१३ आश्विन २०८३, मंगलवार
मधेश मुख्‍य समाचार समाचार स्वास्थ्य

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

बरहथवा सर्लाही, ८ माघः आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई करोडभन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई रु दुई करोड २० लाख २१ हजार ८६० बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गरे । स्तरोन्नतिका लागि लालबन्दी नगरपालिका–५, जरुवा पानीमा सञ्चालन भइरहेको सामुदायिक […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

तुलसीपुर दाङ, ८ माघः दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरु सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् । दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका करिब १० प्रतिशत सालहरू पातविनाका छन् । यस्तै, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

काठमाडौँ, ८ माघः परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । मानव अधिकार परिषद्को बुधबार जेनेभामा सम्पन्न युनिभर्सल पिरियोडिक रिभ्यु युपीआर कार्य समूहको ५१औँ सत्रमा नेपालको राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्दै उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार परराष्ट्रसचिव […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ, ८ माघः आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन् । यसअघि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार समाज

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी, ८ माघः बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस […]

बागमती मुख्‍य समाचार समाचार

रामेछापमा १७ जनाको उम्मेदवारी पर्दा एक जनामात्र महिला

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रामेछापमा १४ वटा राजनीतिक दल र ३ जना स्वतन्त्र गरी कुल १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये एक जनामात्र महिला उम्मेदवार रहेकी छन् । जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट केसरी श्रेष्ठले मात्र महिला उम्मेदवारका रूपमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता

रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नं. १ मा उजुरी दर्ता भएको छ । सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् । उम्मेदवार यादवले दर्ता गराएको उजुरीमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबी […]

बागमती मुख्‍य समाचार समाचार

इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको आग्रह

जनकपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र विश्वसनीय रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार तथा खरखजाना बुझाउन सम्बन्धित सबैलाई सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक सुचना जारी गर्दै आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै इजाजत […]

बागमती मुख्‍य समाचार समाचार

विष्णु विवेकको पहिलो कृति घाटगाउँ विमोचन

काठमाडौँ, ७ माघः पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, सङ्घर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसङ्ग्रह घाटगाउँ मङ्गलबार विमोचन भएको हो । काठमाडौँको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा घाटगाउँ पुस्तक सार्वजनिक गरे । सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँमा जन्मिएका उनले […]

बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्लो केही दिनदेखि लगातार बढेको बजारमा यस दिन करेक्सन देखिएको हो । नेप्से परिसूचक यस दिन ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंकले घटेको छ । यसदिन कारोबार रकम पनि […]

बागमती मुख्‍य समाचार समाचार समाज

‘कङ्क्रिट सडक दीर्घकालीन रूपमा भरपर्दो

मकवानपुर, ७ माघः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक निर्माणमा स्वदेशमा नै उत्पादन हुने सिमेन्टलाई प्रवर्धन गर्दै आयातित अलकत्राको प्रयोगलाई घटाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उनले भने, दिगो विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी कच्चा पदार्थको प्रयोग अपरिहार्य छ । अलकत्राको विस्थापन गर्नु भनेको सिमेन्ट उद्योगको प्रवर्धन मात्र नभई देशको समग्र व्यापार घाटा न्यूनीकरण […]

बागमती मुख्‍य समाचार समाचार

निर्वाचन आयोगमा कल सेन्टर सञ्चालन

काठमाडौँ, ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ । आयोगको कार्यालय, कान्तिपथमा सञ्चालित कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । छ वटा डेस्क रहेको उक्त केन्द्र […]