१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

बैतडीमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बैतडी, १५ पुसः यहाँ अस्थायी मतदाताको विवरण सङ्कलन थालिएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन सुरु गर्ने भएको हो । यहाँका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीको विवरण माग गरि नामावली सङ्कलनको काम थालिएको निमित्त जिल्ला निर्वाचन अधिकारी पुरषोत्तम जोशीले […]

मधेश मुख्‍य समाचार समाचार

युवाहरुलाई हरेस नाखाने सन्देश दिन उल्टो साईकल चलाउँदै महोत्तरीका जे.बी.पोखरेल

जनकपुर । ‘युगले हार्न सक्छ युवाहरु नहार, सबल बनाउ थेग्न कांध मातृ भूमीको भार’ यो गीत गुनगुनाउँदै जनकपुरधामको मुख्य प्रवेशद्वारा रामानन्द चोकमा उल्टो साईकल चलाएर घुमिरहेका जीवनाथ पोखरेलले सबैको ध्यान तानेका छन् । ह्यान्डल विनाको दुई पाँङ्ग्रे साईकल त्यसमा पनि उल्टो हाकिँरहेको देखेर कसैले मोबाईल निकालेर फोटो खिच्छन् भने कसैले रोकेर पोखरेलसंग सेल्फि लिने गर्छन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता डंगोलले युवाहरुलाई राजनीतिमा ल्याउने कुरालाई नेकपा एमालेले व्यवहारमा उतारेको बताईन् । मंगलबार काठमाडौंमा आयोजित एमालेको ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक विचार गोष्ठीमा उनले अन्य पार्टीहरुले युवाहरु राजनीतिमा आउनु पर्छ, युवाहरुलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र बोली बनाएको भन्दै नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

काठमाडौँ, १५ पुसः पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा आज भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ । उनीहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको […]

कोशी मुख्‍य समाचार समाचार

मेची भन्सार कार्यालय : पाँचमहिनामा रु तीन अर्ब ८० करोड राजस्व सङ्कलन

भद्रपुर झापा, १५ पुस : मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच […]

मुख्‍य समाचार लुम्बिनी समाचार

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु

भोजपुर, १५ पुस : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै यहाँ विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो । विद्यार्थीलाई प्रत्यक्ष रूपमा मतदाता शिक्षा प्रदान गरी उनीहरूका माध्यमबाट घरघरमा […]

गण्डकी मुख्‍य समाचार समाचार

नयाँ वर्षको स्वागतमा व्यग्र पोखरा

गण्डकी, १५ पुसः सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँ वर्षको छेकोमा आयोजित सडक महोत्सवले लेकडसाइडमा बेग्लै चहलपहल छ । पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको […]

कोशी मुख्‍य समाचार समाचार समाज

प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान

खोटाङ, १५ पुसः साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत सोमबार वडा नं ३ खिदिमास्थित मानेभञ्ज्याङ–पाँचधारे सडकखण्डमा सरसफाइ गरिएको छ । साविक खिदिमा गाविस वडा नं ६ ढाँडे टोलका २१ जना स्थानीयको सहभागितामा करिब दुई किलोमिटर सडक सरसफाइ गरिएको हो । सडकको दायाँ–बायाँ फैलिएका झाडी तथा विभिन्न प्रजातिका बोटबिरुवा र भलबाढीका कारण थुनिएका नालीले […]

कोशी मुख्‍य समाचार समाचार

भोजपुरमा पिपिआर र स्वाइन फिभर’ रोगविरुद्ध खोप अभियान सुरु

भोजपुर, १५ पुसः जिल्लामा भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपालक किसानलाई लक्षित गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा अभियान सञ्चालनमा ल्याइएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार जिल्लाका सबै नौवटै […]

बागमती मुख्‍य समाचार समाज

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भक्तपुर, १५ पुसः मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् । लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना७ ख ९२६६ नंको डिजेल बोकेको ट्याङकरले भक्तपुरतर्फ नै जाँदै गरेको बा २३ प ९२३४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

काठमाडौँ, १५ पुसः प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताएका छन्। बालुवाटारमा आज राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले आम जनताको उल्लेख्य सहभागितामा आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सफल तुल्याउनुपर्नेमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सबै निर्माण व्यवसायी गलत छैनन्, राम्रालाई प्रोत्साहित गर्नुपर्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सडक मर्मत–सम्भारमा बजेट अभाव र संघीय, प्रदेश तथा स्थानीय तहबीचको समन्वयको कमीले समस्या उत्पन्न भइरहेको बताएका छन् । मंगलबार सडक बोर्ड नेपालको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले राजस्वका रूपमा संकलन गरेको सम्पूर्ण रकम सडक बोर्डले नियमित […]