१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रचण्डले रुकुमपूर्वबाट उम्मेदवारी दर्ता गराए

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले जिल्ला रुकुमपूर्वबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यसै अवसरमा, उनले देशैभरि तारा चुनाव चिह्न लिएर आशन्न निर्वाचनका लागि मनोनयन दर्ता गराएका सम्पूर्ण उम्मेदवारहरूलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गरेका छन् । […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

ललितपुर ३ बाट कार्की, मगर र पन्तले गराए उम्मेदवारी दर्ता

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार डा. विजय पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.तोसिमा कार्की र नेकपा एमालेबाट सन्दन थापा मगरले मनोनयन दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पाटन पुगेर उमेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । उज्यालो नेपाल पार्टीबाट पन्तलाई अध्यक्ष कुलमान घिसिङले सोमबार टिकट दिएका थिए । पन्त […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

ओलीले गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन कार्यालय झापा पुगेर ओलीले झापा ५ मा उम्मेदवारी दर्ता गराएका हुन् । यस क्षेत्रमा ओलीले जित्दै आएका छन् । यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले समेत उम्मेदवारी दर्ता गराएका छन् । शाह पहिलो […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

काठमाडौं–३ बाट उम्मेदवारी दिएपछि राजु पाण्डेले भने :रास्वपाको बहुमत आउँछ

कामठाडौं । काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख राजु पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मनोनयन दर्ता गराएका छन् । मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले निर्वाचनमा रास्वपाको बहुमत आउने विश्वास व्यक्त गरे । त्यस्तै उनले […]

बागमती मुख्‍य समाचार समाचार

मंगलबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ हजार ७ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकेको छ । सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस देउवा पक्षले हालेको रिट सुनिलकुमार पोखरेलको एकल इजलासमा

काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरूद्ध दायर गरेको रिटको सुनुवाइ हुने भएको छ। आयोगले विशेष महाधिवेशनबाट चुनिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ हुन लागेको हो। यो रिट उक्त इजलासको ‘ङ’ नम्बरमा राखिएको छ। आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

तीन मन्त्रीको राजीनामा, प्रधानमन्त्रीले सम्हालिन कार्यभार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई राजीनामा स्वीकार गरेका छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उनीहरूले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले अस्थायी रूपमा सम्हाल्ने गरी तोकिएको छ । […]

मधेश मुख्‍य समाचार समाचार

रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज रौतहट सहित देशभर उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गरिँदैछ। रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतका कार्यालयहरूले सम्पूर्ण प्राविधिक तथा प्रशासनिक तयारी पूरा गरेका छन्। जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार, उम्मेदवारी दर्ता प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, बाँकी पाँच आजै

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १६० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी पाँच निर्वाचन क्षेत्रमा उम्मेदवार आज बिहानसम्म टुङ्ग्याइनेछ। निर्वाचन कार्यतालिकाअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। यसका लागि राप्रपाका उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्र पुगिसकेका छन्। पार्टीले पूर्वदेखि पश्चिमसम्म अधिकांश क्षेत्रमा उम्मेदवार तय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गगन थापा सर्लाही–४ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने निर्णय गरेका छन्। यस निर्णयसँगै उनले विगतमा प्रतिनिधित्व गर्दै आएको काठमाडौं–४ क्षेत्र छोड्ने भएका छन्। थापा यसअघि काठमाडौं–४ बाट लगातार तीनपटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। यसपटक भने पार्टीको निर्वाचन रणनीति र मधेश केन्द्रित राजनीतिक उपस्थितिलाई मजबुत बनाउने […]

बागमती मुख्‍य समाचार समाचार

काठमाडौं–५ को टिकट विवाद : राप्रपा केन्द्रीय सदस्य कार्की पार्टीबाट बाहिरिए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हिक्मत जंग कार्कीले पार्टी नेतृत्वको निर्णय र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्यबाट राजीनामा दिएका छन्। राप्रपाले काठमाडौं–५ को उम्मेदवारमा पूर्वाध्यक्ष कमल थापालाई अघि बढाउने निर्णय गरेसँगै कार्कीले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा पार्टी व्यक्तिगत स्वार्थ र सत्ताको सेटिङतर्फ केन्द्रित भएको आरोप लगाएका हुन् […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आज प्रतिनिधिसभा उम्मेदवारको मनोनयन, दलहरूलाई समय तोकियो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। माघ ६ गते अर्थात मंगलबार दिनको १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारका लागि छुट्टाछुट्टै समय तोकेको छ। तोकिएको समयअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अपराह्न १ बजे, राष्ट्रिय प्रजातन्त्र […]