हराएका बुवा जब मानवसेवा आश्रममा भेटिए
भक्तपुर। साेमबार मध्यपुरठिमी नगरपालिका–१, मनहरा क्षेत्रबाट उद्धार गरिएका ८२ वर्षीय सुन्दरप्रसाद रिमालकाे मंगलबार मानवसेवा अाश्रम भक्तपुर शाखाले पारिवारिक पुनर्मिलन गरेकाे छ । सडकपेटीमा साँझ करिब ५ः३० बजे अलपत्र अवस्थामा रहनुभएका उहाँलाई प्रहरी वृत्त ठिमीको टोलीले उद्धार गरी मानवसेवा आश्रम भक्तपुर शाखामा संरक्षणकाे लागि ल्याएकाे थियाे । बुढ्यौली उमेर सँगै बिर्सिने समस्या देखिएकाले उहाँले आफ्नो पारिवारिक पृष्ठभूमि खुलाउन नसक्दा पारिवारिक पुनर्मिलनमा […]











