२ भाद्र २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति

सञ्चारमन्त्री शर्मासँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

२ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कनेक्टिभिटीको क्षेत्रमा महत्वपूर्ण निर्णय हुने […]

मुख्‍य समाचार राजनीति

जनआवाज सुन्न रास्वपाले १९ नेता गाउँ खटायो

२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दस्तावेज तयार गर्नका लागि १९ नेतालाई १८ जिल्लाका गाउँ पठाउने भएको छ । सभापति रवि लामिछाने सहित केन्द्रीय सदस्य र सांसदहरुलाई ‘जन आवाज सुन्ने कार्यक्रम’ को पहिलो चरणमा १९ जिल्लामा पठाउन लागिएको छ । महामन्त्री मुकुल ढकालका अनुसार १९ जना नेता तोकिएको जिल्लाका गाउँमा पुगेर जनआवाज सुन्नेछन् । […]

बैंक–वित्त

शेखर–गगन पक्षको बैठकः वार्षिक कार्यतालिका अवरुद्ध हुन दिँदैनौ

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले महामन्त्री गगन थापाले केन्द्रीय समितिमा प्रस्तुत गरेको कार्यतालिका अवरुद्ध हुन नदिने निर्णय लिएको छ । नेता शेखर र महामन्त्री गगन थापा पक्षका केन्द्रीय सदस्यहरुको आज बसेको बैठकले वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकालेको छ । संस्थापनइतरका नेता शेखरको सम्पर्क कार्यालयमा बैठक बसेको थियो […]

मुख्‍य समाचार समाचार समाज

पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना

२ असोज, भोजपुर । भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको हो । भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उत्तिकै […]

अर्थ समाज

काँक्रो खेतीबाट वार्षिक ५ लाख कमाउँदै कञ्‍चनपुरका भरत चौधरी

२ असोज, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहजरूपमा चलाएका छन् । ‘एक दशकदेखि काँक्रो […]

समाचार समाज

भूकम्पपछि अलपत्र छ राणाकालीन दरबार ‘श्रीमहल’

२ असोज, ललितपुर । ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ बितिसक्दा पनि अझै पुनः निर्माण हुन सकेको छैन । झ्याल तथा ढोका फुटेका र पर्खालमा चिरा परेको श्रीमहल कुन दिन ढल्छ भन्ने पत्तो छैन । संरक्षणको अभावले वरिपरी उम्रिएका घाँसहरुले भवनलाई घेरेका छन् […]

अर्थ

लगातार बढ्दै डलरको भाउ, १ डलर किन्न १३३ रुपैयाँ ४४ पैसा चाहिने

२ असोज, काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत २२ भदौमा खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ४४ पैसा पुगेको डरलको विनिमय दरले मंगलबार पुन नयाँ रेकर्ड बनाएको हो । लगातार बढ्दो क्रममा देखिएको डलरको विनिमय दर मंगलबार खरिद मूल्यमा १३२ रुपैयाँ ९४ पैसा र बिक्री […]

मुख्‍य समाचार राजनीति

नेपालमा लुकेका भनिएका छोटा राजनका सहयोगी भारतमै पक्राउ

२ असोज, काठमाडौं । अन्डरवर्ल्ड डन छोटा राजनका सहयोगी दिपक सिसोदिया पक्राउ परेका छन् । भारतका चर्चित अपराध संवाददाता जे डेको हत्यामा संलग्न उनलाई उत्तराखण्ड प्रहरीको स्पेशल टास्क फोर्स (एसटीएफ) ले पक्राउ गरेको हो । सिसोदियालाई भारतीय सुरक्षा अधिकारीहरुले नेपालमा लुकेर बसेको बताउँदै आएका थिए । हिन्दुस्तान टाइम्सले एसटीएफका एसपी आयुष अग्रवाललाई उदृत गर्दै दिपकलाई […]

मुख्‍य समाचार राजनीति

शेखरले बोलाएको बैठकमा विश्व प्रदीप सहभागी नहुने

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बोलाएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल अनुपस्थित हुने भएका छन् । नेता कोइरालाले आज दिउँसो १:३० बजे बस्ने गरि आफ्नो समूहको बैठक डाकेका थिए । उक्त बैठकमा शर्मा र पौडेललाई पनि बोलाइएको थियो । कोइरालाले बोलाएको बैठकमा महामन्त्री शर्मा उपस्थित नहुने शर्मा निकट […]

मुख्‍य समाचार समाज

शिक्षा दिवसमा ९०५ जनालाई नेपाल विद्याभूषण, ४६ जनालाई विद्यापदक (सूचीसहित)

२ असोज, काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६३ जनालाई विभूषित गर्ने भएको छ । शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ । यसपटक ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गरिंदैछ । त्यसमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ । साथै ४६ जनालाई […]

खेलकुद मुख्‍य समाचार

एसियाड तयारीका लागि ब्रेकिङ डान्सका दीपक बेल्जियम जाने

१ असोज, काठमाडौं । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएका डान्स स्पोर्ट्स खेलाडी दीपक लामाले डब्लुडीएसफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन दीपक मंगलबार बेल्जियमको लुउभेन प्रस्थान गर्दै छन् । त्यहाँ दीपकले वान अन वान ब्रेकिङ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । […]

अर्थ मुख्‍य समाचार

२ महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन

१ असोज, काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा सरकारले रू एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ । सरकारले चालु आवका लागि कूल रू १७ […]