न्यायाधीशको रोलक्रम फेरबदल गर्ने नियम ल्याएपछि विवाद, सच्याउन बारको चेतावनी
४ असोज, काठमाडौं । न्यायसेवाको उच्च पदमा काम गरेर न्यायाधीश भएकाहरुलाई माथिल्लो रोलक्रममा राख्नेगरी न्यायपरिषद नियमावली २०७४ मा हालै गरिएको संशोधन विवादमा परेको छ । सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार र रजिष्ट्रार (सचिव) बाट उच्च अदालतमा न्यायाधीश नियुक्त हुनेहरुलाई माथिल्लो वरीयतामा रहने गरी हालै न्यायपरिषद नियमावली संशोधन गरिएको थियो । नियमावली संशोधन भएर १ असोजमा राजपत्रमा प्रकाशित […]











