उपसभामुख काठमाडौं गएपछि कोशी प्रदेश सभा बैठक अनिश्चित
४ भदौ, विराटनगर । कोशी प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि प्रदेश सभा बैठक अनिश्चित बनेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । उपसभामुख दनुवारले आज बिहान ८ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी थिइन् । […]










