२ भाद्र २०८३, मंगलवार
मुख्‍य समाचार समाज

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता मिश्रा

१३ भदौं, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता मिश्रा नियुक्त भएकी छन् । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । डा. मिश्रा स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवमा थिइन् । यसअघि विभागको महानिर्देशकमा डा. दिपेन्द्र रमण सिंह थिए । डा. सिंहलाई मन्त्रालय तानिएको छ । यस्तै, कान्ति बाल अस्पतालको […]

मुख्‍य समाचार राजनीति

सार्क महासचिव विराकुनले गरे प्रधानमन्त्रीसँग बिदाइ भेट

१३ भदौ, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बिदाइ भेट गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सार्क महासचिवको रूपमा सार्कलाई सक्रिय बनाउन निर्वाह गरेको भूमिकाको प्रंशसा गरेका थिए । सार्क सचिवालयमा नयाँ महासचिव बंगलादेशबाट आउने टुंगो लागेको छ’। […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीसँग बेलायी राजदूत फेनको शिष्टाचार भेट

१३ भदौ, काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीसँग राजदूत फेनले बुधबार बिहान भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा बेलायतसँग नेपालको सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

राजनीति

विमानस्थल भन्सारका ३५ अधिकृतसहित १३७ कर्मचारीले मागे एकैसाथ सरुवा

१३ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवा माग्दै भन्सार विभागमा निवेदन दिएका छन् । विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबार ३५ अधिकृतसहितका कर्मचारीले एकैसाथ सरुवा मागेका हुन् । विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पनि कर्मचारीहरुले सरुवा माग्दै निवेदन दिएको पुष्टि गरे । अनलाइनखबरलाई प्राप्त सरुवा माग्दै […]

खेलकुद मुख्‍य समाचार

पाकिस्तानसँगको खेलअघि प्रधानमन्त्रीले दिए क्रिकेट टिमलाई शुभकामना

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार एसिया कप क्रिकेटमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको नेपाली टिमसँग कुराकानी गरेका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री प्रचण्डले जितको शुभकामना दिएका उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र […]

समाज

६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो । उनको संलग्नताबारे प्रहरीले बताएको छैन । पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

प्रदेस समाचार लुम्बिनी समाज

पाल्पामा पहिरोले जीप पुर्दा तीन जनाको मृत्यु

१३ भदौ, पाल्पा। पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिँदा तीन जनाको मृत्यु भएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो बुधवार बिहान ढुङ्गासहितको पहिरोले पुरिएर हो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । थापाका अनुसार अन्य पाँच जना […]

राजनीति समाज

३४ वर्षपछि सिरहाको सर्रे अम्बासमा एमालेको बैठक बस्दै

१३ भदौ, लहान । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज सिरहाको धनगढीमाई नगरपालिका-१४ सर्रे अम्बासमा बस्ने भएको छ । नेकपा (एमाले)का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार नै आज पार्टीको सचिवालय बैठक बस्न लागेको हो । बिहान ११: ३० बजे बस्ने बैठककको सबै तयारी पूरा भएको छ । यस अघि […]

खेलकुद मुख्‍य समाचार

पाकिस्तानसँगको प्रतिस्पर्धा नेपालीका लागि ठूलो पर्व हो : रोहित पौडेल

१२ भदौ, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेपाल र पाकिस्तानबीचको खेल नेपालीका लागि पर्वजस्तै भएको बताएका छन् । धेरै नेपालीले यो खेलको प्रतीक्षा गरिरहेको भन्दै उनले भने, ‘सबै नेपालीले यो स्तरमा हामीलाई हेर्न चाहन्थे । नेपाललाई दुई दशकयता हामीले ठूलो प्लेटफर्ममा ल्याउन पाएका छौं । हाम्रो लागि भोलि ठूलो पर्व हो ।’ […]

राजनीति

पूँजीपतिहरूले गणतन्त्र उल्ट्याउन खोजे : प्रचण्ड

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूँजीपतिहरूले वर्तमान गणतन्त्रलाई फाँसीवादी, दलालहरूको गणतन्त्र वा गणतन्त्र नै उल्ट्याएर सामन्ती तत्वहरूसँग सम्झौता गर्न चाहिरहेको बताएका छन् । बुटबलमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूहरू जनगणतन्त्रबाट माथि उठाएर मलुकलाई समाजवादी गणतन्त्रमा रुपान्तरण चाहिरको बताए । दुई पक्षबीचको लडाइँ […]

राजनीति

संसदमा गणपूरक संख्या पुगेन, जम्मा ५९ जना उपस्थित

१२ भदौ, काठमाडौं । प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेकाले केही नेपाल ऐन संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन । मंगलबार प्रतिनिधिसभामासैद्धान्तिक छलफलपछि सभामुख देवराज घिमिरेले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लागेका थिए । तर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, नेकपा एमालेका सांसद […]

राजनीति

सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य जोड सङ्घीय समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवामा जनताको सहज पहुँच, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा केन्द्रित रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले नागरिकलाई शासकीय प्रणालीप्रतिको भरोसा र सरकारप्रति विश्वास दिलाउँदै सबैतिर आशाको सञ्चार […]