२ भाद्र २०८३, मंगलवार
राजनीति

संसदीय समिति सभापतिहरुले सभामुखसँग मागे सरकारलाई जवाफदेही बनाउने योजना

१३ भदौ, काठमाडौं । संसदीय समितिका सभापतिहरुले सरकारलाई संसदप्रति जवाफदेही बनाउने योजना बनाउनुपर्ने बताएका छन् । बुधबार सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुलाई बिहीबार छलफलमा बोलाएका थिए । दुई घण्टासम्म चलेको छलफलमा सभापतिहरुले सरकारले समितिका निर्देशनहरु पालना नगरेकाले जवाफदेही बनाउन कुनै उपाय खोज्नुपर्ने धारणा राखेका थिए । ‘सभापति भएपछि पूर्वसभापतिहरुसँग छलफल गरेँ । उहाँहरुको एउटै […]

खेलकुद

पाकिस्तानले नेपाललाई दियो ३४३ रनको नको विशाल लक्ष्य

१३ भदौ, काठमाडौं । कप्तान बाबर आजमसँगै इफ्तिखार अहमद उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको नको विशाल लक्ष्य लिएको छ । मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीलाई नेपाली बलरहरुले दबाबमा राखेका थिए । २१ रन बनाउँदा फखार जमानलाई करण केसीले पभेलियनको बाटो देखाए । थप चार रन […]

खेलकुद मुख्‍य समाचार

नेपालविरुद्ध पाकिस्तानी कप्तान आजमको शतक

१३ भदौ, काठमाडौँ । एसिया कप क्रिकेटमा पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले नेपालविरुद्धको खेलमा शतक प्रहार गरेका छन् । मुल्तान रङ्गशालामा केहीबेर अघि आजमले शतक प्रहार गरेका हुन् । उनले एक सय नौ बल खेल्दै १० चौकासमेत प्रहार गरे । एकदिवसीय खेलमा २८ वर्षीय कप्तान आजमको यो १९औँ शतक हो । आजम आफ्नो एक […]

राजनीति

सुन तस्करी प्रकरणको अनुसन्धानमा भारतमा पनि टोली पठाउने सीआईबीको तयारी

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतमा पनि टोली पठाउने भएको छ । हङकङबाट ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा सीआईबीले भारतमा पनि टोली पठाउने तयारी गरेको हो । स्रोतका अनुसार, भारतीय सुरक्षा अधिकृतहरुसँग अनौपचारिक समन्वयबाट सूचना संकलन गर्न टोली पठाउन […]

मुख्‍य समाचार राजनीति

सुन तस्करी प्रकरणमा समातिएका पौडेल भन्सारका कर्मचारी

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी भएको खुलेको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पौडेल भन्सार कार्यालयमा मूल्यांकन शाखाका अधिकृत भएको खुलेको छ । उनले भन्सार कार्यालयमा कार्यरत रहेर सुन तस्करी गर्ने गिरोहलाई सहयोग गरेको तथ्य फेला परेको बताइएको छ । […]

मुख्‍य समाचार समाज

६० किलो सुन प्रकरण : थप दुई सुन गाल्ने उपकरण बरामद

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप दुई वटा सुन गाल्ने उपकरण बरामद भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर सुन गाल्ने उपकरण बरामद भएको ब्यूरोकी निर्देशक एआईजी किरण बज्राचार्यले अनलाइनखबरलाई बताइन् । यसअघि तस्कर समूहले प्रयोग गरेको ५ वटा सुन गाल्ने […]

मुख्‍य समाचार

राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति

१३ भदौ, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई बुधबार पक्राउ गरेको थियो । उनलाई संगठित अपराधमा […]

मुख्‍य समाचार

६० किलो सुन प्रकरणमा दावाका मुख्य सहयोगीलाई भारतमा पक्राउ गरेर ल्याइयो

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले एक व्यक्तिलाई भारतबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ । सिन्धुपाल्चोक घर भएका किशोर बस्नेतलाई प्रहरीले दिल्लीबाट पक्राउ गरेर ल्याएको सीआईबी स्रोतले बतायो । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको मुख्य सहयोगीका रुपमा देखिएपछि बस्नेतलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ […]

मुख्‍य समाचार राजनीति

सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

३ भदौ, काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले जानकारी दिए । गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी […]

राजनीति

सिरहामा बस्‍यो एमालेको सचिवालय बैठक

१३ भदौ, काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक सिरहामा सुरू भएको छ । एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको सिरहाको धनगढीमाई नगरपालिका-१४ स्थित सर्रे अम्वासमा बुधवार दिउँसो बैठक सुरू भएको हो । बैठकमा पार्टीको मिसन ग्रास्रुट अभियानको समिक्षा गर्ने र केन्द्रिय कमिटी बैठकको पनि मिति तय गर्ने नेताहरुले बताएका छन् । मदन […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार

नेपाल-पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरका सबै विद्यालयमा बिदा

१३ भदौ, जनकपुरधाम । नेपाल र पाकिस्तानबीच क्रिकेट हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक विदाको दिएको छ । आज दिउँसो ३ बजेबाट हुने खेल हेर्न विद्यार्थीलाई दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई विदा दिएको  हो । जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेहीलाल यादवले आज दिउँसो १ बजे आकस्मिक विदा दिएको बताए । मुल्तान क्रिकेट […]

प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

बैतडीमा वैद्यको भर पर्दा सर्पले टोकेकी महिलाको मृत्यु

१३ भदौ, धनगढी । बैतडीमा सर्पले टोकेपछि वैद्यलाई झारफुक गराउने क्रममा एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-१ बस्ने ५५ वर्षीया पार्वती घटालको सर्पको टोकाइबाट मृत्यु भएको हो । पञ्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष दिवान सार्कीले घटाललाई मंगलबार साँझ खाना पकाउने क्रममा सर्पले भान्सा कोठामा टोकेको बताए । घटाललाई निको पार्ने भन्दै स्थानीय वैद्यले […]