१७ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी

दमौली तनहुँ, १६ पुसः जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको नौ महिनाका अवधिमा ४३ हजार बढीलाई सेवा प्रदान गरेको छ । गत वैशाखदेखि यही पुस मध्यसम्म कार्यालयले ४३ हजार ७३६ जनालाई विभिन्न सेवा प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले यस अवधिमा राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सिफारिसलगायत गरी उक्त सङ्ख्यामा सेवा प्रदान गरिएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल

मोरङ, १६ पुसः गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा हराएका, लुटिएका हतियार र बन्दीगृहबाट फरार कैदीलाई आगामी फागुन २१ गते अगावै नियन्त्रणमा ल्याइसक्ने जानकारी दिएका छन् । गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा उनले फरार अधिकांश […]

कोशी मुख्‍य समाचार समाचार समाज

सरिता मल्ल ठकुरीद्वारा मानवसेवा आश्रम धरान शाखालाई न्यानो कपडा वितरण

धरान । जाडाे माैसमलाई मध्यनजर गर्दै मानवसेवा आश्रम धरान शाखामा न्यानो कपडा वितरण गरिएको छ। धरान उपमहानगरपालिका–०८, गुराँस चोक निवासी सरिता मल्ल ठकुरीले आफ्नी स्वर्गीय आमाको स्मृतिमा मानवसेवा आश्रम धरान शाखामा आश्रित २९ जना बुवाहरूका लागि न्यानो कपडा वितरण गर्नुभएको हो। जाडोको मौसममा आश्रममा आश्रित असहाय तथा बेसहारा नागरिकहरूलाई न्यानो र सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले प्रदान […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज सुदूरपश्चिम

नवदुर्गा आरती समूहद्वारा मानवसेवा आश्रमका लागि खाद्य सामग्री सहयोग

धनगढी । मंगलबार धनगढी गाउँ नवदुर्गा टोलमा क्रियाशील नवदुर्गा आरती समूहले आरती कार्यक्रमका क्रममा संकलन भएको पिठो, चिनी, तेललगायतका खाद्य सामग्री मानवसेवा आश्रम धनगढी शाखाको सेवा व्यवस्थापनका लागि सहयाेग गरेकाे छ । नियमित रूपमा धार्मिक तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएको नवदुर्गा आरती समूहले आश्रममा आश्रित असहाय, बेसहारा, अपांग तथा सडकजीवनबाट उद्धार गरिएका ५७ जना व्यक्तिहरूको दैनिक […]

बागमती मुख्‍य समाचार समाचार समाज

४५ वर्षीय अविवाहित दिलमाया तामाङको पीडादायी जीवन

काठमाडौँ । उनको नाम दिलमाया तामाङ हो। उमेर अन्दाजी ४५ वर्ष जति देखिन्छ, तर उनी आफैं भने आफू ६० वर्ष पुगेको अनुमान गर्छिन्। उमेरजस्तै उनको जीवनकथामा पनि स्पष्टता छैन। स्मृतिका टुक्राहरू छरिएका छन्, जीवनको धार कताबाट मोडियो भन्ने उनलाई आफैं थाहा छैन। सायद मानसिक रूपमा कमजोर भएकै कारण उनी आफ्नो जीवनबारे प्रस्टसँग केही भन्न सक्दिनन्। […]

गण्डकी मुख्‍य समाचार समाचार

मानवसेवा आश्रम लमजुङ शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग

लमजुङ । मानवसेवा आश्रम लमजुङ शाखाको निर्माणाधीन भवनका लागि आर्थिक सहयोग प्राप्त भएको छ। मंगलबार बेसिशहर नगरपालिका–०८, तल्लो पाखाथोक निवासी निरमाया रावलले स्वर्गीय श्रीमान् दलबहादुर रावलको स्मृतिमा मानवसेवा आश्रम लमजुङ शाखाको भवन निर्माणका लागि नगद  २५ हजार ५सय ५ रूपैयाँ सहयोग प्रदान गर्नुभएको हो। उक्त सहयोगप्रति मानवसेवा आश्रमले हार्दिक आभार व्यक्त गरेको छ। मानवसेवा आश्रम लमजुङ शाखाको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै उक्त ऋणपत्रका लागि बोलकबोल प्रक्रिया मार्फत लगानीकर्ताबाट प्रस्ताव आह्वान गरेको हो । यसअघि गत सोमबार मात्रै राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरकै ऋणपत्र जारी गरेको थियो । सूचना अनुसार ऋणपत्रको […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम गर्न काम थालियो

म्याग्दी, १६ पुस स् जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीय स्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण गर्न आवश्यक काम थालिएको छ । सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले राहुघाट नदीमा आउने बाढीको कटानबाट जोखिममा परेको गायत्री मन्दीर परिसरको तटीय क्षेत्रमा ‘कम्पोजित’ प्रबिधिको पर्खाल निर्माण सुरु गरेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूलाई १० बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले शिक्षणको गुणस्तर सुधार, पारदर्शिता कायम गर्ने र विद्यार्थीको हित संरक्षण गर्ने उद्देश्यले उक्त निर्देशन दिएको हो । मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ को […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाघको आक्रमणबाट एकको मृ्त्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा २ को जनजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट १७ वर्षिया बालिकाको मृत्यु भएको छ । घाँस काट्न जाँदै गर्दा सोही वडा कोठिया बस्ने बिनीता परियारको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरी जंगलभित्र लगेको स्थानीयले बताएका छन् । घटनाको बारेमा […]

मधेश मुख्‍य समाचार समाचार

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

चन्द्रपुर रौतहट, १६ पुस : मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो । बाटोबाट बुलेट हटाउन छवटा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बदलिँदो विश्व राजनीति र आन्तरिक चुनौतीकाबीच बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति अझ सान्दर्भिक बनेको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा जारी सन्देशमा नेता कोइरालाले आजभन्दा पाँच दशकअघि विश्व महाशक्तिहरूको द्वन्द्व र दबाबबीच नेपालजस्तो संवेदनशील भू–राजनीतिक अवस्थाको देशलाई सुरक्षित राख्न बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता र मेलमिलापको […]