१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

मानवसेवा आश्रममा ३ सय भारतीय नागरिक, पारिवारिक पुनर्मिलन जारी

काठमाडौँ । मानवसेवा आश्रमको उद्धार तथा पारिवारिक पुनर्मिलन विभागले सार्वजनिक गरेको विवरणअनुसार हाल आश्रममा ३ सय जना भारतीय नागरिक संरक्षणमा रहेका छन्। आश्रमले बेवारिसे अवस्थामा जीवनयापन गर्न विवश व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलनमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। नेपाल–भारत खुला सीमानाका कारण मानसिक अवस्था कमजोर भएका वा विभिन्न कारणले परिवारबाट टाढिएका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचनको तयारीमा आयोग, एआईको समेत अनुगमन हुने

काठमाडौं । निर्वाचन आयोगले २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वीकृत कार्यतालिका अनुसार यस हप्ता विभिन्न महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ । आयोगका अनुसार निर्वाचन आचारसंहिता पारित गर्नुका साथै राजनीतिक दलको समानुपातिकतर्फको बन्दसूची बुझ्ने र छानबिन गर्ने, निर्वाचन खर्चको सीमा निर्धारण गर्ने, निर्वाचन पर्यवेक्षण गर्ने संस्थालाई अनुमति प्रदान गर्ने तथा स्थानीय […]

बागमती मुख्‍य समाचार समाचार

मिर्गौला पीडितहरुद्वारा सहयोगको याचना

गलकोट बागलुङ, १८ पुसः मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी हुनुहुन्थ्यो । उनी १२ कक्षामा पढ्थे । औषधि खाएर निको हुन्छ भनेको समस्या बल्झिँदा बल्झिँदै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको छ । बागलुङ नगरपालिका–१ निवासी मनिषा बोसेलले मिर्गौलामा समस्या देखिएर औषधि खान थालेको सात वर्ष भयो । डायलायसिस गराउन थालेको चार वर्ष भयो । सामान्य […]

बागमती मुख्‍य समाचार समाचार

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १८ पुसः प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति हुनु सहायकरथीत्रय रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा उनहीरू तीनै जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका एक […]

कोशी मुख्‍य समाचार समाचार

छेकम्पारमा आगलागी हुँदा एकजना घाइते

गोरखा, १८ पुसः उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले बताए । आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिए। घाइतेको छेकम्पारमै प्राथमिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातक : जेनजी युवा

काठमाडौं । जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातक हुने जेनजी युवाहरुले ठहर गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफूहरुका भावनालाई कुल्चे सह्य नहुने चेतावनीसमेत दिएका छन् । जेनजी वीरेन्द्र शाहीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका मागहरुबारे सरकार बेखबरजस्तै बन्नु दुर्भाग्य भएको बताएका छन् । दिनदिनै नौजवान युवाहरु विदेशीनु, […]

मधेश मुख्‍य समाचार समाज

बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित, राजमार्गमा सवारी चलाउन कठिन

रौतहट । रौतहटको चन्द्रनिगाहपुर खण्डस्थित पूर्व–पश्चिम राजमार्ग लगायत जिल्लाका अधिकांश भू–भागमा आज बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ । हुस्सुले गर्दा भिजिबिलिटी (दृश्यता) कम भएपछि राजमार्गमा गुड्ने सवारी साधनहरू बत्ती बालेर ढिलो गतिमा गुड्न बाध्य छन् । बाक्लो हुस्सु र कुहिरोका कारण सडकमा भिजिबिलिटी कम भई दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले चालकहरूका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन क्रियाशील छौं : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन महानगर निरन्तर प्रयासरत रहेको बताएकी छन् । शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर–८ मा रहेको रामघाट प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा एक्स–रे मेसिनको उद्घाटन गर्दै उपप्रमुख डंगोलले सबै नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु महानगरको प्राथमिकता रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘स्वास्थ्य सेवा […]

बागमती मुख्‍य समाचार समाज

गाँजा फडानी एकातिर, मुख्यमन्त्रीको समर्थन अर्कोतिर

हेटौँडा । मकवानपुरका दुर्गम क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकामा एकातर्फ प्रहरीले ३० बिघामा लगाइएको गाँजा र अफिमखेती नष्ट गरिरहेको छ भने अर्कोतर्फ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका सार्वजनिक अभिव्यक्तिले प्रदेश सरकारकै नीति, प्रशासन र कानुनमाथि गम्भीर प्रश्न उठाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विशेष अभियान सञ्चालन गर्दै राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विभिन्न […]

गण्डकी मुख्‍य समाचार समाचार

आश्रमका आश्रितहरूका लागि मानसिक स्वास्थ्य परामर्श सेवा

पोखरा। मानवसेवा आश्रम छोरेपाटन शाखाको संरक्षणमा रहनुभएका आमाहरूलाई लक्षित गरी मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्रदान गरिएको छ। गण्डकी मेडिकल कलेज (GMC) को सहकार्यमा बिहीबार शाखाका आमाहरूको मानसिक स्वास्थ्य परीक्षण गर्दै उहाँहरूका मनका कुरा सुनी आवश्यक मनोसामाजिक परामर्श प्रदान गरिएको हो। कलेजका अनुभवी मनोसामाजिक चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गर्नुभएको थियो। उक्त परामर्श सेवाबाट आश्रममा आश्रित आमाहरूको […]

बागमती मुख्‍य समाचार समाचार

भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत

चितवन, १८ पुसः भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत सम्पन्न भएको छ । मुख्य राजमार्गका केही स्थानमा बाहेक अन्य क्षेत्रमा भूमिगतको काम सम्पन्न भएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार महानगरपालिको मुख्य सहरी क्षेत्रअन्तर्गत हाकिमचोक, केन्द्रीय बस टर्मिनल, सहिदचोकदेखि वीरेन्द्र क्याम्पस […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

मानवसेवामा ४० हजार समर्पण गर्दै रनबहादुर गुरुङले मनाए ८४औँ जन्मदिन

पोखरा । पोखरा महानगरपालिका–१३, पृथ्वीमार्ग निवासी रनबहादुर गुरुङले आफ्नो ८४औँ जन्मदिन मानवसेवा आश्रम हेम्जा शाखामा मनाउनुभएको छ। जन्मदिनको अवसरमा बिहीबार आश्रममा आश्रित बुबाहरूका लागि विशेष भोजनसेवामा सहयोग गर्दै उहाँले नगद ४० हजार रूपैयाँ प्रदान गर्नुभएको हो। जन्मदिनजस्तो महत्त्वपूर्ण दिनलाई मानवसेवासँग जोड्दै आश्रममा आश्रित बुबाहरूसँग खुसी साट्दै गुरुङले मानवीय भावना, सामाजिक उत्तरदायित्व र सेवाभावको उत्कृष्ट उदाहरण प्रस्तुत […]