१३ आश्विन २०८३, मंगलवार
मधेश मुख्‍य समाचार समाचार

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

चन्द्रपुर रौतहट, १६ पुस : मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो । बाटोबाट बुलेट हटाउन छवटा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बदलिँदो विश्व राजनीति र आन्तरिक चुनौतीकाबीच बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति अझ सान्दर्भिक बनेको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा जारी सन्देशमा नेता कोइरालाले आजभन्दा पाँच दशकअघि विश्व महाशक्तिहरूको द्वन्द्व र दबाबबीच नेपालजस्तो संवेदनशील भू–राजनीतिक अवस्थाको देशलाई सुरक्षित राख्न बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका दुई महत्वपूर्ण समितिको बैठक आज बस्दैछ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको १४६ औँ बैठक आज बिहान ११ः३० बजे सिंहदरबारस्थित संसद भवनमा बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ । साथै विविध विषयमा समेत छलफल हुने समितिले कार्यसूचीमा तय गरिएको छ। यस्तै, […]

बागमती मुख्‍य समाचार समाचार

आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज १ हजार १ सय रुपौँयाले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको थियो । सुनको […]

मधेश मुख्‍य समाचार समाचार समाज

चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड खुल्यो, सवारी सञ्चालन सुचारु

रौतहट । गत २४ घण्टादेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड मंगलबार बिहान पुनः खुल्यो । भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी–१७ एटी–२११४ नम्बरको एलपी ग्यास ट्यांकर दुर्घटना भएपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका निरीक्षक राजेन्द्र थापा मगरका अनुसार, प्राविधिक टोलीले पल्टिएको बुलेट वारुणयन्त्र र क्रेनको सहयोगमा सुरक्षित रूपमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल

मोरङ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको काम तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन् । बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारको काम दिन गनेर सरकारमा बस्नु नभई निर्वाचन सम्पन्न […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नेपाल राष्ट्रलाई कठिन मोडबाट बाहिर निस्कन गम्भीर समीक्षा र धैर्यपूर्ण राजनीतिक निकास आवश्यक रहेको बताए । भट्टराईले अहिलेको सङ्कटलाई सामान्य राजनीतिक उतार–चढावका रूपमा मात्र हेर्न नहुने उल्लेख गरे । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

झलनाथ खनाल दम्पती भन्छन् : सरकारमा मानवता छैन, विवेकहीन छ

पूर्वप्रधानमन्त्री खनाल पत्नी चित्रकार भन्छिन् : जेनजीका नाममा देशलाई ध्वस्त पार्न खोजियो काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ । गत भाद्र २४ गतेको जेनजी आन्दोलनको नाममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो । निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी चित्रकार भारतमा तीन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बदलिँदो विश्व राजनीति र आन्तरिक चुनौतीकाबीच बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति अझ सान्दर्भिक बनेको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा जारी सन्देशमा नेता कोइरालाले आजभन्दा पाँच दशकअघि विश्व महाशक्तिहरूको द्वन्द्व र दबाबबीच नेपालजस्तो संवेदनशील भू–राजनीतिक अवस्थाको देशलाई सुरक्षित राख्न बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेतृ तोसिमा कार्कीले समानुपातिक सूचीमा पारिवारिक आकांक्षा र पक्षपातको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छन्। समानुपातिक प्रणालीले भौगोलिक विकटता, पहुँच र पावर नभएका योग्य व्यक्तिहरूलाई प्रतिनिधित्व दिने उद्देश्य राखेको भन्दै पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति जनाएकी हुन् । उनले लेखेकी छन्, ‘समानुपातिक को अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना

काठमाडौं । आज नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना गरेको छ । महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्रलाई उकास्न र विकासका नयाँ मार्ग तय गर्न यो संवाद आवश्यक भएको बताए। उनले यस अवसरमा राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौँ, १६ पुसः देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ एफएनसिसिआई०को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहनुहुने एफएनसिसिआईले जनाएको छ । संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता जेनजी, नागरिक समाज तथा सञ्चार क्षेत्रका […]