१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् । मंगलबार अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो’, अर्थमन्त्री खनालले लेखेका छन् ।

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सञ्चार मन्त्री जगदीश खरेलले दिए राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्दै दलीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्षमा पुगेकाले पद त्याग्ने निर्णय लिएको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खरेलले वर्तमान सरकारमा सहभागी हुने अवसर प्रदान गरिएकोप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले जेनजी जनआन्दोलनको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

काठमाडौं । निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशको नायक रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने भएको भन्दै महानयक बालेन शाह भएको दाबी गरेका छन् । सोमबार रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका उनले देश अहिले बालेनमय भएको भन्दै उनलाई प्रधानमन्त्री बनाउँदा शहीदको सपना र मधेशको छोराछोरीको भविष्य साकार पार्न सकिने धारणा राखे । उनले भने,‘बालेन […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले अब मधेस जनता अधिकार माग्न काठमाडौं जान नपर्ने बताएका छन् । सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं घुम्न, पशुपति र स्वयम्भूको दर्शन गर्न मात्र जान आग्रह गर्दै अब अधिकार माग्न जान नपर्ने बताए । उनले भने,‘काठमाडौं घुम्न जानुहोस् । पशुपति स्वयम्भूको दर्शन गर्न जानुहोस् । […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं : रवि लामिछाने

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट बाहिर निकालिएको दाबी गर्दै आगामी दिनमा रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने बताएका छन् । जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसद सदस्य पद गुमाउनुपरेको बताए । उनले भने, ‘चितवनबासीले […]

मुख्‍य समाचार समाचार

स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले राजीनामा दिएका छन् । सोमबार कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार काफ्ललेको राजीनामाबारे छलफल भइरहेको छ । गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा उनी नियुक्त भएका थिए ।

बागमती मुख्‍य समाचार समाचार

‘देश बचाउनुपर्छ भन्नेहरुका लागि अब राप्रपा बाहेक अन्यत्र भोट हाल्ने ठाउँ छैन’

काठमाडौं । अधिवक्ता स्वागत नेपालले झापा क्षेत्र नं. २ का लागि राप्रपाबाट उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गरेका हुन् । उक्त घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान अन्तरगत गरिने एक थान निर्वाचनले मात्रै मुलुकलाई निकास नदिने बताए । उनले नेपालमा समस्या पर्दा विदेशीको मुख ताक्न नपर्ने […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

चुनावबारे रेणु दाहालः प्रतिस्पर्धा त हुन्छ नै, डराउने प्रश्न छैन

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सामान्य चुनावमा आफू नडराउने प्रतिक्रिया दिएकी छिन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने तयारीमा रहेकी उनले सोमबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानी क्रममा यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले आफू यसपटकको निर्वाचनबाट तरंगित नभएको पनि दाबी गरेकी छिन् । उनले भनिन्, ‘कसै न कसैसँग त भिड्नैपर्छ […]

मुख्‍य समाचार

कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएकाले पार्टी त्यागें : डा.अबुल हुसेन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.अबुल हुसेन अन्सारीले नेपाली कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गरेका छन् । उनले एमालेबाट प्रतिनिधि सभा सदस्यको टिकट नै प्राप्त गरेको दाबी गरेका छन् । लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेका अन्सारीले कांग्रेसभित्र बढ्दो किचलो, स्वार्थ केन्द्रित राजनीति र वैचारिक विचलनका कारण आफू निराश बनेको बताउँदै पार्टी […]

बागमती मुख्‍य समाचार समाचार

खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । कात्तिक ९ गते मन्त्री भएका गुप्ताले सोमबार (आज) राजीनामा दिएका हुन् । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेका थिए । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको मूल्य तोलामा ४ हजार २ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । आइतबार २ लाख ७७ हजार ८ सय रूपैयाँमा कारोबार भएको मूल्यले आज नयाँ रेकर्ड […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कर्णालीको मुद्दा बोकेर चुनावी मैदानमा उत्रिएको ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो उम्मेदवारी कुनै दललाई लक्षित नभई कर्णालीको आवाज ओझेलमा पार्ने प्रवृत्तिविरुद्ध भएको बताएका छन्। आगामी निर्वाचनलाई लिएर सामाजिक सञ्जालमार्फत धारणा राख्दै शाहीले चुनाव जितेर संसद पुगेपछि पनि कर्णालीका सवाललाई बेवास्ता गर्ने नेताहरूको आलोचना गरेका छन्। उनले स्पष्ट पारेका छन् कि आफ्नो उम्मेदवारी दलगत प्रतिस्पर्धाभन्दा माथि रहेर कर्णालीको […]