२ भाद्र २०८३, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर पर्यटकका लागि खुला

१५ भदौ, काठमाडौं । इजिप्टको सबैभन्दा पुरानो यहुदी मन्दिर जिर्णोद्धारपछि पुनः खुला गरिएको छ । बिहीबार प्रधानमन्त्री मोस्तफा मदबौलीले बेन एज्रा सिनागोग खुला गरेको  इजिप्टको पर्यटन र पुरातात्विक मन्त्रालयले जनाएको हो । मन्त्रालयले यहुदी दार्शनीक अब्राहिम बेन एज्राको नाममा राखिएको सिनेगोग १२ औं शताब्दीको रहेको र यो भन्दा पहिला मन्दिरको पुनःनिर्माण सन् १८८० मा गरिएको […]

अर्थ कर्णाली प्रदेस समाचार मुख्‍य समाचार

म्याग्दीको गुर्जामा स्याउ खेतीको परीक्षण सफल

१५ भदौ, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुई वर्षअघि गुर्जामा रोपिएका थिए । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए । ‘परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो’, उनले […]

अर्थ मुख्‍य समाचार समाज

८ वर्षपछि तातोपानी नाकाबाट आवतजावत सुरू

१५ भदौ, सिन्धुपाल्चोक । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए । नाका  खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र […]

मुख्‍य समाचार समाज

गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक बेपत्ता

१५ भदौ, काठमाडौं । जनैपूर्णिमामा रसुवाको गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक सम्पर्कविहीन भएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३ बस्ने १७ वर्षीय प्रदेश तामाङ सम्पर्कविहीन भएको नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयले जनाएको छ । बाटो बिर्सिएर हराएको खबर पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ […]

खेलकुद

बहराइनमाथि नेपालको शानदार जित

काठमाडौँ, १५ भदौ : आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा गर्‍यो । नेपालका […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार

भोजपुर केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

१५ भदौ, काठमाडौं । भोजपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १ बजेर ११ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो । भोजपुरको तुङ्गेछा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का भोजपुर जिल्ला आसपासका क्षेत्रमा पनि महसुस भएको थियो । यसअघि गत साउन ३२ गते बझाङको खिराताडी आसपास […]

समाज

दुष्प्रचारकका महानायक, बेलगाम सामाजिक सञ्जाल सञ्‍चालक

१५ भदौ, काठमाडौं । भरतपुर उपमहानगर-१६ की पूर्णीमाया गुरुङले गत भदौ ७ मा भीम उपाध्याय विरुद्ध चितवन प्रहरीमा जाहेरी दिइन्। नेपाल सरकारका पूर्व सचिव उपाध्यायले आफ्नो चरित्रहत्या गरेको गुरुङको आरोप छ । उपाध्यायले भदौ ३ मा आफ्नो फेसबूकमा ‘गोरु खाने धराने’ क्याप्सन लेखी एक महिलाले हड्डी टोक्दै गरेको तस्वीर पोस्ट गरेका थिए। सोही फोटो प्रयोग गरेर […]

अर्थ

पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

१४ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । त्यस्तै […]

राजनीति

नेपाल प्रहरीले पनि नगर प्रहरीजस्तै विना दबाब काम गर्नुपर्छ : बालेन शाह

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि नगर प्रहरीजस्तै विना दबाब काम गर्न सक्नुपर्ने धारणा राखेका छन् । बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सहभागी कार्यक्रममा उनले नगर प्रहरी जस्तै विना […]

अनौठो संसार

बिहे गरेबापत पुरस्कार दिँदै सरकार, बेहुलीले पूरा गर्नुपर्नेछ यो शर्त

काठमाडौं । विश्वका कतिपय देशहरु उच्च जनसंख्याका वृद्धिदरले समस्या झेलिरहेको बेलामा कतिपय देशहरु भने घट्दो जनसंख्याका कारण तनावमा छन् । घटिरहेको जनसंख्याका कारण त्रसित देशहरुले भविष्यमा आउने सम्भावित खतराको सामना गर्नका लागि अहिले नै विभिन्न उपायहरु अपनाउन सुरु गरेका छन् । चीन पनि पछिल्लो समय घट्दो जनसंख्या वृद्धिदरबाट गुज्रिरहेको छ । विगतमा जनसंख्या नियन्त्रणका लागि […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

अमेरिकालाई सीमानामा सैन्य बल खडा नगर्न सिरिया-इरानको चेतावनी

१४ भदौ, काठमाडौं । सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । बुधवार बसेको संयुक्त बैठकले आफूहरुको सीमाना क्षेत्रमा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन् । सिरियाको राजधानी दमिश्कमा आयोजित एक सम्मेलनमा दुवै देशका मन्त्रीहरुले उत्तरपूर्वी सिरयाली […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

१४ भदौ, ढोरपाटन । एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् । अहिले ढोरपाटन क्षेत्रमा मात्रै होइन, तल्लो क्षेत्रमा पनि स्याउ खेतीप्रति कृषकको आकर्षण बढेको छ । खासगरी निसेल ढोरको कुँडे, काँग, ढोरपाटनको मस, […]