१७ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ पार्टीहरुबीचको एकताप्रति कडा आलोचना गरेका छन् । बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाहबीचको एकताप्रति लक्षित गर्दै कहाँबाट उठ्ने कति भोट ल्याउने भन्ने प्रष्ट नभई पार्टीभित्र प्रधानमन्त्रीको दलाली सुरु भइसकेको बताए । उनले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाल पर्यटन बोर्डले महादेशपारिका पर्यटकको मनमा नेपालको सकारात्मक छवि निर्माण गरेको छ : मन्त्री सिन्हा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले सीमित बजेटका बाबजुद पनि नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रका सरोकारवालालाई एउटै राष्ट्रिय उद्देश्यअन्तर्गत एकीकृत गर्न सफल भएको बताएका छन् । नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले होटल व्यवसायी, यात्रा तथा अन्य पर्यटन व्यवसायी, एयरलाइन्स र विभिन्न सरोकारवालालाई समन्वय गर्दै अघि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन् : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले भदौ २४ गतेको घटनामा तोडफोड गर्ने तोडफोडकारीको पहिचान भएपनि कारबाही नभएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले २४ गतेको घटना अत्यन्तै आपत्तिजनक भएपनि त्यो घटनामा सहभागि मानिसको पहिचान भएपनि कारबाही […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई प्रोत्साहनगरी र लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धि कुरामा मात्रै सिमित हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण कमजोर रहेको भन्दै त्यसलाई सुधार्न […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

घर फर्किन पाउँदा खुसी लागेको छ : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आज घर फर्किन पाउँदा खुसी लागेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभामा उनले खुसीले होईन अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको भन्दै आज फर्किदा खुसि लागेको बताए । उनले भने, ‘मलाई आज घर फर्किएको अनुभव भईरहेको छ । […]

बागमती मुख्‍य समाचार समाचार

भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नविकरण

काठमाडौं– भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नविकरण गरेको हो । यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिंदै थियो […]

कोशी मुख्‍य समाचार समाचार

ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै

सिन्धुली, १६ पुसः ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो । सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित सिन्धुलीगढीमा अहिले दैनिक २०० भन्दा बढी […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट

काठमाडौँ, १६ पुसः निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार रही कानुनबमोजिम खर्च विवरण पेस र सार्वजनिक गर्ने उम्मेदवार कालोसूचीमा नरहने स्पष्ट गरेको छ । खर्चको विवरण बुझाउने उम्मेवारको पनि कालोसूचीमा नाम कायम रहेको भनी प्रकाशित समाचारबारे आज आयोगले स्पष्ट गरेको हो । विसं २०७९ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भई प्रचलित निर्वचन कानुनअनुसार […]

बागमती मुख्‍य समाचार समाचार समाज

निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने वातावरण पाएको छैन : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्रको संरक्षण र मनोबल उच्च बनाउनु आवश्यक रहेको बताएका छन् । शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा र मनोबल बढाउन सरकारसँग […]

गण्डकी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

गण्डकी, १६ पुसः राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखराको पार्दीमा रहेको प्रदेश निर्वाचन कार्यालय परिसरभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। गण्डकी प्रदेशमा रिक्त हुन लागेका दुई सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । गण्डकी प्रदेशमा […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँः मुख्यमन्त्री यादव

महोत्तरी, १६ पुसः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आज नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशले मुख्यमन्त्रीको स्वागतमा लालगढमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले कृषिसम्बन्ध कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताए। मधेसलाई समृद्ध बनाउन कृषिको आधुनिकीकरण आवश्यक छ, मुख्यमन्त्री यादवले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

म नातावाद, कृपावादको विरोधि हुँ, बन्दसुचीमा त्रुटि भए सच्याउँछु : कुलमान घिसिङ

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारका विषयमा आफूसँग जोडेर आएका समाचारप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभएको प्रस्ट पारेका छन् । उनले भनेका छन्, ‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई […]