः दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले यस वर्षका लागि विभिन्न पुरस्कार पाउने स्रष्टाको नाम छनोट गरेको छ । प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा सम्पन्न बैठकले २०८२ सालका विभिन्न चार पुरस्कारको निर्णय गरेको हो । अध्यक्ष पन्तका अनुसार रु २५ हजार राशिको ‘शङ्कर कोइराला आख्यान पुरस्कार आख्यानकार मधुवन पौडेललाई, रु ५१ हजार १११ राशिको चुडामणि […]