१३ आश्विन २०८३, मंगलवार
गण्डकी मुख्‍य समाचार समाचार

मानवसेवा आश्रम पोखरा शाखाद्वारा आय–व्ययसहितको प्रगति प्रतिवेदन सार्वजनिक

  पोखरा । कास्कीको पोखरामा सञ्चालनमा रहेको मानवसेवा आश्रमले आफ्नो एक वर्षको आय–व्ययसहितको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। आश्रमले शुक्रबार आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै आफ्नो सेवाको पारदर्शिता प्रमाणित गरेको छ। वि.सं. २०७४ चैत १७ गते स्थापना भएको पोखरा शाखाले ‘कोही पनि भोको, नाङ्गो र बेसहारा हुन नपरोस्’ भन्ने उद्देश्यका साथ मानवताको संरक्षण, संवर्द्धन र प्रवर्द्धन […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सशस्त्र प्रहरी दिवसमा गड्डाचौकीबाट ‘पूर्व पश्चिम झण्डा मार्च’ सुरु

महेन्द्रनगर, २० पुसः सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज बिहान कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको छ । रजत जयन्तीका अवसरमा पश्चिमी नाका गड्डाचौकीबाट राष्ट्रिय एकता, देशभक्ति र सुरक्षा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सशस्त्र प्रहरी बलले झण्डा मार्च सुरु गरिएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ […]

बागमती मुख्‍य समाचार समाचार

आपत–विपतमा सम्झिने आस्थाको केन्द्र खाँडादेवी

रामेछाप । खाँडादेवी स्थानीयका लागि केवल मन्दिर मात्र होइन, कठिनाई परेमा सबैभन्दा पहिले सम्झिने आस्थाको केन्द्र हो। स्थानीय अम्बरबहादुर मगरले भने, ‘केही आपत पर्यो भने खाँडादेवीलाई नै सम्झिन्छौँ । वर्षभरि समस्या परेमा खाँडादेवीलाई पुकार्ने र कम्तीमा एकपटक पूजा लिएर मन्दिर पुग्ने परम्परा छ ।’ दर्शनार्थीहरू आफूसँगको माग पूरा भएपछि पूजा र बलि लिएर मन्दिर आउने […]

बागमती मुख्‍य समाचार समाचार

भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संयुक्त राष्ट्रसङ्घलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्नेगरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसङ्घको वडापत्रको ठाडो उल्लङ्घन भएको […]

बागमती मुख्‍य समाचार समाचार

वर्षाको अद्यावधिक आकलनः अझै पनि कम वर्षा हुने

काठमाडौँ, २० पुसः जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ । सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत डिसेम्बरमा पनि सरदरभन्दा कम वर्षा भएको थियो […]

बागमती मुख्‍य समाचार समाचार

निर्वाचन आचारसंहिता कडाइका साथ लागू, उल्लङ्घन गरे कारबाही हुने आयोगको चेतावनी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरेको छ। आयोगले सरकारी तथा अर्धसरकारी निकाय, सार्वजनिक संस्था र राजनीतिक दललाई आचारसंहिता पालना गर्न कडा निर्देशन दिएको छ। आयोगका अनुसार सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा […]

मधेश मुख्‍य समाचार समाचार समाज

चौकीदारको हत्या : टाउको अझै भेटिएन

रौतहट । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत वन हेरालु (चौकीदार) को हत्या भएको छ। चौकीदारको हत्या गरिएको अवस्थामा शव फेला परेपनि अझै टाउको फेला परेको छैन् । सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार वन रक्षक ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको स्थान नजिकै पोखरीमा शव फेला परेको हो […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको विवरण सङ्कलन सुरु

बैतडी, २० पुसः भूमि समस्या समाधान आयोगका जिल्ला समितिहरु पुनः सक्रिय भएका छन् । आयोग खारेज गर्ने सरकारको निर्णय सर्वेच्च अदालतले बदर गरिदिएपछि जिल्लास्तरमा पुनः काम सुरु भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष रमेश पाण्डेयले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसमेतको उपस्थितिमा बसेको जिल्ला समितिको […]

बागमती मुख्‍य समाचार समाचार

रसुवागढी भन्सार कार्यालयः धमाधम सरसामान तथा सवारीसाधन आयात

रसुवा, २० पुस : यहाँस्थित रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् । सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन इभी माइक्रो नेपाल भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा रहेका छन् । ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला […]

गण्डकी मुख्‍य समाचार समाचार

तरबुजाखेतीमा किसानलाई आकर्षित गर्दै महानगर

गण्डकी, २० पुस : पोखरा महानगरपालिकाले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएको छ । पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको अवस्थामा यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी महानगर लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए। अघिल्लो वर्ष पोखरा महानगरपालिकाको वडा नं १३, १४, ३३ लगातयत […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बैतडीमा थपियो मतदाता, बढाइयो पाँच मतदान केन्द्र

दशरथचन्द बैतडी, २० पुसः बैतडीमा पाँचवटा मतदान केन्द्र थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँचवटा मतदान केन्द्र थपिएका हुन् । यहाँको सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका–९ को केदार आधारभूत विद्यालय सीम लोडासौँ, शिवनाथ गाउँपालिका–३ को श्रीपूर आधारभूत विद्यालय बछला […]

गण्डकी मुख्‍य समाचार समाचार

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

त्रिवेणी नवलपरासी, २० पुस : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।जिल्लाको गैँडाकोट नगरपालिका–५ बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ग१ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँका ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका […]