२ भाद्र २०८३, मंगलवार
मुख्‍य समाचार समाज

गोसाइँकुण्डमा ३ लाख भेटी संकलन

१८ भदौ, रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा रु तीन लाख २८ हजार ५१ भेटी सङ्कलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम सङ्कलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । उनले भेटी रकम गणना सम्पन्न भएको र रकम बैंक खातामा जम्मा गर्न पठाएको बताए […]

अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

हावाहुरीले मकै बाली नष्ट

१८ भदौ, ढोरपाटन । हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्‍याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो । वडा नम्बर १ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतका गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट […]

मुख्‍य समाचार समाज

कोशी, मधेस, बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना

१८ भदौ, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको छ । साथै बङ्गालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले देशका धेरैजसो स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी […]

मुख्‍य समाचार समाज

कागबेनीका बाढीपीडितलाई राहत वितरण

१८ भदौ, मुस्ताङ । मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ । अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा गत साउन २८ गते कालीगण्डकीमा अप्रत्याशित आएको बाढीका पीडित परिवारलाई आइतबार कागबेनीमा राहत वितरण गरिएको हो । […]

कर्णाली प्रदेस समाचार समाज

डोल्पामा भेटियो नयाँ ताल, तिलिचोभन्दा पनि अग्लो स्थानमा रहेको दाबी

१८ भदौ, काठमाडौं । मनाङको तिलिचो तालभन्दा पनि अग्लो स्थानमा अर्को ताल फेला पारेको डोल्पाका जनप्रतिनिधिहरुले दाबी गरेका छन् । डोल्पाको डोल्पोबुद्ध गाउँपालिका वडानम्बर ६ फालगाउँमा तिलिचो ताल रहेको उचाइभन्दा पनि अग्लो स्थानमा नयाँ ताल फेला पारेको सो पालिकाका जनप्रतिनिधिहरुले दाबी गरेका हुन् । तिलिचो ताल समुद्र सतहदेखि ४ हजार ९१९ मिटर उचाइमा छ । […]

खेलकुद

रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने

१८ भदौ, काठमाडौँ । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा हुने समूह ए अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल दिउँसो नेपाली समयअनुसार ३:१५ बजे हुनेछ । नेपाली टोलीका कप्तान रोहित पौडेल र भारती टोलीका कप्तान रोहित शर्माबीच दिउँसो २:४५ बजे […]

खेलकुद

कतारले दियो नेपाललाई ७५ रनको लक्ष्य, इन्दुले लिइन् एकै ओभरमा ३ विकेट

१८ भदौ, काठमाडौं । इन्दु बर्माले एकै ओभरमा तीन विकेट लिए पनि आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा कतारले नेपाललाई जितका लागि ७५ रनको दिएको छ । मलेसियाको युकेएम वाईएसडी क्रिकेट ओभलमा नेपालले टस जितेर कतारलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जहाँ कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो । कतारका […]

अर्थ गण्डकी प्रदेस समाचार

आजदेखि पोखराका सडकमा स्मार्ट लाइट बल्न सुरू

१७ भदौ, पोखरा । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबारदेखि पोखराका मुख्य सडक तथा चोकमा स्मार्ट लाइट बल्न सुरु गरेको छ । २००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरको ५०/५० प्रतिशत […]

मुख्‍य समाचार समाज

लम्पी स्किन रोगबाट पीडित किसानलाई छिट्टै राहत : कृषिमन्त्री  भुसाल

१७ भदौ, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने काममा ढिलाई भएको स्वीकार गरेका छन् । मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने मापदण्ड तयार पारी सहमतिका लागि गृह र अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गर्दै अब त्यसमा ढिलाई नहुने आश्वासन समेत दिए । उनले […]

मुख्‍य समाचार राजनीति

संविधान दिवस ३ दिन मनाउने सरकारको निर्णय

१७ भदौ, काठमाडौँ । सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय […]

खेलकुद मुख्‍य समाचार समाज

एसिया कप क्रिकेट : नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने

१७ भदौ, काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको विजेता टोली सुपर फोरमा पुग्नेछ । श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भोलि हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ‘ए’ मा रहेको पाकिस्तान भने सुपर फोरमा पुगिसकेको छ । नेपाल […]

मुख्‍य समाचार राजनीति

राप्रपाले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने

१७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ भदौमा काठमाडौंमा विरोध सभा गर्ने भएको छ । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले हिन्दुत्वको रक्षा, हिन्दुराष्ट्र, राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी र विभिन्न भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै राप्रपाले विरोधसभा राखेको हो । त्यस्तै आर्थिक संकटमा सरकारको उदासिनता, बढ्दो बेरोज़गारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब […]